ट्रेंडिंग:

>> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’
रोल्पामा जनस्वास्थ्यः

न जनशक्ति, न मापदण्डका स्वास्थ्य संस्था

१२ श्रावण २०८०, शुक्रबार
१२ श्रावण २०८०, शुक्रबार

रोल्पा, १२ साउन । एघारौं तहको विशेषज्ञ डाक्टरको दरबन्दी रहेको रोल्पा अस्पतालले अहिलेसम्म आठौ तहभन्दा माथिको डाक्टर देख्न पाएको छैन । नवौ र दशौ तहका जनरल फिजिसियन, पेडियाटिसियन, अव्सट तथा गाइनो, जनरल सर्जन, अर्थोपेडिक, एनेस्थेसियोलोजिष्ट, रेडियोलोजिष्ट, प्याथोलोजिष्ट र साइकाष्टिक गरि दश कन्सल्टेन्ट डाक्टरको दरबन्दी रहेको यहाँ एक जना पनि कन्सल्टेन्ट डाक्टर छैनन । आठौं तहका ६ जना मेडिकल अधिकृतको दरवन्दी रहेको सो अस्पतालमा हाल एक जनाले सेवा दिइरहेका छन ।

डाक्टर लोकरत्ना ज्ञवाली निमित्त कार्यालय प्रमुखको भूमिकामा छिन् । उनी एक मात्र स्थायी डाक्टर हुन । एमडीपिजी डाक्टर रणबहादुर वोगटी साईमन नामक संस्थाको आर्थिक सहयोगमा भर्ना भएका हुन । रोल्पा अस्पतालमा सेवा दिइरहेका अर्का डाक्टर निरज घर्तीमगर पढाइ सकेर एक वर्ष दुर्गममा सेवा गर्न आएका हुन । कार्यालय प्रमुखले दैनिक कार्यालयको काममा व्यस्त रहने भएको हुँदा रोल्पा अस्पतालमा हाल २ जना डाक्टरहरूले दिनहुँ १५० भन्दा बढी बिरामीको उपचार गर्न बाध्य छन ।

डाक्टर वोगटीले जटिल प्रसूतिको अप्रेशन गर्ने भएपनि सहयोगी एनेस्थेटिक चिकित्कस नहुँदा जटिल प्रसूति सेवा प्रभावित भएको छ । अप्रेशन गर्नुपर्ने यस्ता बिरामीहरू जिल्ला अस्पतालबाट यो सेवा नपाएसँगै ठूलो धनरासी खर्चेर जिल्ला बाहिर जान बाध्य भएका छन् । ५ वर्ष रोल्पा अस्पतालमा विताएका डाक्टर प्रकाश वुढाको करार अवधि सकिएसँगै जटिल अवस्थाका सुत्केरीको शल्यकृया समेत अवरुद्ध भएको हो । करार सेवामा कार्यरत रोल्पा अस्पतालका आधा दर्जन डाक्टर एकै पटक निस्किएपछि जिल्ला अस्पताल रित्तिएको छ । डाक्टर नहुँदा सेवा प्रवाहमा समस्या आएको छ । संघ र प्रदेश सरकार दुर्गमका जनताप्रति उत्तरदायी नहुँदा रोल्पालीहरू स्वास्थ्य सेवाबाट वंचित भएका छन् । डा. आधार वली, डाक्टर प्रकाश वुढा, डेन्टल सर्जन डा. पुजा कुँवर, डाक्टर तिलक डाँगी र डाक्टर रेश्मा घर्तीमगर बिदा भएका छन । उनीहरू मध्ये अधिकांश दुर्गममा अनिवार्य सेवाका लागि खटिएका डाक्टर हुन् ।

डाक्टर कम हँुदा सेवा प्रवाहमा एकदमै समस्या छ, बिरामी संख्या धेरै तर डाक्टर कम छन रोल्पा अस्पतालका निमित्त कार्यालय प्रमुख लोकरत्ना ज्ञवाली भन्छिन । ‘विभिन्न निकायमा भनेका छौ।, सुनुवाई हुने अपेक्षा गरेका छौ ।,’ ज्ञवालीले भनिन । जिल्लामा अर्थो, पाठेघर संक्रमण, पाठेघर खस्ने, यौन रोग, मानसिक रोग, कलेजोको रोगका बिरामी बढी रहेको बताइन्छ । त्यसो त रोल्पा अस्पताल लामो समयदेखि अस्पताल प्रमुख विहीन छ । प्रदेश सरकारले प्रादेशिक अस्पताल बुटवलबाट हाडजोर्नी विशेषज्ञ डा. सोमबहादुर आलेलाई ३ महिनाका लागि काजमा पठाए पनि उनी अस्पतालमा नियमित उपस्थित नभएरै सरुवा भएका छन् । जिल्ला अस्पताल मात्र हैन रोल्पाका अन्य स्वास्थ्य संस्थामा समेत जनशक्तिको चरम अभाव हुने गरेको छ । २० जनाको प्यारामेडिक्सको दरबन्दी रहेको सुनछहरी गाउँपालिकामा ९ जनाको मात्रै पदपूर्ती भएको छ । पदपूर्ती मध्ये ६ जना करार र ३ जना स्थायी छन ।

सो गाउँपालिकामा ६ जना हेल्थ असिस्टेन्टको दरवन्दी रहेकामा हाल १ जना मात्रै कार्यरत छन । ६ जना स्टाप नर्सको दरवन्दी रहेकोमा हाल १ जनाले सेवा दिईरहेका छन । ६ जना अहेवको दरवन्दी मध्ये ५ जना कार्यरत छन । चिकित्सक त सुनछहरी गाउँपालिका वासीको लागी आकाशको फल जस्तै हो । सुनछहरी गाउँपालिका मात्रै हैन जिल्लाको सवै स्थानीय तहका स्वास्थ्य संस्थाको अवस्था उस्तै उस्तै छ । जिल्लामा विशेषज्ञ डाक्टर एक जना पनि छैनन । ४ जना मेडिकल अधिकृत रहेकोमा १ जना मात्रै पदपूर्ती गरिएको छ, बाँकी ३ जना करारमा व्यवस्था गरिएको छ । १८२ प्यारामेडिक्सको दरवन्दी रहेकोमा हाल ११० जना पदपूर्ती भएको छ । पदपूर्ती मध्ये ६२ जना करारमा छन । १४२ दरवन्दी रहेको नर्सिङ मध्ये ८५ जना मात्रै पदपूर्ती भएको छ, १०८ जना करारमा छन । १८ जनाको दरवन्दी रहेको ल्याव, एक्सरे लगायतका प्रविधिकमा ४ जना पदपूर्ती भएकोमा ५१ जना करारमा रहेका छन । जिल्लाका सवै स्वास्थ्य संस्थाको कुल दरवन्दी ३४२ हो । जसमध्ये हालसम्म २०४ जना मात्रै पदपूर्ती भएको छ । जसमध्ये २३१ जना करारमा भर्ना गरिएको छ ।

करारमा भर्ना गरिएका सवै स्थानीय तहले भर्ना गरेका हुन । स्थानीय तहहरूले चिकित्सक, मेडिकल अधिृकत भन्दा प्यारामेडिक्स, नर्सिंङ र अन्य प्राविधिक वढी मात्रामा भर्ना गरेका छन । स्थानीय तहहरूले प्यारामेडिक्स, नर्सिङ र अन्य प्राविधिक दरवन्दी भन्दा वढी भर्ना गरेका छन । यी तीन वटा पदमा जिल्लाका सवै स्वास्थ्य संस्थामा कुल ३४२ भएपनि जिल्लामा हाल २०४ पदपूर्ती भएकोमा २१३ जना स्थानीय तहले करारमा भर्ना गरेका छन ।

करारमा भर्ना गरेको मध्ये सुनछहरी गाउँपालिका १४, थवाङ गाउँपालिका ३८,परिवर्तन गाउँपालिका १८, गंगादेव गाउँपालिका १७, माडी गाउँपालिका १०, त्रिवेणी गाउँपालिका १४, रोल्पा नगरपालिका ५५, रुन्टीगढी गाउँपालिका ३, सुनिलस्मृती गाउँपालिका २३ र लुंग्री गाउँपालिका २१ रहेका छन् । यी मध्ये थवाङ गाउँपालिकामा एक जना चिकित्सक रहेका छन । जलजला सामुदायिक अस्पतालमा एक जना जापानी चिकित्सकले स्वयमसेवा गरिरहेका छन । यसका साथै त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिका र सुनिलस्मृती गाउँपालिकाले एक/एक जना मेडिकल अधिकृत करारमा भर्ना गरेका छन ।

मापदण्ड विनाका स्वास्थ्य संस्था

स्वास्थ्य कार्यालय रोल्पाका अनुसार ७२ वटा वडा रहेको रोल्पामा ५२ वटा मात्रै वर्थिङ सेन्टर छन् । प्रत्येक वर्थिङ सेन्टरमा २/२ जनाका दरले १०४ जना प्रसुती गराउने जनशक्ति हुनुपर्नेमा हाल ती वर्थिङ सेन्टरमा ६४ जना जना जनशक्ति मात्रै कार्यरत छन् । जिल्लामा भएका वर्थिङ सेन्टरमध्ये ३४ वटा मात्रै मापदण्ड अनुसारका छन । वर्थिङ सेन्टर मात्र हैन स्वास्थ्य संस्थाहरू पनि मापदण्ड अनुसारका छैनन् । जिल्लामा रहेका कुल ९४ मध्ये ३४ वटा स्वास्थ्य संस्था मात्रै मापदण्ड अनुसारका छन ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा वलीको कार्यकालमा सवै स्थानीय तहमा आधारभूत अस्पताल स्थापना गर्ने भन्दै अप्पतालको शिलान्यास समेत भयो । १७ मंसिर २०७७ मा देशभर तामझाका साथ एकै पटक तीन सय ९६ आधारभूत अस्पताल शिलान्यास गरिँदा रोल्पामा सात अस्पतालको शिलान्यास गरिएको थियो । तत्कालिन उर्जा जलश्रोत तथा सिचाई मन्त्री समेत नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले हेलिकप्टेर मार्फत एकै दिन जिल्लाका सवै आधारभूत अस्पतालको शिलान्यास गरेका थिए ।

शिलान्यास भएको ३ वर्ष पुरा हुन लाग्दा समेत जिल्लाका २ स्थानीय तह वाहके अन्य स्थानीय तहका अस्पतालहरू शिलान्यासमै सीमित देखिएका छन । जिल्लाको थवाङ र परिवर्तन गाउँपालिकामा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेपनि वाँकी ५ स्थानीय तहका अस्पताल वन्ने टुंगो छैन । माडी गाउँपालिका र सुनछहरी गाउँपालिकाले अस्पताल वनाउन घडेरी सम्याउने काम गरेका छन । वाँकी स्थानीय तहको अस्पताल वनाउने कामको अत्तोपत्तो छैन । जिल्लाकै सवभन्दा विकसित र सुगम भनिएको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाको हालत पनि उस्तै छ । नगरपालिका भनिए पनि अधिकांश वडामा विकासका सामान्य पूर्वाधार समेत पुग्न सकेका छैनन । ती मध्ये रोल्पा नगरपालिकाको वडा नंं. १० एक हो ।

वडा भित्रको स्वास्थ्य संस्थामा पुग्न निकै सकस हुन्छ, रोल्पा नगरपालिका १० का स्थानीय शेरवहादुर थापाले भने । वडा ठूलो छ, तर स्वास्थ्य संस्थाहरू अपायक र थोरै छन, जसले विरामीहरूलाई सास्ती दिएको छ थापाले भने । द्वन्द्वको समयमा स्वास्थ्य संस्था स्थापना भए पुलिस पनि जान्छन, हाम्रा विरुद्ध सुराकी हुन्छ भन्ने तत्कालिन विद्रोही पक्षको बुझाईका कारण सहज ठाउँमा मात्रै स्वास्थ्य संस्था स्थापना भए दुर्गमलाई उनीहरूले आधार ईलाका भनेर स्वास्थ्य संस्था पनि स्थापना गर्न दिएनन जसको परिणाम अहिले जनताले भोग्दैछन थापाले भने । गाउँमा भएका स्वास्थ्य संस्थाहरू अपायक भएकाले विरामी हुदा कि त घरमै मर्नुपर्छ की त धेरै खर्च गरेर जिल्ला सदरमुकाम लिवाङमा रहेको अस्पताल पुग्नुपर्छ थापाले भने ।

मौसमी बसाइँसराइँले पनि रोल्पाको स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ । जिल्लाका पूर्वी र उत्तरी भेगमा रहेको गोठ सार्ने निकै पुरानो चलनको निरन्तरता हो । खेतीपाती टाढा भएकाले अन्नवाली लगाउन, भित्र्याउन र खेतवारीमा मलजल गर्न पशु चौपायासँग मान्छे पनि गोठमै वस्ने गर्दछन । यहाँका स्थानीयहरू महिनैपिच्छे फरक फरक ठाउँमा गोठ सार्ने गर्दछन्, गोठमा पुग्न घरबाट १ दिनको समय सम्म लाग्ने गर्दछ । गोठ सार्ने चलनले वालवालिकाहरूको नियमित खोप समेत प्रभावित हुने गरेको स्थानीयहरूको भनाई छ । गोठमा पालिएका पशुचौपाया र कामको धन्दाले फुर्सद नपाउँदा र लामो वाटो हिँडेर स्वास्थ्य संस्था जान संभव नभएपनि नियमित खोप र वृद्धी अनुगमन समेत नियमित हुन सकेको छैन सुनछहरी गाउँपालिका २ गामकी पुर्मला कामीले भनिन । एक ठाउँको जग्गाले खान नपुग्ने भएकाले विभिन्न ठाउँमा जग्गा हुनेगर्दछन । ती जग्गामा मलजल गर्न, वाली लगाउन र भित्र्याउन एक वा दुई महिनाको अन्तरालमा गोठ सार्ने चलन रहेको छ । गोठ सार्ने चलनसँग आर्थिक पक्ष जोडिएको छ जसका कारण बालबालिकाहरू शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराबाट वञ्चित भएका छन सुनछहरी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष हर्कराम वुढामगरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np