ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै

माण्डवीका ‘मनछुने कार्यक्रम’

२३ माघ २०७८, आईतवार
२३ माघ २०७८, आईतवार

‘कर्मचारी–जनप्रतिनिधी’ बीच तालमेल नमिल्दा धेरैजसो स्थानीय सरकारमा विकास निर्माणको कामले गति नलिएको पाइन्छ । काम गर्दागर्दै कर्मचारी बीचमै सरुवा भएपछि जनप्रतिनिधीहरुले चाहे अनुसारको काम गर्न पाएका छैनन् । कर्मचारी नीतिगत रुपमा काम गर्न चाहन्छन्, भने जनप्रतिनिधी व्यवहारिक रुपमा । यी दुईको तालमेललाई मिलाएर लैजानसक्नेहरुले मात्र स्थानीय सरकारमा अपेक्षित प्रतिफल हासिल गरिरहेका छन् ।

प्यूठानमा दुई नगरपालिका सहित नौ स्थानीय तह छन् । कर्मचारी र जनप्रतिनिधीहरुबीच विवाद नहुने स्थानीय तहमध्ये माण्डवी अग्रपंक्तिमा पर्छ । त्यसको सकरात्मक असर विकास निर्माणमा परेको छ । गाउँपालिका स्थापनाको शुरुवाती वर्षमा कार्यकारी अधिकृत नारायण पौडेल र त्यसपछि शिसिर रिजाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । संभवतः यी दुई जना कार्यालय प्रमुखको सेवाले नै जनप्रतिनिधीहरुको पहिलो कार्यकाल पुरा हुँदैछ ।

छिनछिनमै कर्मचारी फेरबदल नभएपछि सोँचे अनुसारको कार्यसम्पादन गर्न सहज हुने गाउँपालिका अध्यक्ष श्रीधर रोकाले अनुभव सुनाए । ‘जनप्रतिनिधीको काम नीति, नियम र योजना ल्याउने हो’,उनी भन्छन्,‘कर्मचारीहरुको कार्यसम्पादनमा हामीले हस्तक्षेप गर्ने होइन्, त्यसो गरियो भने विवाद आउने कुरै हुँदैन् ।’ क्षेत्राधिकार मिच्न खोजेमा मात्र विवाद उत्पन्न हुने उनको बुझाई छ । गाउँपालिका स्थापनाको शुरुवाती वर्षदेखि हालसम्म सवै योजनाहरु विवादरहित ढंगले कार्यसम्पादन गरिएको उनले सुनाए ।

गाउँपालिकाको केन्द्र जस्पुरमा टुंगाएलगत्तै थालिएको प्रशासनिक भवनको निर्माण कार्य पुरा भएको छ । केही समयभित्र भवन उद्घाटन गर्ने योजना रहेको रोकाले बताए । गाउँपालिकाले १ हजार ५ सय घरधुरीमा खानेपानी, १ हजार १ सय घरहरु खरका छानामूक्त, उज्यालो माण्डवी कार्यक्रम अन्तर्गत सात सय घरधुरीलाई निःशुल्क मिटरबक्स वितरण र २० यूनिटसम्मको विद्युत्त महशुल निःशुल्क बनाइएको छ ।

गर्भवती र सुत्केरी महिलालाई घरदेखि अस्पतालसम्म निःशुल्क एम्बुलेन्स, शहिद परिवारलाई मासिक भत्ता, उदयपुरकोट दरबार निर्माण, दाङ प्यूठानको सिमानामा रहेको बंगलाचुली पर्यटकीय क्षेत्रलाई बंगलाचुली र माण्डवी दुवै गाउँपालिकाको बरावरी स्वामित्व हुनेगरी भौतिक पूर्वाधार निर्माणका काम भइरहेको अध्यक्ष रोकाले बताए ।

गाउँपालिकाले १५ शैँयाको अस्पताल, तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाई र वडा नम्वर ५ स्थित रम्दीमा बागेश्वरी माध्यमिक विद्यालय स्थापना गरेको छ । समुदायबाट रकम संकलन गरेर थामिएका शिक्षकहरुलाई गाउँपालिकाले दरवन्दी सृजना गरी शिक्षकहरुको दिगो व्यवस्थापन गरेको छ । गाउँका सवै गाउँबस्तीमा सडक पुगेका छन् । ती सडकलाई निरन्तर संचालन हुनेगरी दिगो योजना गाउँपालिकाले बनाउँदै छ ।

गाउँपालिकाले लिएको लक्ष्य पुरा गर्नका लागि स्थायी सरकारका रुपमा रहेका कर्मचारीहरुको ठूलो साथ मिलेको अध्यक्ष रोकाले सुनाए । कर्मचारी सरुवालाई भन्दा उनीहरुको स्थायीत्व र दिगो विकासलाई प्रमुख प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए ।

योजना निर्माण, कार्यान्वयनदेखि नागरिकले त्यसको नतिजा अनुभूती नगर्दासम्म कर्मचारी सरुवा हुने प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजाल बताउँछन् । ‘जनप्रतिनिधीले जस्तै कर्मचारीहरुले पनि निश्चित लक्ष्य, उद्देश्य र सोँचका साथ काम गरिरहेका हुन्छन्’,उनले भने,‘त्यसलाई पुरा गर्नका लागि पुरा कार्यकाल काम गर्न पाउनुपर्छ ।’ बहुवर्षिय योजना पुरा गर्नका लागि शुरुदेखि अन्त्यसम्म सोही कर्मचारीको काँधमा भएमा प्रतिफल छिटो आउने उनको अनुभव छ ।

‘आफ्नो कार्यकालमा शुरु भएको योजना पुरा गरेर जाँदा मनमा बेग्लै खुसी र सन्तुष्टि मिल्छ’,रिजाल भन्छन्,‘कर्मचारीको कार्यसम्पादनमा पनि यसले धेरै राम्रो गर्छ ।’ उनले चालु खर्चको तुलनामा पूँजिगत खर्च हरेक वर्ष धेरै हुने गरेको जानकारी गराए । वार्षिक करिव ८० प्रतिशत भन्दा माथी पूँजिगत खर्च गाउँपालिकामा हुने उनले बताए । प्रशासनिक, खाजा, भत्ता जस्ता चालु खर्चलाई कम गर्दै लगेको उनले सुनाए । विकास निर्माण, सेवा प्रवाह र शुसासनमा जनप्रतिनिधी र कर्मचारीबीच प्रभावकारी समन्वय हुँदा सफलता लिनसकिने रिजालको अनुभव छ ।

जिल्लाका प्यूठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका र ऐरावती गाउँपालिका सवैभन्दा धेरै प्रमुख प्रशासकीय अधिकृतहरु फेरिने स्थानीय तहमा पर्छन् । कर्मचारीहरुको क्षेत्राधिकार मिच्न खोज्दा यी पालिका सधैँ विवादमा मुछिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?