ट्रेंडिंग:

>> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ?

सिद्धार्थ ज्ञान मन्दिरमा नगरपालिकाको ‘अत्याचार’ !

११ श्रावण २०८०, बिहीबार
११ श्रावण २०८०, बिहीबार

भैरहवा, ११ साउन ।  सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रहेको सिद्धार्थ ज्ञान मन्दिरमा पुस्तकालयमा सिद्धार्थनगर नगरपालिकाले ‘अत्याचार’ गरेको पाइएको छ । नगरपालिकाले नगरको गहनाको रूपमा पुस्तकालयलाई ब्यवस्थित गरि सञ्चालन गर्न नसक्दा पाठक बर्गप्रतिको अन्याय भएको सेवाग्राहीको गुनासो रहेको छ ।

समाजसेवी तथा साहित्यकार विजय सागरले एक जना मात्रै कार्यालय सहयोगी राखेर पुस्तकालय खोलिने गरेपनि कर्मचारी नहुँदा दर्ता नगरी सर्वसाधारणलाई उपलब्ध गराउन नसकी नगरपालिकाले लापरबाही गरि अध्ययन गर्नेहरूप्रति अत्याचार गरेको बताउँछन् ।
कर्मचारीको पदस्थापन नगरी पुस्तकहरू पुस्तकालयमा दर्ता समेत नगरी सर्वसाधारण तथा पाठकलाई उपलब्ध नगराउनु नगरपालिकाको लापरबाही पूर्वकको घृणित अत्याचार हो विजय सागरले भने, ज्ञानको मन्दिर (सरस्वति मन्दिर) पुस्तकालयप्रति नगरपालिकाको लापरवाही हो ब्यवस्थित गराउन अनुरोध गर्दछु ।

नयाँ किताबहरू खरिद गर्नुको सट्टामा कतिपय किताबहरू खरिद गर्दा पुस्तकालयमा पहिलेदेखि रहेका पुस्तकहरू पुनः खरिद गरिएको विजय सागर बताउँदै भन्छन्, पुस्तकालयमा नभएका किताबहरू खरिद गरेको भए सुनमा सुगन्ध हुन्थ्यो । यस पुस्तकालयमा अधिकृत स्तरको दरबन्दी छ तर नगरपालिकाले कहाँ फाल्यो ? त्यहाँ पंखा चल्दैन, कहिले के समस्या २ वर्ष बन्द गरेको पुस्तकालय ०७९ सालको स्थानीय चुनाव भएर ३/४ महिनापछि बल्ल खुल्यो । विजय सागर भन्छन् हामी पत्रपत्रिका पढ्न जान्छौँ विद्यार्थी पढ्न जान्छन् कर्मचारी राखिएन, कसैलाई मतलब छैन यस्तो पनि गर्न हुन्छ ।

यहाँ १० हजार भन्दा बढी किताब छन् तर सुरक्षित छैनन् । पुराना दुर्लभ किताब वास्ता गरिँदैन, किरा सफाई गरिँदैन, कपुर राख्न भनेको हो एक दुई पटक राखियो । त्यसपछि राखिएको छैन धेरैपटक भन्दा पनि केही हुँदैन सागरले गुनासो पोखे ।

सहिद स्मृती पुस्तकालयका अध्यक्ष रुद्र ज्ञवालीले थुप्रै नगरपालिकामा लाइब्रेरी नै नभएको जसले खोलेपनि उत्तम काम गरेको बताउँदै नगरसंग स्रोतपनि हुदै हुँदै ब्यवस्थापन गर्न नसकेको बताए । हामीले आफ्नै स्रोतबाट दुई ढाई घण्टा खोलेका छौँ हामीलाईजति स्थानीय सरकारलाई ब्यवस्थापन गर्न गाह्रो छैन, प्रमुख ड्युटीमा नपरेर लापरबाही भएको होला ज्ञवालीले भने ।

सिद्धार्थनगर नगरपालिकामा इतिहास कायम गरेको संस्था यहाँ पुस्तकालय हुनु गौरब पनि हो ज्ञवाली भन्छन्, नगरपालिकाले अलिकति चासो दिने हो भने समस्या नै छैन । बजेट भएको निकायले समय अनुसार पाठकसमेत बढाउन सक्ने रुद्र ज्ञवालीको तर्क छ । प्रत्येक वर्षमा १/२ सय किताब थप्दै जाने हो भने सबै चिजबाट अपडेट हुँदै जाने ज्ञवाली बताउँछन् ।

अधिबक्ता प्रख्यात बञ्जाडेले सिद्धार्थनगरमा रहेको पुस्तकालयलाई ब्यवस्थीत तरिकाले चलाउन नसक्नु नगरपालिकाको दुर्भाग्य भएको बताउँछन् । समय अनुसार मर्मत सम्भार गरेर आधुनिक तरिकाले इ–लाइब्रेरीकोरूपमा बैज्ञानीक ढंगले सञ्चालन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बञ्जाडे बताउँछन् । बञ्जाडे भन्छन्, यहाँको पुस्तकालय ऐतिहासिक पुस्तकालय हो यो एउटा नगरको प्रतिष्ठा समेत हो नगरले नगरकै लागि ब्यवस्थित गर्नुको बिकल्प छैन ।

भैरहवा नमुना माध्यमिक विद्यालय तथा भैरहवा नमुना क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले नगरपालिकाले पुस्तकालयको अनुगमन गरेर सुधार गरेर जानुपर्ने बताए । यो नगरकै पुरानो पुस्तकालय हो समय अनुसार परिवर्तन गर्दै पुस्तकालयलाई ब्यवस्थापन गरेर जानुपर्छ तर त्यहाँ टाइम पास गर्ने मात्रै काम भयो गुप्ताले भने, नगरका मेयर उपमेयरको ध्यान जाओस । पुस्तकालय आइतबार देखि बिहिबारसम्म १२ देखि ६ बजेसम्म शुक्रबार १२ देखी ५ बजे सम्म खुल्ने पुस्तकालय नियमितरूपमा नखोल्दा पाठक वर्गलाई असुबिधा भएको नगरबासीहरू बताउँछन् ।

सिद्धार्थनगर नगरपालिकाका नगर शिक्षा प्रमुख चेतशील लम्सालले पुस्तकालय कोरोनाको समयमा बन्द भएको र अहिलेका जनप्रतिनिधि आएपछि खोल्ने मात्रै काम भएको बताए । अपडेट भएको छैन, खोलेको मात्रै छ । लम्सालले भने, प्रदेश सरकारले सहयोग गर्ने कुरा थियो गरेको छैन । पुस्तकालय अपडेट हुनुपर्ने हो छैन अब अपडेट हुन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?