ट्रेंडिंग:

>> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ?

नेपालीको उद्धारमा ढिलाई नगर

२३ आश्विन २०८०, मंगलवार
२३ आश्विन २०८०, मंगलवार

इजरायल र गाजाबीच शनिवारदेखि जारी युद्धमा १० नेपालीको मृत्यु भएको खबरले नेपाल शोकमा डुबेको छ । अझैपनि युद्ध जारी रहेकोले हताहती हुन सक्ने संभावना छ । त्यहाँ रहेका नेपालीहरूले आफूहरूलाई छिटो उद्धार गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन ।

हवाई हमलासँगै आतङ्कवादी हमला निरन्तर जारी छ । जसले गर्दा नेपालीहरू निकै त्रासमा छन् । उनीहरूले निरन्तर रूपमा उद्धारका लागि अनुरोध गर्दै आएका छन् । तर, अहिलेसम्म उद्धार हुन सकेको छैन । यो घटनामा नेपाल सरकारको कमजोर कुटनीति देखिएको छ । आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय सरकारले गरेको छ । यसका लागि सरकारलाई धन्यवाद दिनैपर्दछ तर सरकारले नेपाली बिद्यार्थीको छिटो उद्धारमा ध्यान दिनुपर्नेमा सार्वजनिक बिदा दिन हतार गरेको छ । सरकारको अपरिपक्वताको यो पछिल्लो नमूना तथा दृष्टान्त हो । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । इजरायलमा रहेका अरू देशले आफ्ना नागरिक उद्धार गरिसकेका छन तर नेपाल सरकार बल्ल सोमबार मन्त्रीपरिषद बैठक बसेर उद्धारका लागि पहल गरेको छ ।

बिडम्वना इजरायलमा कति बेला कहाँ के हुने हो भन्ने त्रास कायम रहँदा सरकार भने नेपालीको तथ्याँक संकलनमा लागेको छ । यो भन्दा दुःखको कुरा के हुन्छ ? नेपाली विद्यार्थीहरूले अन्य देशका नागरिकहरूको धमाधम उद्धार भएको तर नेपाली विद्यार्थी बंकरमा बसेर जीवन मरणको त्रासदीमा बाँच्नु परिरहेको गुनासो गरेका छन । उनीहरू छिटोछिटो उद्धारको पर्खाइमा छन् । युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपाली विद्यार्थीको शनिवारदेखि आजसम्म उद्धार हुन नसक्नुका पछि कसको कमजोरी हो ? सरकारले जवाफ दिनुपर्दछ । आफूहरूसँगै रहेका थाइल्यान्ड, इजरायल, भारत, पाकिस्तान लगायतका अन्य देशका विद्यार्थीको उद्धार गरिसकिएको विद्यार्थीहरूको भनाई छ । नेपाली दूतावास समेत उद्धारमा निरिह देखिनु चिन्ताको विषय हो । यसबाट के देखिन्छ भने नेपालको कुटनीति त्यहाँ अत्यन्त कमजोर छ । विद्यार्थीले पटकपटक उद्धारको लागि आग्रह गर्दा दुताबास निरिह जस्तै भएको छ । इजरायमा विद्यार्थीहरू बस्ने ठाउँलाई सुरक्षित मानिएको थियो तर त्यही आक्रमण भयो । विद्यार्थीका अनुसार बाहिर गोली चलेको बम पड्किएको आवाज आइरहेको छ । जसले गर्दा कति बेला के हुन्छ भन्नेमा डरै डरमा बस्नु परिरहेको उनीहरूको भनाई छ । कस्तो बिडम्वना आफ्नै साथी गोली लागेर ढलेको छ ।

फेरि बम पड्किने, गोली चल्ने क्रम जारी छ । यस्तो अवस्थामा नेपाल सरकारले सोमबारमात्रै उद्धारका लागि सकृयता देखाउनु चिन्ताको कुरा हो । सरकारले उद्धारमा तदारुकता देखाउनुपर्नेमा सार्वजनिक विदा दिन हतार गरेको छ । हो यो राष्ट्रिय शोकको बेला हो तर त्यो भन्दा पहिले उद्धार सर्वाधिक प्राथमिकता हुनुपथ्र्यो । अव सरकारले नेपाली विदार्थीको शव छिटोभन्दा छिटो नेपाल ल्याएर पीडित परिवारलाई हस्तान्तरण गरोस् । अझैपनि समय छ– सरकारले त्यहाँ रहेका सवै नेपालीको सकुशल उद्धारको पहल गर्न ढिलाई नगरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?