ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित)

विद्युतका बहुविकल्पले उद्योग थपिदै

२७ भाद्र २०८०, बुधबार
२७ भाद्र २०८०, बुधबार

नवलपरासी, २७ भदौ । नेपाल विद्युत प्राधिकरण परासी विद्युत वितरण केन्द्रले आफ्ना ग्राहकहरूलाई विद्युत आपूर्ति ब्यवस्था चुस्तदुरुस्त बनाउँदै बैकल्पिक विद्युत आपूर्तिको ब्यवस्थापनमा लागेको छ । विभिन्न प्रसारणलाईन अन्तर्गतका पाँच वटा सब स्टेसनबाट वितरण केन्द्रले बिस्तार गरेको विद्युत आपूर्ति सञ्जाल मार्फत बहुविकल्पको ब्यवस्थानमा लागेको विद्युत केन्द्रले जनाएको हो ।

परासी क्षेत्रमा विभिन्न विकल्प भएको विद्युत सञ्जाल बन्दै जाँदा उद्योग खुल्ने क्रम पनि बढदै गएको छ । परासी विद्युत वितरण केन्द्रले ग्राहकलाई सधैभरि पुर्ण भोल्टेज क्षमताको विद्युत आपूर्ति गर्न सकियोस भनेर विभिन्न पाँच वटा विद्युत सब स्टेसनबाट विद्युत आपूर्तिको ब्यवस्थाका लागि प्रसारणलाईन सञ्जाल बिस्तार भई रहेको केन्द्र प्रमुख इन्जिनियर राम प्रमोद शाहले जनाए । यो परासी क्षेत्रको लागि स्वर्णिम अवसर बन्दै गएको छ, उनले भने, ग्राहकलाई विद्युत आपूर्तिमा समस्या नहोस भनेर एउटा मात्रै नभई पाँच पाँच वटा विकल्प बन्दै छ ।

एउटा विद्युत स्टेसनमा समस्या भए पनि परासी क्षेत्रको विद्युत आपूर्तिमा समस्या आउने छैन्, उनले थपे, किनकि यस क्षेत्रमा विद्युत आपूर्ति गर्नका लागि विभिन्न पाँच वटा सव स्टेसनसँग सञ्जाल जोडिदै छ । तीन वटा स्टेसनसँग विद्युत सञ्जाल जोडिसकिएको छ । दुई वटा स्टेसन मध्ये हुकई सब स्टेसन निर्माणाधिन छ । उनका अनुसार अहिले पनि घरेलु ग्राहकलाई मात्रै दैनिक १० देखि १२ मेगावाट विद्युत वितरण भइरहेका छन् । उद्योगमा पनि दैनिक ६० देखि ७० मेगावाट विद्युत सप्लाई भइरहेको केन्द्र प्रमुख शाहले बताए । यसरी परासी विद्युत केन्द्रले दैनिक ८० देखि ९० मेगावाट विद्युत वितरण गरि रहेको छ ।

बुटवल ३३ केभिए प्रसारण लाईन,न्यु बुटवल ३३ केभिए प्रसारण लाईनसँग पनि विद्युत जोडिदै छ । ज्यामिरेको ३३ केभिए प्रसारण र गण्डक प्रसारणलाईनसँग पनि विद्युत सञ्जाल जोडिएको छ । नेपालको पूर्वी क्षेत्रबाट पनि केही महिनामै जिल्ला जोडिने केन्द्र प्रमुख शाहले बताए । नेपालकै विद्युत आपूर्तिमा स्वर्णिम जिल्लाको रूपमा नवलपरासी पश्चिम बन्ने देखिएको छ । यसले गर्दा यस क्षेत्रमा उद्योग थपिने क्रम दिन प्रतिदिन बढेको छ । यहाँका बासिन्दाले किन उद्योगहरूको रोजाई नवलपरासी पश्चिम बन्दै गएको कुरा आश्चर्य लाग्न सक्छ, उनले भने, तर उद्योग सञ्चालकहरूले उद्योगमा विद्युत आपूर्तिको सहज वातावरण देखेर नै आकर्षित बन्दै छन् ।

 

नेपाल सरकारको उद्योग मन्त्रालयले पनि यस क्षेत्रमा औद्योगिक क्षेत्रमा विद्युत आपुर्तिका लागि विद्युत परियोजनामा लगानी गरेको मध्ये नवलपरासी पनि एक जिल्ला परेको छ । परियोजना कार्यालयले विद्युत प्रसारणलाईनहरू विस्तार गर्दै स्टेसन निर्माण गर्दै आएका छन् । त्यसै अनुसार यस क्षेत्रमा बहुराष्ट्रिय कम्पनी सहित नेपाल भारतको संयुक्त लगानी तथा नेपालीहरूको लागनीमा जिल्ला भरि उद्योग लगाउने स्थानको खोजी गर्नमा लागेका छन् । जिल्ला भित्र सय भन्दा बढि उद्योग खुलि सकेका छन् । केही खुल्ने क्रममा रहेका छन् । ति उद्योगले यहाँको कच्चा पदार्थ र वातावरणीय शुरक्षा भन्दा विद्युत आपुर्ति सहजतालाई देखेर प्राथमिकतामा राखेर उद्योग खोल्दै आएका छन् । मिलियनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को समेत विद्युत प्रशासरणलाईन यसै जिल्ला हुदै भारत जाने र त्यसको स्टेसन समेत बन्ने क्रम यहिँ रहेको छ । अन्तराष्ट्रिय स्तरको विद्युत प्रसारणलाईनले पनि सधै विद्युत आपुर्तिको सम्भावनाले पनि उद्योगहरू आकर्षित छन् ।

उद्योगहरू थपिदै जादा विद्युतको पुर्तिका लागि विद्युत केन्द्रले पनि सबै प्रकारका प्रसारणलाईनसाँग सञ्जालन जोड्ने र स्टेसनको ब्यवस्थापनका कार्य गर्नु परेको केन्द्रले जनाएको छ । भविष्यमा यो क्रम बढने उनको भनाई थियो । अहिले विद्युतका सबै ग्राहकको रेकर्ड विद्युयि माध्यमद्धारा केन्द्रले नै रिडिगँ गरिरहेको छ । कस्को के कति बक्यौता समेत केन्द्रले नै त्यहीबाट सिस्टमले हेर्ने गरेको उनले सुनाए । विद्युत वितरण केन्द्रले प्राधिकरणको निर्देशनको फ्लो गर्ने काम मात्रै रहेको छ ।

विद्युतका तारपोल पुराना र केही जिर्ण अवस्थामा पनि छन्,त्यसलाई पुनस्र्थापन गर्ने कार्य समेत केन्द्रले गर्दै आएको र नयाँ समेत विस्तार गर्ने क्रमसँग सँगै भई रहेको उनले जनाए । विद्युत सप्लाईमा अझै पनि धेरै प्रकारका अवरोधहरू छन्,त्यसबारे स्थानियहरू पनि जागरुक हुनु पर्ने उनको आग्रह थियो । एक जनाको लापर्वाहीका कारण धेरैको विद्युत आपुर्ति बन्द भएर असर पर्न सक्ने हुदा यसबारे स्थानिय तहका जनप्रतिनिधिहरूले पनि सहजीकरण गर्नु पर्ने भन्दै विद्युत आपुर्तिमा रुख विरुवा,आधी हुरी, सडक पुर्वाधार निर्माण जस्ता समस्याले केही कठिनाईहरू थपिदै गएको छ । विद्युत चोरी धेरै मात्रामा घटिसकेको छ,उनले भने,तर वातावरणिय रूपमा अझै पनि धेरै समस्याहरू रहेका छन् । यसलाई सबै पक्षबाट सहयोग हुन आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?