ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित)

आमाको सम्झनामा स्कुलमा अक्षयकोष

१४ आश्विन २०८०, आईतवार
१४ आश्विन २०८०, आईतवार

सल्यान, १४ असोज । आत्मनिर्भर विद्यालय बनाउने अभियानमा रहेको सल्यान सिद्ध कुमाख गाउँपालिकाको निराजन माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना भएको छ । शैक्षिक क्रियाकलाप र श्रृजनशिल कार्यका लागि जिल्लाकै नमुना बनेको यस विद्यालयमा अर्काे एक अक्षयकोष स्थापना भएसंगै आत्मनिर्भर विद्यालय बनाउने अभियानमा टेवा पुगेको छ । सिद्धकुमाख, ३ ढोरचौरमा रहेको निराजन माविमा जिल्लाकै छत्रेश्वरी गाउँपालिका, १ दमाचौर निवासी अर्जुन चन्दले आफ्नो स्वर्गीय आमाको सम्झनामा एक लाख १० हजार १०१ रूपैयाँको अम्बिकादेबि चन्द स्मृति पुरस्कारका लागी अक्षकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले जानकारी दिए ।

यस अक्षयकोषबाट कक्षा ११ को पशु विज्ञान विषयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिने छ । आफु पनि कृषि प्राविधिक विषयको विद्यार्थी भएकाले कृषि प्राविधिक पढ्ने विद्यार्थीको हौसला र सानो भएपनि सहयोगका लागि स्वर्गीय आमाको वार्षिक पुन्यतीथिको अवसरमा विद्यालयलाई अक्षयकोषका लागि रकम सहयोग गरेको अर्जुन चन्दले बताए । निराजन माविमा यस अघि पनि एक लाख रूपैयाँ राशीको तिलक गिरी स्मृती अक्षयकोष रहेको छ । यस कोषबाट कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्नेगरिन्छ ।

निराजन माविले एक करोड रूपैयाँको आत्मनिर्भर कोष बनाउने लक्ष्य सहित अभियान जारी राखेको छ । प्रधानाध्यापक घर्तीले कोषका लागि रकम जुटाउन आफैबाट सुरुवात गरेका थिए । अहिले कोषमा ३४ लाख रूपैयाँ भन्दा बढी रकम जम्मा भइसकेको उनको भनाई छ । ‘विद्यार्थीको सिकाई उपलब्धी हाँसिल गर्न र विविध शैक्षिक क्रियाकलापका लागि आत्मनिर्भर विद्यालय बनाउने अभियानमा छौँ’, प्रअ घर्तीले भने, ‘हाल सम्म ३४ लाख बढी रकम कोषमा जम्मा भइसकेको छ ।’ कार्यविधि अनुसार कोष सञ्चालन हुने र यस कोषको रकमबाट प्राप्त व्याजमात्रै शैक्षिक क्रियाकलापका लागि खर्च गर्न सकिने उनको भनाई छ ।

वि.सं २०४५ मा स्थापना भएको निराजन माविमा २०७६ बाट प्राविधिक धार सञ्चालनमा छ । विद्यालयको आफ्नै पशु उपचार केन्द्र पनि रहेको छ । केन्द्रबाट डाक्टर सहित ७ जनाको जनशक्तिले सेवा प्रदान गर्दै आएको विद्यालयका प्रअ तथा पशु उपचार केन्द्रका संरक्षक घर्तीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?