ट्रेंडिंग:

>> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ?

स्नातक तहमा नेपाल प्रथम बुटवलकी आयुश्मालाई सम्मान

८ श्रावण २०८०, सोमबार
८ श्रावण २०८०, सोमबार

बुटवल, ८ साउन ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीसीएस दोस्रो वर्ष २०७८ को परीक्षामा नेपाल प्रथम हुन सफल बुटवलकी आयुश्मा रेश्मीलाई नेपाल मगर महिला संघ बुटवल उपमहानगरले सोमबार सम्मान गरेको छ । बुटवलकै लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययन गर्ने बुटवल–१२ की रेश्मीले देशभरबाट सबैभन्दा बढी ८४ दशमलव ४ अंक प्राप्त गर्न सफल भएकी थिइन् ।

सम्मानित भएपछि बोल्दै आयुश्माले विद्यार्थीहरु प्रविधिको विकाससँगै आएका विभिन्न सामाजिक सञ्चालहरुसँग सचेत रहनु पर्ने उल्लेख गरिन् । विद्यार्थीले आफ्नो अध्ययनमा ध्यान केन्द्रित गर्नका लागि सामाजिक सञ्जालहरुलाई केही समय रमाइलोका लागि प्रयोग गरिए पनि त्यसलाई नै आफ्नो जीवन शैलीका रुपमा प्रयोग गर्न नहुने अनुभव सुनाइन् । आफूसँगै सम्मानित भएका एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै उनले आफ्नो महत्वपूर्ण समय समाजिक सञ्चालभन्दा बढी अध्ययनमा खर्चिन सुझाव दिइन् ।

यसैगरी एसईई परीक्षा २०७९ मा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुने संघमा आवद्ध परिवारका विद्यार्थीलाई समेत सम्मान गरिएको छ । विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरकी उपमेयर सावित्रादेवी अर्यालले राजनीतिक क्षेत्रमा पनि अब शिक्षित र प्राज्ञिक व्यक्तिहरुको प्रवेश आवश्यक रहेको बताइन् । नेपाल प्रथम हुन सफल छात्रा आयश्मा रेश्मीले अवसर प्राप्त गर्न सकेमा महिलाहरु अब्बल छन् भन्ने कुरा प्रमाणित गरेको उल्लेख गरिन् । यसैगरी राज्य सञ्चालनका हरेक निकायमा महिला सहभागिताका लागि शिक्षित र राजनैतिक रुपले प्रशिक्षित पात्रहरुको खाँचो रहेको उल्लेख गरिन् । अबको नेतृत्वको हिजोको जस्तो नभई सीप, ज्ञान र प्रतिभाले भरिपूर्ण युवाहरुले गर्नुपर्नेमा जोड दिइन् ।
सम्मान कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेश समन्वय समितिका सचिव मनोज राना, मगर महिला संघ बुटवलका कानूनी सल्लाहकार गोविन्द पुन, संघकी संस्थापक सचिव तथा सल्लाहकार कुमारी थापा लगायतले बोल्दै ईतिहासदेखि नै जातीय विभेदमा पर्दै आएको मगर समुदायको उत्थान र परिवर्तनका लागि शिक्षा महत्वपूर्ण कडी रहेको उल्लेख गरे । समाज रुपान्तरणको प्रमुख आधार नै शिक्षा भएको हुँदा मगर समुदायको उत्थानका लागि उनीहरुलाई शैक्षिक रुपमा तथा ज्ञान र प्रविधिमा अब्बल बनाउन आवश्यक रहेको उनीहरुले बताए ।

संघकी सल्लाहकार सकुन्तला पुनले विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै हिजोदेखि शैक्षिक रुपमा पिछडिएको इतिहासलाई अबका युवाहरुले परिवर्तन गर्न आग्रह गरिन् । कार्यक्रममा संघ अध्यक्ष गौमाया थापा, सचिव तिर्थकुमारी सोमरेलगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?