ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित)

लुम्बिनी बौद्ध र काठमाडौं विश्वविद्यालयले सुरु गरे संयुक्त डिग्री

२६ श्रावण २०८०, शुक्रबार
२६ श्रावण २०८०, शुक्रबार

बुटवल, २६ साउन ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले संयुक्त रुपमा स्नातक तहमा हस्पिटालिटी एण्ड टुरिजम विषय प्राध्यापन शुरु गरेका छन् । दुई विश्वविद्यालयको संयुक्त डिग्रीको कक्षा सञ्चालन लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा गर्ने भएको हो ।

संयुक्त डिग्रीको शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शुक्रबार बुटवलमा आयोजिक एक कार्यक्रमकाबीच सार्वजनिक गरेकी छन् । सो अवसरमा बोल्दै राज्यमन्त्री प्रमिला कुमारीले पर्यटन विषयमा दक्ष जनशक्ति उत्पादनका लागि दुई विश्वविद्यालयले शुरु शैक्षिक कार्यक्रम कोशेढुंगा सावित हुने बताइन । ‘बुद्ध शिक्षा र पर्यटन एक आपसमा परिपुरकछन, उनले भनिन्, ‘बौद्ध विश्वविद्यालयले पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि शिक्षा क्षेत्रबाट महत्वपूर्ण योगदान गर्नुपर्छ ।

बौद्ध दर्शन र पर्यटनलाई जोडेर शैक्षिक जनशक्ति उत्पादन गर्दा मुलुकको पर्यटन विकासमा ठूलो उपलब्धी हासिल उनले बताइन् । उच्च शिक्षाको गुणस्तरीयताका लागि विश्वविद्यालयहरुले विशेष ध्यान दिनुपर्ने बताउदै अन्तर्राष्ट्यि प्रतिष्पर्धी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनले बताइन् । उनले शिक्षा सुधारका लागि शिक्षा ऐन संसदमा आउन लागिरहेको भन्दै उनले ऐन जारी भएपछि शिक्षामा आमुल सुधार हुने विश्वास गरिन ।

कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्टार डा. तिलकराम आचार्यले काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा पर्यटन क्षेत्रका लागि आवश्यक सीपयुक्त जनशक्ति उत्पादनका लागि यो कार्यक्रम शुरु गरिएको बताए । गत असार २१ गते सहकार्य सम्झौता भई एक महिनाभित्रमै शैक्षिक कार्यक्रम सार्वजनिक गरिएको भन्दै यस कार्यक्रमलाई सफल बनाउने दायित्व सबैको रहेकोमा उनले जोड दिए ।

उच्च शिक्षाको गुणस्तरीयतामा राज्यका नेतृत्वकर्ताहरुको विशेष ध्यान जान नसकेको उल्लेख गर्दै उनले विश्वविद्यालयका सभाहरु समेत समयमा हुन नसक्दा महत्वपूर्ण कार्यहरु अलपत्र पर्ने अवस्था आउन नहुने बताए । ‘राज्यका नेतृत्वकर्ता र विश्वविद्यालयका पदाधिकारीहरु उच्च शिक्षाको विकासमा तत्पर भएर जुट्नुपर्छ । सबैमा जिम्मेवारबोध हुनुपर्छ, उनले भने, एकल प्रयासमा शिक्षा क्षेत्रका समस्याहरु समाधान हुन सक्दैनन् ।

कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयका विषय समिति अध्यक्ष उज्ज्वल सत्यालले विश्वविद्यालयहरु खाली भइरहने अवस्था आएको भन्दै अव सीपयुक्त जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले विशेष ध्यान दिनुपर्ने बताए । यो शैक्षिक कार्यक्रमले बजारको आवश्यकतालाई पूर्ति गर्ने विश्वास व्यक्त गरे ।

‘पढ्दै र कमाउदै गर्ने शिक्षाको आवश्यकता छ । हाम्रा विश्वविद्यालयहरुमा पनि अन्तर्राष्टिय अभ्यास हुनुपर्छ, उनले भने ‘हस्पिटालिटी र टुरिजम पढाउनका लागि नेपाल आउने वातावरण बनाउनुपर्छ । त्यसले यहाको पर्यटन विकासमा टेवा पुग्नेछ ।’

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुले विश्वविद्यालयहरुबीच टिमवर्कमा कार्य गर्नु आवश्यकता रहेकाले काठमाण्डौं विश्वविद्यालयसंग सहकार्यमा शैक्षिक कार्यक्रम शुरु गरिएको बताए । शैक्षिक कार्यक्रम सञ्चालनका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयसंग निरन्तर सहकार्य भइरहने उनले बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का दिपेन्द्र पहारी, लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका प्रमुख फणीन्द्र कुमार न्यौपाने, उपप्राध्यापक डा. दिपक प्रसाद आचार्य लगायतले बोलेका थिए । कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय टुरिजम विषय समितिका अध्यक्ष श्रीप्रसाद भट्टराईले हस्पिटालिटी र टुरिजम विषयको विषयमा जानकारी गराएका थिए ।
नया शुरु गरिएको कार्यक्रममा यसै शैक्षिक सत्रबाट भर्ना शुरु गरिने जनाइएको छ । बुटवलको सिटी क्याम्पसमा पठनपाठन हुने दुई विश्वविद्यालयबीच सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?