ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
सम्पादकीय

‘मुटु जोगाउनै मूख्य चुनौति’

१२ आश्विन २०८०, शुक्रबार ०४:५०
१२ आश्विन २०८०, शुक्रबार ०४:५०

आज विश्व मुटु दिवस । विश्वमा हरेक सेप्टेम्वर २९ अर्थात असोज १२ गते विश्व मुटु दिवस मनाउने गरिएको छ । ‘मुटुको महत्व जानौं र प्रयोग गरौं’ भन्ने नाराका साथ यो बर्ष मुटु दिवस मनाईदैछ । खासगरि पछिल्लो समय मुटु रोगले विश्वलाई आक्रान्त वनाउँदै लगेको छ र यसको जालो विस्तारै बढ्दै गएको छ । नेपालमा प्रत्येक वर्ष मुटु रोगीहरूको संख्या अप्रत्यासित रूपमा बढ्दै गएको सार्वजनिक भएको छ । मुटु रोगका कारणहरूमा खानपानमा असन्तुलन, अनियमितता, मद्यपान, चिल्लो र बोसोयुक्त खाद्य पदार्थ र धुमपान प्रमुख कारण रहेका छन । त्यसका अतिरिक्त बंशाणुगत कारणपनि मुटुमा समस्या आउने गरेको चिकित्सकहरूको भनाई छ । मुटु सुरक्षा आजको प्रमुख चुनौतिका रूपमा देखापरेको छ । त्यसमाथि नेपालमा अहिले अनेक विषादीयुक्त खाद्य पदार्थको प्रयोग बढिरहेको छ । कुनैपनि वस्तु उत्पादन गर्दा विभिन्न रासायनिक पदार्थ प्रयोग गर्ने क्रम पनि बढिरहेको छ । जसका कारण मुटु रोग लाग्ने क्रम बढेको हो ।

नेपालमा खाद्यान्नमा रासायनिक मलको प्रयोग बढ्दै गैरहेको छ । जसका कारण स्वास्थ्यमा चुनौति बढ्दो छ । मुटु रोगवाट बच्ने उपाय भनेको खानामा सन्तुलन पनि हो । अनेक विषादीयुक्त खानाका वीचमा पनि सन्तुलन आजको आवश्यकता हो । दिवसको पूर्व सन्ध्यामा मुटु रोगवाट उत्पन्न भयावह अवस्थाको विषयमा अहिलेदेखि नै बहस भैरहेको छ । यतिले मात्रै मुटु सुरक्षा हुन सक्दैन । बर्षमा एक दिन मुटु दिवसमा ¥याली गर्ने र त्यसपछि ३६४ दिन स्वास्थ्यमा असन्तुलन गर्ने प्रवृत्तिले मुटु रोगको जोखिम बढाउने निश्चित छ । तसर्थ मुटु सुरक्षा गर्ने हो भने अहिलेदेखि नै सचेतनाको आवश्यक छ । अर्को चिन्ताको बिषय के हो भने ४० बर्षपछिमात्रै मुटु रोग लाग्छ भनिन्थ्यो । तर, अहिले बालबालिकाहरू समेत मुटुको जोखिममा पर्दै गएका छन । विश्वमा अहिले वर्षेनी ५० लाख बढी मानिस मुटु रोगकै कारण मृत्युको मुखमा पर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । त्यसैगरि नेपालमा पनि २० लाख व्यक्ति कुनै न कुनैरूपमा मुटु रोगले पीडित रहेको चिकित्सकहरूको रिपोर्टले देखाएको छ । अतः विश्व मुटु दिवसको पूर्व सन्ध्यामा मुटु रोगवाट वच्न सतर्कता अपनाउने दिशामा हामी सवैको ध्यानाकर्षण हुनु आवश्यक छ ।

पछिल्लोसमय चिकित्सकहरूले मुटुको सुरक्षामा जोड दिएका छन् । अहिलेको मानव स्वास्थ्यको सवैभन्दा पहिलो आवश्यकता भनेको मुटु सुरक्षा हुनुपर्दछ । मुटु मानव जीवनका लागि अत्यन्तै महत्वपूर्ण छ । मुटु नभए मानव शरीरको कुनै अस्तित्व रहँदैन् । तसर्थ पनि मुटु दिवस मनाउँदै गर्दा मुटुको विषयमा आम नागरिकमा बृहद सचेतनाको आवश्यकता छ । मुटु दिवसलाई औपचारिकतामा मात्रै सीमित नगरौं । मुटु सुरक्षा गर्ने विषयमा हामी सवैको ध्यान जाओस् । सरकारले पनि मुटु रोगीको निशुल्क उपचारको व्यवस्था गरोस् । मुटु रोग लागेको अवस्थामा गरिव नेपाली जनता औषधी समेत गर्न नसक्ने अवस्थामा छन । तसर्थ मुटु रोगको उपचार सरकारले निशुल्क गरोस् । रोग लागेकै अवस्थामा लाखौं खर्च गरेर उपचार गर्ने हैसियत धेरै नेपालीको छैन । पछिल्लोसमय सरकारले स्वास्थ्य र शिक्षा निशुल्क गर्नुपर्छ भन्ने अभियान चलिरहँदा मुटु रोगको उपचार नपाएर कोहीपनि मर्नु नपरोस् । मुटु रोग लाग्नु अघि नै मुटु सुरक्षामा जोड दिऔं । अनिमात्र मुटु दिवस मनाउनुको सार्थकता होला । मुटुको उपचार निकै महंगो छ । सरकारले यो रोग लाग्दा दिने सहयोगको दायरापनि बढाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?