ट्रेंडिंग:

>> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान

यौन दुर्व्यवहारको निवेदन सामाजिक सञ्जालमा : राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई ब्ल्याकमेलिङ गर्न खोजिएको त हैन ?

२५ भाद्र २०८०, सोमबार
२५ भाद्र २०८०, सोमबार

बुटवल,२५ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीमाथि एक पछि अर्को यौन दुब्र्यवहारको आरोप लाग्न थालेपछि खेलप्रेमीहरुले विभिन्न आशंका गर्न थालेका छन् । नेपाली टोलीले क्रिकेटमा गरेको प्रगति देख्न नसक्ने तत्व र सफल खेलाडीलाई दुख दिएर अघि बढ्न नदिन यस्ता आरोपहरु कसैको डिजाइनमा गरिएको त हैन भन्ने खेलप्रेमीहरुको आशंका छन् । यसअघि सन्दिप लामिछानेमाथि पनि यौन दुव्र्यवहारको आरोप लागेको छ । उक्त विषय अहिले अदालतमा विचाराधीन छ ।
अहिले आसिफ शेख विरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ । सोल्टीमोडको ह्यात प्लेसस होटलमा इन्टर्न गर्ने क्रममा चिनजानपछि आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको एक किशोरीले आरोप लगाएकी छिन् ।
आइतबार साँझ सामाजिक सञ्जालमा आसिफ शेखले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त कालीमाटी लगायतमा निवेदन दिन तयार पारिएको कागजात सार्वजनिक भएको छ । घटना सांचो हो भने निवेदन प्रहरी कार्यालयमा दिने हो कि सामाजिक सञ्जालमा राखेर खेलाडीको बद्नाम गर्ने हो ? यो विषयले गम्भीर आशंका उब्जिएको छ । प्रहरी वृत्त कालीमाटीका डीएसपी नरहरी अधिकारीले कार्यालयमा निवेदन नआएको बताएका छन् ।
पीडित भनिएकी किशोरीले आफ्नो निवेदनमा आसिफसँग चिनजान भएपछि आसिफले गौशालास्थित होटल शिवम प्यालेसमा लगेर अनुचित सहवास गर्न खोजेको आरोप लगाएकी छिन् ।

आसिफले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको भनेर दुईजना किशोरीले आरोप लगाएका छन् । कालिमाटीस्थित महिला बालबालिका सेवा केन्द्रलाई सम्बोधन गरेर लेखिएको उक्त निवेदन उनीहरूले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका छन् ।

भदौ १५ र २३ गतेको मितिमा दुईजना किशोरीहरूको नाममा निवेदन लेखिएको छ । तर यतिका दिनसम्म त्यो निवेदन प्रहरी कार्यालयमा किन दिइएन ? निवेदन सामाजिक सजालमा राख्नुको अर्थ खेलाडीलाई ब्याकमेलिङ गर्नु,बदनाम गर्नु र दुख दिनु भएको एक खेलप्रेमीले दावी गरे । ‘एक पछि अर्को खेलाडिमाथि आरोप लगाएर बद्नाम गर्ने तर कसुर प्रमाणित नभए खेलाडिको व्यक्तिगत र सार्वजनिक जीवनमाथि पुगेको क्षति कसले पुर्ति गर्ने ? – नाम उल्लेख नगर्न आग्रह गर्दै ती खेलप्रेमीले भने–‘सन्दिप लामिछानेको विषयमा कुनै मिडिया विपक्षमा त कुनै पक्षमा लागेको देख्दा अचम्म लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?