ट्रेंडिंग:

>> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ?
स्वस्थ्य विषयक गोष्ठी तथा (मृगौला रोग सम्बन्धि) सिएमई कार्यक्रम

जन्मदिनमा केक हैन, मृगौला जाँच

२७ श्रावण २०८०, शनिबार
२७ श्रावण २०८०, शनिबार

बुटवल, २७ साउन। साईलेन्ट किलरको उपनाममा विश्वभरमा धेरैको ज्यान लिने मृगौला रोगबारे मानिसलाई बुझाउन जरुरी रहेको विज्ञहरुले बताएका छन । एकै पटक दुबै मृगौला खराब नभई पहिले लक्षणहरु देखाउने भन्दै समयमा जाच गर्नसके निदान सम्भव रहेको उनिहरुले दाबी गरे ।

स्वस्थ्य जनता समृद्धिको आधार नारासहित स्वस्थ्य तथा जनसंख्या विभाग, नेकपा एमाले जिल्ला कमिटिको आयोजनामा स्वस्थ्यसंग सम्बन्धि विभिन्न विभागमा कार्यरत पार्टी पदाधिकारी र सदस्यहरुलाई एक दिने स्वस्थ्य विषयक गोष्ठी तथा (मृगौला रोग सम्बन्धि) सिएमई कार्यक्रममा वरिष्ठ मृगौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले ब्यक्तिले आफ्नो स्वस्थ्य सचेतनामा ध्यान दिनुपर्ने बताए । ‘दैनिक २ सय लिटर ब्लड छान्ने मृगौलालाई हाम्रो ध्यान गएको छैन ।’— उनले भने । नेपालको कुल ३ करोड जनसंख्यामा ३० लाख मानिसको मृगौला समस्या रहेको चिकित्सकहरुको तथ्याकमा देखिएको उनले दाबी गरे । विश्वब्यापी रुपमा हेर्दा औषत १० प्रतिशतमा मृगौला खराब देखिएको उनले बताए । मृगौला फेल हुनुको मुख्य कारणमा मधुमेह र उच्च रक्तचाप हुने देखिएको भन्दै खानपान रहनसहनमा ध्यान दिनुपर्ने बताए । यसैगरि मृगौला खराबसंगै नसा, मुटु र टाउकोका रोगहरु ल्याउने भन्दै उनले यसबारे सचेत हुन सुझाव दिए । अहिले २० जना बिरामीमध्ये ५ जनामा पथ्थरीको समस्या हुने गरेको उनले बताए । ‘जन्मदिनमा केक हैन मृगौला जाँच गरौ ।’—उनले भने । वर्षमा एकपटक जन्मदिनमा सुगर, युरिया, क्रेटिनन, युरिन एल्भोविनको जाच गरे ८० प्रतिशत मृगौलाको अवस्था थाहा लाग्ने भन्दै यसबाट सचेत बन्न सकिने उनको सुझाव छ । मृगौला रोग र उपचारको सम्बन्धि बिरामीको एकिन तथ्याक नभएपनि रुपन्देहीमा ४ सय बढि र देशभरमा ३ हजार जति डायलोसिस गरिरेहका छन ।

 

नियमित स्वस्थ शिक्षा अन्तरगत अन्तरगत गरिएको कार्यक्रममा डा सागर न्यौपानेले मानव स्वस्थ्य सम्बन्धी कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरीले उद्घाटन गर्दै शिक्षा, स्वस्थ्यको मौलिक अधिकारमा पर्ने भन्दै सरकार यो विषयमा गम्भिर भएर लाग्नुपर्ने बताए । राजनीतिक पार्टीहरु संगठन निमार्ण गर्नेमात्र नभई सामाजिक विषयबस्तुमा समेत अग्रसर हुन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, केन्द्रीय अनुसासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, के स शिवराज सुवेदी, जिल्ला अध्यक्ष तेजेन्द्र केसीले गम्भिर विषयको उठान गरि समाधानको उपायसमेत पेश भएको बताए ।

कार्यक्रममा स्वस्थ्य तथा जनसंख्या विभाग, नेकपा एमाले जिल्ला कमिटिका प्रमुख सुनिल श्रेष्ठले धेरै अध्ययन र छलफलबाट कार्यक्रम तय गरिएको भन्दै आम नागरिकको जिवनमा छुने गरि स्वस्थ्यसंग जोडेर कार्यक्रम गर्ने बताए ।

स्वस्थ्यसंग सम्बन्धि विभिन्न विभागमा कार्यरत पार्टी पदाधिकारी र सदस्य १ सय ७९ जना सहभागी रहेको सचिव केदार नेपालले बताए ।
कार्यक्रममा स्वस्थ्य क्षेत्रमा योगदान दिएका नेपाल फार्मेसी संघको केन्द्रीय अध्यक्ष किरण ढकाल र नेपाल औषधी ब्यवसायी संघ रुपन्देही जिल्ला शाखाका उप–कोषाध्यक्ष केदार नेपाललाई सम्मानपत्र र खादाबाट सम्मान गरिएको थियो ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?