ट्रेंडिंग:

>> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति

फेरि मिसनमा रोकियो बिमितको उपचार

२५ श्रावण २०८०, बिहीबार
२५ श्रावण २०८०, बिहीबार

पाल्पा, २५ साउन । सरकारले भुक्तानी नदिएपछि तानसेनको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । लामो समयदेखि बीमितको उपचार गरेबापतको रकम भुक्तानी नपाएपछि अस्पतालले आइतबारदेखि स्वास्थ्य बीमा कार्यक्रम रोकेको हो ।

बिरामीको भिडभाड हुने मिसन अस्पतालले यसअघि नै सूूचना जारी गर्दै साउन २१ गतेदेखि बिमा उपचार सेवा गर्ने जानकारी दिएको थियो । बोर्डले सम्झौता अनुरूप काम नगरेको र समयमै भुक्तानी नदिएकाले सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा बोर्डले अस्पताललाई करिब १४ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । अस्पतालले सेवा स्थगित गरेपछि सेवा लिन आउने हजारौं बिमित सेवाबाट बञ्चित भएका छन् ।

स्वास्थ्य बीमा बोर्डले हालसम्म पनि नियमित तथा समयमै भुक्तानी नदिएको, विना कारण दाविहरू अस्विकृत गर्ने गरेको, बोर्डको दररेट अस्पतालको दररेट भन्दा धेरै कम हुँदा अस्पताल सञ्चालनमा समस्या आएकाले बिमा उपचारको सेवा स्थगित गर्नुपरेको अस्पतालकी निर्देशक डा. रचेल कारखले बताइन् । उनका अनुसार हालसम्मको बक्यौता रकमको भुक्तानीको साथै समय अनुसारको औषधि उपचारको मूल्य संमायोजन नहुँदा सम्म बिमा उपचार सेवा स्थगित गरिएको हो ।साउन २१ गतेसम्म करिब १४ करोड रकम अझै बाँकी रहेको अस्पतालका प्रशासकिय अधिकृत जीवन भट्टराईले बताए ।

मिसन अस्पतालले नियमसंगत रकम दाबी नगर्दा भुक्तानीमा ढिलाई भएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले अस्पतालले नियमसंगत र सम्झौता विपरीत भुक्तानी दाबी गरेपछि केही ढिला भएको बताए । उनले भने ‘हामीले नियमसंगत कागजी प्रक्रिया पुरा गरेका अस्पतालहरूलाई हरेक महिनामा रकम पठाउने गरेका छौं, मिसन अस्पतालले केही वर्ष अघि दाबी रकम बिगारेर पठाउँदा त्यो मिलाउँदा सम्मको लागि भुक्तानी रोकेका थियौं, तर पछि कागजी प्रमाण मिलाएर आएपछि हामी भुक्तानी गरेको हौं, त्यसबेला ग्यापिङ्ग हुँदा केही रकम बक्यौंता रहेको हो ।’ भदौं पहिलो हप्तामा ५/७ करोड पठाउने गरी काम भएको निर्दैशक बसौलाले बताए ।

सेवा स्थगित भएसँगै उनीहरू मर्कामा परेका छन् । सरकारले बिमामार्फत हुने उपचार सेवा सजिलो, सर्वसुलभ बनाउनुपर्ने तानसेनका जयराम सापकोटाले बताए । सञ्चारमाध्यमहरूमा स्वास्थ्य बीमा गर्न भन्दै प्रचार–प्रसार हुँदै आएको छ तर उपचार दिने संस्थाहरूले भने सेवा बन्द गर्दै जानु दुःखद् भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?