ट्रेंडिंग:

>> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन

गंगामाला मन्दिर सरसफाई, शुक्रबारदेखि खुल्दै

३२ श्रावण २०८०, बिहीबार
३२ श्रावण २०८०, बिहीबार

सल्यान, ३१ साउन । धार्मिक पर्यटनको महत्वपूर्ण स्थल सल्यान कालिमाटीको गंगामाला भगवति मन्दिरको सरसफाई गरिएको छ । श्रावण महिनाभर बन्द रहने यो मन्दिर शुक्रबार (भदौ १ गते) देखि खुल्दै छ । त्यस अघि मन्दिर परिसर र मन्दिर सम्म पुग्ने सिढीको सरसफाई गरिएको मन्दिर व्यवस्थापन समितिका निवर्तमान सचिव सशिराम वलीले जानकारी दिए । कालिमाटी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित गंगामाला भगवति मन्दिरमा देशका विभिन्न स्थानबाट सयौँ मानिसले दर्शन, अवलोकन र पुजाअर्चना गर्दछन् ।

विहिबार मन्दिर व्यवस्थापन समितिको अगुवाईमा ३ नम्बर वडाका जनप्रतिनिधी, इलाका प्रहरी कार्यालय कालिमाटीका प्रतिनिधी तथा स्थानीयहरुले सरसफाई गरेको वलीले जनाए । पवित्र धार्मिक स्थललाई सफा, सुन्दर बनाउनका लागि रामपुर बजार देखि मन्दिर परिसर सम्मको सिढी र मन्दिर वरिपरी विहान ७ बजेदेखी करिव ९:३० सम्म सरसफाई गरिएको थियो । वडा अध्यक्ष शिव बहादुर खत्री, इप्रका कालिमाटीका प्रहरी सहायक निरिक्षक अक्ष्मण अधिकारी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थमन बहादुर खत्री लगाएत प्रहरी, स्थानीय व्यापारि सरसफाइमा सहभागि भएका थिए ।

मन्दिरका पुजारी टोप बहादुर राजीका अनुसार गंगामालाको दर्शन, अवलोकनका लागि कैलाली कञ्चनपु, बाँके, बर्दिया, दांग, प्युठान लगाएत देशका विभिन्न जिल्लाबाट मानिसहरु आउने गरेका छन् । मन्दिरमा पुजाअर्चना संगै बोका, पाठी र कुखुराको बली पनि चढाइन्छ ।

मन्दिरमा वर्षभरी करिव चार हजार बढी बोका, पाठीको बलि चढ्ने गरेको छ । बलि चढाएका टाउका विक्रिबाट र दानपेटीकामा खसेको दान रकम गरेर मन्दिरले वार्षिक १२ देखि १४ लाख रुपैयाँ सम्म आम्दानी गर्नेगरेको समितिका निवर्तमान सचिव वलीले जानकारी दिए । मन्दिरमा पुजा अर्चनाको क्रममा चढाएको भेटी वापतको रकम भने पुजारीले नै लग्नेगरेका छन् ।

कालिमाटी गंगामाला भगवति मन्दिरमा हरेक वर्षको मंशिर महिनामा ठूलो मेला लाग्ने गर्दछ । धान्य पूर्णिमाको अवसरमा त्यस क्षेत्रमा परम्परादेखी मेला लाग्ने गरेको छ । यो मन्दिर हरेक वर्षको साउन महिनामा बन्द रहन्छ । स्थानीय बुढापाकाका अनुसार साउन महिनामा गंगामाला भगवती रजस्वला हुने भएकाले यो महिनामा मन्दिर बन्द रहन्छ ।

कालिमाटी गाउँपालिकामा गंगामाला भगवती मन्दिर संगै त्रिकोटेश्वर मन्दिर, कछुवा दह, शिव मन्दिर, सिम्ले लहरा, चमेरे गुफा लगाएतका पर्यटकीय एवम् धार्मीक स्थल छन् । पालिका भित्रका धार्मिक एवम् पर्यटकीय स्थलको संरक्षण, विकास, प्रचारप्रसारका लागि गाउँपालिका आफै र प्रदेश, केन्द्र सरकार तथा विभिन्न निकायसंग समन्वय भइरहेको कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?