ट्रेंडिंग:

>> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै

‘प्रस्तावित शिक्षा विधेयक समग्र निजी क्षेत्रमाथि प्रहार’

२६ श्रावण २०८०, शुक्रबार
२६ श्रावण २०८०, शुक्रबार

बुटवल,२६ साउन । प्रस्तावित शिक्षा विधेयकको विरोधमा केन्द्रीय सर्कुलर बमोजिम प्याब्सन, एन–प्याब्सन लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबार तिलोत्तमाको शंकरपुरमा सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यव्रmम सम्पन्न भएको छ । सो कार्यक्रममा सरोकारवाला संघसंस्थाका अगुवाहरुले सरकारले लयाउन खोजेको शिक्षा विधेयकले समग्र निजी क्षेत्रको लगानी र रोजगारीलाई हतोत्साहित बनाएको भन्दै उक्त विधेयक संशोधन गर्नुको विकल्प नभएको बताए ।
सरकारले हालै मन्त्रीपरिषदबाट पारित गरी संसदमा पेश गर्ने तयारीमा रहेको शिक्षा विधेयक–२०८० प्रति संस्थागत विद्यालयहरुको छाता सगठन प्याब्सन, एन प्याब्सन, हिसानको केन्द्रीय निर्देशन बमोजिम चरणबद्ध कार्यक्रम अन्तर्गत प्रदेश स्तरीय अन्तरक्रिया गरिएको थियो । उक्त अन्तरक्रियामा बोल्दै प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले संस्थागत विद्यालयले लाखांै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिदै अभिभावकहरुको चाहना र विद्यार्थीको भविश्य सफल बनाउने सपना पूरा गर्न तत्पर हुँदाहुंदै पनि सरकारले चरम विभेदकारी र अन्यायपूर्ण विधेयक ल्याई खरबौं लगानी र लाखौं रोजगारी जोखिममा पार्न खोजेको बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले राज्यले सबैभन्दा पहिला सामुदायिक विद्यालयको शिक्षाको स्तर बृद्धि गर्नुपर्नेमा जोड दिंदै कम्पनिमा संचालित विद्यालयहरुलाई जबरजस्ती गुठिमा लैजाने बाध्यकारी विधेयक न्यायोचित नभएको तर्क गरे । घरेलु तथा साना उद्याोग महासंघ लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष गणेश अधिकारीले प्याब्सन र एन पयाब्सनको आन्दोलनमा सम्पूर्ण सरोकारवालाहरु र अभिभावकको साथ रहने बताए । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष हिमाल गैरैले सरकारले ल्याउन लागेको शिक्षा विधेयक संशोधनको लागी दबाव दिनुपर्ने राय व्यक्त गरे ।
नेपाल मुद्रण संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पराजुलीले सरकारद्धारा प्रस्तावित शिक्षा विधेयक निजी क्षेत्रमाथीकै प्रहार भएको बताए । गुणस्तरीय शिक्षा प्रदान गर्दै शिक्षाको महत्वपूर्ण भार वहन गर्ने निजी विद्यालयहरु प्रति सरकार लचिलो भएर विधेयक संशोधन गर्नुपर्ने उनले बताए ।
नेपाल अभिभावक संघ लुम्बिनी प्रदेश अध्यक्ष हेम थापाले अभिभावक संघ निजी विद्यालयहरुको साथमा रहेको बताए ।
पुस्तक तथा स्टेशनरी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिवाकार घिमिरेले निजी क्षेत्रबाट शिक्षामा भएको लगानीको सुरक्षा हुनुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेलले शिक्षालाई व्यवस्थित गर्न सरकार अग्रसर हुनुपर्ने र शिक्षा क्षेत्रमा मात्र नभएर सम्पूर्ण निजी क्षेत्रबाट भएका लगानीबारे सरकारको स्पष्ट र दिर्घकालिन निति हुनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष विष्णु पन्थी, प्याब्सन केन्द्रीय सचिव सुवर्ण न्यौपाने, प्याब्सन केन्द्रीय सह–कोषध्यक्ष हेमलाल शर्मा भूषाल, एन प्याब्सन केन्द्रीय सल्लाहकार राजु गुरुङ्ग, एन प्याब्सन लुम्बिनी प्रदेश उपाध्यक्ष होमनाथ ढुङ्गाना लगायतले आ–आफ्नो धारणा राख्दै सरकारले विधेयक संशोधन नगरे सरकारलाई नै आत्मघाती हुने चेतावनी दिएका प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?