ट्रेंडिंग:

>> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति
१२५ औ नियमित रक्तदान कार्यक्रम

गुणस्तरीय ल्याब सेवा अबको मुद्दा

२७ श्रावण २०८०, शनिबार
२७ श्रावण २०८०, शनिबार

बुटवल, २७ साउन। अन्तराष्ट्रिय युवा दिवसको उपलक्ष्य पारेर नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाले १ सय २५ औ नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । स्वस्थ्य रगत, सबैको लागि नारासहित नेपाल स्वयंसवी रक्तदाता समाज रुपन्देही शाखाको आयोजना तथा पाठक कृषि फर्म (माधव पाठक), नरेश्वर पौडेलबाट आर्थिक तथा रक्तसंचार सेवा केन्द्र, ब्लड बैकको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बिरामीलाई चढाउने रगतको गुणस्तरबारे प्रश्न उठाउनुपर्ने अवस्था आएको बताए । रक्तदाताबाट उपलब्ध रगतको परिक्षण स्थान अनुसार फरक फरक जाच हुने गरिएको भन्दै यसमा एकरुपता आउनुपर्ने उनको सुझाव दिए । ‘ल्याबको गुणस्तरीयताको विषयमा अबको मुद्दा हो ।’–उनले बताए । बिरामीलाई चढाउने रगतको हेपाटाइटिस बि र सि, भिडआरएल, सिफलिस, एचआईभी परिक्षण गरिन्छ ।

अहिले २१ दिनभित्रको एचआईभी संक्रमण भएको देखाउने मेशिन आइसकेको छ । नेपालका अधिकाश ब्लड बैकमा भने ३ महिनाभित्र एचआईभी भएमात्र देखिने प्रविधि प्रयोगमा छ । बिरामीलाई चढाउने रगतको गुणस्तरबारे सचेत हुनुपर्ने उनले बताए । पाल्पा मिशन अस्पतालमा अन्य स्थानभन्दा बढि थप रोगहरुको परिक्षण गरिन्छ । यसले गर्दा रगतको मुल्यमा फरक भएको पाउछौ । ‘अन्य ब्लड बैकमा एक पोका रगतको ७ सय २५ रुपैया हुदा पाल्पामा १ हजार ३ सय २५ रुपैया रहेको थियो ।’—उनले भने । अहिले सरकारबाट निशुल्क गरेको रगतको ब्लड बैकमा भने मूल्य ९ सय ५० रुपैया रहेको छ ।

वार्षिक ३४ हजार बढि रगत खपत भैरहेको बेला रुपन्देहीमा नया ब्लड बैक थप्ने वा सेवा बिस्तारमा जोड नदिदा बिरामीहरु पिडामा रहेको उनले बताए । यसअघि बढिभन्दा बढि रगत संकलन गर्ने, रगत अभाव कम गर्ने, रक्तदातालाई गोलबन्द गर्नेमात्र गर्दै आएकोमा अब रगत ब्यवस्थापनमा समेत चासो अघि बढाएको उनले बताए । ‘भर्खरमात्र हामीले सामुदायिक ब्लड बैकको अवधारणालाई अघि बढाएका छौ ।’—उनले भने । बिरामी र उनिहरुको आफन्तलाई सहज, सरल रुपमा रगत उपलब्ध गराउने मुख्य ध्येयका साथ सबै सरोकारवालाहरु लाग्नुपर्ने उनले बताए । रगत ब्यवस्थापनमा रक्तदाताभन्दा पनि अन्यहरुको बढि हालिमुहाली देखिएको भन्दै यसलाई तोड्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा संयोजक जानकी नेपालले रुपन्देहीमा नियमित साप्ताहिक रुपमा कार्यक्रम गर्न लागेको १ सय २५ हप्ता पुगेको बताइन । शनिबार भएको रक्तदान कार्यक्रममा सचिव अर्जुन प्रसाद पौडेलले ३५ युनिट रगत संकलन भएको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?