ट्रेंडिंग:

>> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन

नेपाल संस्कृत विश्वविद्यालयको ताला ५५ दिनपछि खुल्यो

२६ श्रावण २०८०, शुक्रबार
२६ श्रावण २०८०, शुक्रबार

दाङ, २६ साउन ।

नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुलेको छ । स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले केन्द्रीय कार्यालयमा गत साउन ३ गते लगाएको ताला ५५ दिनपछि शुक्रबार खुलेको हो । विश्वविद्यालयका उपकुुलपति प्रा. डा. यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्राडा भिम खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारी सहित कर्मचारीको उपस्थितिमा ताला खुलेको हो ।

इन्टर्नसिप भत्ता बृद्धिको माग गर्दै ताला लगाएको स्ववियुले आफ्ना माग पूरा भएको जनाउँदै ताला खोलेको जनाएको छ । विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका संयोजक आयुर्वेद अध्ययन संस्थानका डीन प्राडा चन्द्रप्रसाद भुसालको अध्यक्षतामा भएको वार्ताले नेपाल संस्कृत विश्वविद्यालयको अधिकृत स्तरको सुरुवाती तलवको ५० प्रतिशत बराबरको इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमति भएको विश्वविद्यालयको वार्ता टोलीका सदस्य सचिव अनिल पोख्रेलले जानकारी दिए । उनका अनुसार निर्णय २०८० साउनदेखि लागु हुनेछ ।

यसैबीच केन्द्रीय कार्यालयमा लागेको ताला खोल्ने स्वतन्त्र विद्यार्थी युुनियन केन्द्रीय आर्युवेद विद्यापीठको निर्र्णयलाई विश्वविद्यालयले स्वागत गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले विश्वविद्यालयलाई तालाबन्दी मुक्त गर्ने कार्यमा सहयोगी बनिदिन आह्वान गरेका छन् । “विद्यार्थी संगठनले विश्वविद्यालयमा कुनै अवरोध गर्दैनौं भन्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा विभिन्न समयमा हुने तालाबन्दी र अवरोधका कारण विश्वविद्यालय अस्तव्यस्त भइरहेका छन्”, उपकुलपति लामिछानेले भने, “प्रतिबद्धता अनुसार विश्वविद्यालयलाई अवरोध मुक्त गर्ने कार्यमा सहयोग गरिदिनका लागि राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पत्रकार, अधिकारकर्मी, स्थानीयबासी सबैमा अनुरोध गर्दछु ।”

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगमा नेपाल विद्यार्थी संघ दाङले गत असार ९ गते लगाएको ताला अझैं खुल्न सकेको छैन । ताला नखुल्दा विश्वविद्यालयले सञ्चालन गर्ने कर्मचारी, उपप्राध्यापक, सहप्राध्यापकका परीक्षा अनिश्चित हुँदा एक हजार बढी परीक्षार्थी मर्कामा परेको विश्वविद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?