ट्रेंडिंग:

>> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब

वन छैन वन्यजन्तुलाई

१९ फाल्गुन २०७८, बिहीबार
१९ फाल्गुन २०७८, बिहीबार

तराईका सामुदायिक वनहरु जैविक विविधता सम्पन्न छन् । चुरे क्षेत्रबाट बगेर आउने खोला र खोल्साहरुमा पानी भैरहने र ठुला ठुला रुख, पोथ्रे झाडी तथा घाँसे क्षेत्रहरु भएकोले जिल्लाका उत्तरी क्षेत्रका सामुदायिक वनहरुमा हरिण बाह्रसिंगे,जंगली खरायो, निलगाई, बँदेल,चरीबाघ, वन बिरालो, बाँदर, स्याल,फ्याउरो, मयुर, वन कुखुरा, लुईंचे, तित्रा, सुगा,अजिंगर र गोहोरो जस्ता पशुपन्छी र सरिसृपहरु प्रसस्तै पाईन्छन् । यहाका सामुदायिक वनहरू बन्यजन्तु सम्पन्न भएपनि वन समुहहरु भने वन व्यवस्थापन र उपयोगमा मात्र केन्द्रित रहेको पाईन्छ. वन फँडानी नियन्त्रण, रुख विरुवाको काँटछाँट र काठ दाउरा बिक्रि गरि आम्दानी गर्ने खालका कार्यहरु सबै सामुदायिक वन समुहहरुले गरिरहेका छन् । केहि सामुदायिक वन समुहले वन भित्र बेसार खेति, घाँस खेति र फलफुल खेति समेत गरेर चर्चा बटुलेका छन् । तर, वनको अभिन्न पाटोको रुपमा रहेका वन्यजन्तुहरुको संरक्षण , व्यवस्थापन र उपयोग सम्बन्धि कार्यहरु भने सामुदायिक वन समुहहरुका योजना र कार्यक्रम भित्र पर्न सकेका छैनन् ।

रुपन्देहीको शंकरनगर सामुदायिक वन समुह भित्र सानो वनक्षेत्रमा तारवार र पर्यटकीय पुर्वाधारहरु निर्माण गरि’ वन वाटिका’ नामक पार्क बनाएको छ । ’मिनी जू’ भनिने यो वन वाटिकामा भालु, वन बिरालो, अजिंगर, बाँदर, निलगाई र सर्प जस्ता केहि जीवहरूलाई साँघुरा खोरहरुमा थुनेर राखिएको छ । वन व्यवस्थापन नमुना सामुदायिक वनहरू मध्येमा पर्ने यो सामुदायिक वनमा वनबाटिका बनाउने बाहेक वन्यजन्तु व्यवस्थापन सम्बन्धि अन्य कार्य गर्न सकेको छैन । शंकर नगर बाहेक यो क्षेत्रका कहलिएका सामुदायिक वन उपभोक्ता समुहहरुले अफ्नो कार्य योजनामा “वन्यजन्तु संरक्षण गरिनेछ” भन्ने वाक्यांश उल्लेख गर्ने र कतैकतै वन्यजन्तुलाई वस्तीमा पस्न नदिन जाली लगाउने बाहेक अरु केहि कार्य गरेकै छैनन् ।

वन नियमावली २०५१ को नियम २८ ले सामुदायिक वनको कार्य योजनामा’ वन्यजन्तु सम्बन्धि प्रावधान’ राख्नुपर्ने र नियम ३१ मा’ सामुदायिक वनमा प्रचलित कानुन बिपरित वन्यजन्तु पक्रन र मार्न पाईने छैन’ भन्ने उल्लेख गरिएको छ । त्यसैगरी सामुदायिक वन विकासको मार्गदर्शन २०७१ मा वनमा पाईने वन्यजन्त’ एवं जैविक विविधता र तिनको संरक्षण सम्बन्धी व्यवस्थालाइ अनिवार्य रुपमा कार्ययोजनामा समेट्नुपर्ने व्यवस्था गरिएको छ । यिनै बाध्यताले गर्दा सबै सामुदायिक वन उपभोक्ता समुहको कार्य योजनामा’ सामुदायिक वन भित्र कुनैपनि वन्यजन्तु पक्रन र मार्न पाईने छैन । यदि कसैले कार्ययोजना र बिधान बिपरित वन्यजन्तु मरेमा वा नोक्सानी पुर्याएमा आवस्यक कारवाहीको लागि जिल्ला वन कार्यालय वा सम्वन्धित निकायमा पेश गरिने छ साथै वन र वन्यजन्तुको महत्वबारे जनसमुदायमा व्यापक प्रचारप्रसार गरिनेछ’ भन्ने वाक्यांश समावेस पाईन्छ । वन्यजन्तु मार्न र पक्रन पाईने छैन भन्ने उल्लेख गरे पनि आफ्नो वनमा रहेका वन्यजन्तुको संरक्षण र व्यस्थापन कसरि गर्ने भन्नेकुरा कार्य योजनामा उल्लेख गरेको भेटिदैन ।

जंगलका रुखहरुबाट प्रत्यक्ष र तत्कालै लाभ लिन पाईने, तर वन्यजन्तुबाट त्यस्तो लाभ छिटो लिन नपाईने भएकोले सामुदायिक वन समुहहरुले वन्यजनुको व्यवस्थापनमा चासो देखाएको पाइदैन । वन्यजन्तुलाई अलग राखेर वन संरक्षण हुन् नसक्ने र वनमा वन्यजन्तुको पहिलो अधिकार हुने भएकोले वन व्यवस्थापन सम्बन्धि हरेक कार्यहरु गर्दा वन्यजन्तुलाई असर नपु¥याईकन गर्नु पर्नेमा सामुदायिक वन समुहहरुले त्यस तर्फ राम्ररी ध्यान दिन सकेको देखिदैन । वन्यजन्तुको लागि आहारा र चहलपहलको लागि वन क्षेत्र भएर मात्र पुग्दैन । धेरैजसो वन्यजन्तुको लागि बाक्लो झाडी र ठुला रुख सहितको मानव चहलपहल रहित जंगल आवस्यक पर्छ. तर कुनैपनि सामुदायिक वन समुहहरुले आफ्नो वन क्षेत्र को आंशिक हिस्सा पनि मानव चहलपहल रहित र झाडियुक्त राख्न सकेका छैनन् । सबै वन क्षेत्रमा थिनिंग र प्रुनिंग जस्ता बिरुवा काँटछाँट कार्यहरु गर्ने र सबै मौसममा उपभोक्ताहरुलाई वन प्रवेश गर्न दिने जस्ता कार्यले गर्दा वन्यजन्तुको आहारविहारमा असर परिरहेको छ ।

पछिल्लो समयमा वैज्ञानिक वन व्यवस्थापनका नाममा पुराना ठुला र धोद्रा रुखहरु सखाप पार्ने क्रम जताततै देखिन्छ । त्यसैगरी वैज्ञानिक वन व्यवस्थापन गर्न काष्ठ प्रजातिका रुखहरुलाइ मात्र महत्व दिएर गैह्र काष्ठ प्रजातिका रुखहरुको फडानी भैरहेकोछ । ठुला र धोद्रा रुखहरु वन्यजन्तुका वासस्थान हुन भने गैह्र काष्ठ प्रजातिका रुखहरु शाकाहारी वन्यजन्तुका आहारा हुन् । सामुदायिक वन समुहले पुराना र ठुला रुख काटेपछि रुखलाई आश्रयस्थल बनाउने चराचुरुंगी र साना वन्यजन्तु समस्यामा परिरहेका छन् ।

चुरे क्षेत्रको भूक्षयको कारणले गर्दा सामुदायिक वन भित्रका खोला र खोल्साहरु क्रमश पुरिदै गएको वनमा पानीको अभाव देखिन थालेको छ. आहारबिहार र प्रजननको लागि उपयुक्त वातावरण वन भित्र नभएपछि वन्यजन्तुहरूको प्रजनन, वृद्धि र विकास सुस्त त भएको छ नै, वनमा भएका वन्यजन्तुहरू पनि अन्यत्र बिस्थापित हुन थालेका संकेतहरु देखिन थालेका छन् । वर्षेनी दोहोरिने वन डढेलो, चरिचरन, भूक्षय, प्रदूषण र जंगल काँटछाँट कार्यले वन्यजन्तुलाई चर्न क्षेत्र, आहारा र पानीको कमी हुन थाले पछि सामुदायिक वनका वन्यजन्तुहरू पनि र आहारको खोजीमा छिमेकी गाउँका खेतवारीमा आउन थालेका छन् । वन्यजन्तुले बालीनाली नोक्सानी गरेर सताउन थालेपछि वन नजिकका गाउँले र सामुदायिक वन समुह बिचमा द्वन्दका स्वरहरु समेत सुनिन थालेका छन् । सामुदायिक बनलाई वन्यजन्तु मैत्री बनाउन अव पनि ढिला गरियो भने अहिले भएका वन्यजन्तुहरू पनि हराउदै जाने र तथा वन र समुदाय बीचको द्वन्द अझ चर्कदै जाने निश्चित छ । यो स्थितिले भविस्यमा वन संरक्षणमा चुनौती थप्ने कुरामा कुनै शंका छैन ।

वन्यजन्तु वनका आधा पाटो हुन् । जुन वनमा वन्यजन्तुहरु हुदैनन् ति वनलाई जीवित मानिदैन र त्यहाको पारिस्थितिक प्रणाली पनि लामो समयसम्म जीवित रहिरहन सक्दैन । वन संरक्षण गर्दा वन्यजन्तु र जैविक विविधताको संरक्षणलाइ प्राथमिकता दिनुपर्ने कुरा वन क्षेत्रको रणनीति (सं २०१६–२०२५), वन नीति २०७१ तथा राष्ट्रिय वन नीति, २०७५, वन तथा वातावरण क्षेत्र सुधार कार्ययोजना २०७५, वन ऐन २०७६ मा समेत उल्लेख गरिएको छ । सरकारका पछिल्ला नितिहरुले त सामुदायिक वन समुहहरुलाई वन्यजन्तु पालन गरि आम्दानि हासिल गर्न पाउने बाटो समेत खोलिदिएको छ ।

अहिले वातावरण संरक्षणको नाम दिएपनि सामुदायिक वनको व्यवस्थापन उपभोक्ताको आवस्यकता पूर्ति र आम्दानीको दृष्टिले मात्र गरिएको छ , जसले गर्दा सामुदायिक वन समुहहरुको ध्यान वन पैदावार विकासमा मात्र केन्द्रित छन् । वनस्पति र वन्यजन्तुको आपसी सम्बन्धले मात्र वनको अस्तित्व रहन सक्ने र यहि सम्बन्धको उपयोग गरि समुदायले प्रसस्त आर्थिक र वातावरणीय लाभ लिन सक्ने भएपनि समुदाय यो काममा चुकेको देखिन्छ । वनमा वन्यजन्तुको उचित संरक्षण र व्यवस्थापन गर्न सकियो भने वनको संरक्षण त हुनेछ नै पर्या पर्यटन, नियमानुसार वन्य जीवको पालन र विक्रीबाट समेत सामुदायिक वन समुहहरुले दिर्घकालिन लाभ लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np