ट्रेंडिंग:

>> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित)
कराते खेललाई ब्यवस्थित गर्न लुम्बिनी प्रदेश कराते रेफ्री कमिटि गठन

संयोजक बने रुपन्देहीका कृष्ण देवकोटा

१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

बुटवल, १७ असोज। मार्शल आर्ट अन्तरगतको कराते खेल र खेलाडीलाई ब्यवस्थित एवं मर्यादित बनाउने उद्येश्यका साथ लुम्बिनी प्रदेश रेफ्री कमिटि गठन भएको छ । नेपाल कराते महासंघ, लुम्बिनी प्रदेशको आयोजनामा दाङ, तुल्सीपुरमा सम्पन्न भएको प्रदेश स्तरिय बैठक तथा रेफ्री भेला कार्यक्रम २०८० बाट रुपन्देहीका कृष्ण प्रसाद देवकोटाको संयोजकत्वमा ९ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित भएका हुन । भेलाबाट सह–संयोजकमा रीना राना (बाँके), सचिव मोहलाल थापा मगर (दाङ), सह–सचिव डम्मर बहादुर सोमै (कपिलबस्तु), सदस्यहरु गोपी पुन (नवलपरासी), मोलन घर्ति (रोल्पा), बसन्त केसी, मनिराम चक्रवर्ती (बर्दिया), शंकर बिसी (प्युठान) बाट निर्वाचित भएका छन ।

संयोजक देवकोटा नेपाल सितोरियो कराते संघ रुपन्देहीका पूर्ब अध्यक्ष, राष्ट्रिय तथा अन्तरराष्ट्रिय कराते रेफ्री, प्रदेश खेलकुद परिषद लुम्बिनीका पूर्ब कोषाध्यक्ष पदमा रहेर कराते खेल विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेका छन । संयोजक देवकोटाले पदभार ग्रहण गर्दै कराते खेलको गरिमालाई अझ उच्च बनाउनका निमित्त सबैको साथ र सहयोगसहित अघि बढ्ने बताए । कराते खेलको खेलाडीमात्र नभई प्राविधिक उत्पादनको पक्षमा समेत पहल जरुरी रहेको भन्दै वृहत तालिम, सेमिनारहरु संचालन गरि क्षमता विकासमा जोड दिने बताए ।

कार्यक्रमको समुद्घाटन गर्दै कराते वरिष्ठ प्रशिक्षक बलराज नेपालीले नेपाली खेलकुद जगतमा देशको शिर उच्च बनाउन बिशेष महत्व राख्ने खेलहरु मध्येको एक कराते खेल भएको दाबी गरे । यस खेललाई अझ व्यवस्थित र मर्यादित बनाउने उदेश्यका साथ आफुहरु प्रदेशस्तरमा रेफ्री कमिटि गठन गरेर योजनाबद्ध रुपमा अघि बढेको बताए । नेपाल कराते महासंघको सहकार्यमा आगामी दिनमा थप कार्यक्रमहरुलाई अघि बढाउने उनले बताए ।

महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष पदम बहादुर बस्नेतले कराते खेल, खेलाडी र रेफ्रीको महत्वबारे प्रकाश पार्दै सबै जना आआफनो भुमिका र उत्तरदायित्व प्रति सचेत हुनुपर्ने सुझाव दिए । सबैको सहकार्यमा खेल विकास हुने उनले बताए ।

कार्यक्रममा रुपन्देहीका कराते प्रशिक्षक माधव घिमिरे, महासंघका सचिव रामु सुनारले कराते खेलाडी उत्पादनमा विद्यालयस्तरमा प्रशिक्षणलाई थप प्रभावकारी रुपमा अघि बढाउन जरुरी रहेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका बिभिन्न १२ जिल्लाका प्रतिनिधि, सिनियर कराते प्रशिक्षक, खेलाडी, रेफ्रीहरुको बृहत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np