ट्रेंडिंग:

>> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ?

चाडपर्वमा सरकारको महँगी उपहार !

१५ आश्विन २०८०, सोमबार
१५ आश्विन २०८०, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) १५ दिने विदेश सयर गरेर स्वदेश फर्किएकै दिन शनिवार राती नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्याँस र हवाइ इन्धनको भाउ बढायो । निगमले खाना पकाउने ग्याँसमा एकैपटक २१५ रूपैयाँ बृद्धि गरेर उपभोक्तामाथि गंभीर खेलवाड ग¥यो । यसअघि एलपी ग्याँसमा एकैपटक यतिधेरै अनुपातमा कहिल्यै मूल्यबृद्धि भएको थिएन । शनिवार राती गरिएको भारी मूल्यबृद्धिको नागरिकस्तरबाट भएको चर्को विरोध सरकारले थेग्न सकेन । लगत्तै आईतवार विहान मन्त्रिपरिषद बैठक बसेर आयल निगमलाई मूल्य फिर्ता गर्न निर्देशन दियो । बढेको मूल्य फिर्ता लिएपनि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार नेपाली जनताको समस्याप्रति कत्तिपनि जवाफदेही छैन् । चाडपर्व नजिक आईरहेको बेला महंगी यति बढेको छ कि उपभोक्ता बजार जानै नसक्ने अवस्था आएको छ । हरेक बस्तुमा भएको बृद्धिले नेपाली उपभोक्तामाथि ठूलो भार परेको छ । त्यसैपनि अहिले नेपाली भान्सा महंगो भएको छ ।

निगमले शनिवार मूल्य बढाउँदा मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्याँसको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको दावी गरेपनि यसमा सरकारको गैरजिम्मेवारी छरपष्ट देखिएको छ । ग्याँस र पेट्रोलियमको मात्रै होइन खाद्यान्न लगायतका उपभोग्य बस्तुको मूल्य यति बढेको छ कि जनतालाई महंगीबाट बचाउने काममा सरकार उदासीन देखिएको छ । सवाल पेट्रोलियमको मूल्य बृद्धि मात्र होइन । चिन्ताको कुरा के छ भने राजनैतिक दलका नेताहरू समेत यसरी लगातार हरेक बस्तुको मूल्य बढ्दा तैचुपमैचुप छ । नेताहरूको मुखबाट जनता महंगीबाट आक्रान्त भएकोले मूल्य स्थीर राख्ने विषयमा सरकारलाई सचेत बनाएको कहिल्यै सुन्न पाईदैन् । अर्को चिन्ताको बिषय हो– विद्यार्थी आन्दोलन कमजोर हुनु । पहिले मूल्यबृद्धि हुँदा विरोधमा सडक तताउने विद्यार्थी संगठन अहिले मौन छन् । त्यसै त बजारमा दैनिक उपभोग्य वस्तुको अभाव छ । सामानमा कालोबजारी भएको छ भने हरेक बस्तुको भाउ अस्वाभाविकरूपमा बढेको छ । मुल्य नियन्त्रण सरकारको दायित्व हो तर उपभोक्ताको हितलाई ध्यानै नदिई मूल्य बढेको बढ्यै छ । त्यसै त ठूला उद्योग कारखाना वन्द हुँदै गएका छन । यो गंभीर विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्ने हो ।

बजारमा अहिले कुनैपनि बस्तुको मूल्य छोइनसक्नु छ । नेपाली जनता महंगीको मारमा पर्दा समेत सरकार रमिते वन्नु दुःखद विषय हो । नेपालीका दुई ठूला चाड दशैं र तिहार नजिक आएका छन । ठिक यही बेला महंगी बढेको छ, त्यसले सरकारमाथि प्रश्न उत्पन्न भएको छ । यो सरकार जनताको समस्याप्रति साँच्चै बेखबर र उदासिन छ । जवाफदेही बन्न सकेको छैन । यस्तो लाग्दैछ– सरकारले नेपाली जनतालाई अरू केही राहत दिन त सकेन, चाडपर्वको समयमा महंगी नै उपहार दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?