ट्रेंडिंग:

>> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ?

पूर्वी नवलपरासीमा भयावह बन्दै ‘लम्पी स्कीन’ को संक्रमण

८ श्रावण २०८०, सोमबार
८ श्रावण २०८०, सोमबार

नवलपुर, ८ साउन ।

पूर्वी नवलपरासीमा अहिले लम्पीस्किनका कारण पशु चौपाया संक्रमित हुने क्रम बढ्दो रहेको छ । जिल्लामा हाल सम्म पाँच हजार ९९६ पशुचौपाया सङ्क्रमित भएका छन् ।

जिल्लामा यस रोगबाट हालसम्म चार सय ५४ गाईभैँसी मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्का प्रमुख पशु चिकित्सक डा. ऋषभ गुरागाईंले जिल्लाका गाईभैँसीमा लम्पी स्किन महामारीका रुपमा फैलिएको जानकारी दिएका छन् ।

पूर्वी नवलपरासीमा बिगत १७ दिनदेखि यो रोग देखा पर्न थालेको र अहिले निक्कै भयावह ढंगले फैलिरहेको गुरागाईको भनाइ छ । जिल्लामा लम्पी स्किन नियन्त्रणका लागि खोप तथा औषधिको व्यवस्था गरिएको भए पनि नियन्त्रण बाहिर गएको उनले बताए ।

लम्पी स्किनबारे सचेतना जगाउँदै सावधानी अपनाउनु नै अहिलेका लागि लम्पी स्किनको जोखिमबाट जोगिन सकिने गुरागाइको भनाइ छ । जिल्लाको कावासोती नगरपालिकामा लम्पी स्किनको सङ्क्रमण दर उच्च रहेको छ भने कावासोतीमा हालसम्म सबैभन्दा बढी एक सय ५१ पशु चौपाया मरेका जनाउँदै डा. गुरागाईंले तीन हजार ७६ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका जानकारी दिए ।

मध्यविन्दु नगरपालिकामा लम्पी स्किनबाट ९७ पशुको मृत्यु भएको तथा हालसम्म एक हजार एक सय ८० गाईभैँसी सङ्क्रमित भएका उनले बताए । गुरागाईंका अनुसार देवचुली नगरपालिकामा लम्पी स्किनबाट हालसम्म ८० गाईभैँसीको मृत्यु हुँदा सात सय ११ सङ्क्रमित भएका छन् ।

यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा दुई हजार एक सय ९० गाईभैँसी सङ्क्रमित तथा २२ को मृत्यु भएको बताए । बौदिकाली गाउँपालिका दूई सय ५४ गाईभैँसीमा लम्पी स्किनको सङ्क्रण देखिएको उल्लेख गर्दै पशु चिकित्सक गुरागाईंले ३६ गाईभैँसीको मृत्यु भएको बताए ।

गैंडाकोट नगरपालिकामा लम्पी स्किनबाट २१ गाईभैँसीको मृत्यु हुनुका साथै छ सय ४३ सङ्क्रमित, हुप्सेकोट गाउँपालिकामा २४ पशुको मृत्यु तथा तीन सय ३१ सङ्क्रमित एवं बुङिलटार गाउँपालिकामा १५ गाईभैँसीको मृत्यु तथा एक सय २२ सङ्क्रमित भएका छन् ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका आठवटै स्थानीय तहमा लम्पी स्किन रोगविरुद्धको खोप वितरण गरेको छ । लम्पी स्किन रोग न्यूनीकरण एवं रोकथामका लागि छ हजार भ्याक्सिन खरिद गरेर स्थानीय तहमा पठाइएको कार्यालय प्रमुख पशु चिकित्सक डा. गुरागाईंले जानकारी दिएका छन् ।

सङ्क्रमण थप फैलन नदिन भन्दै जिल्लाका देवचुली, गैँडाकोट र कावासोती नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका आफैँले समेत खोप खरिद गरेर गाईभैँसीलाई लगाएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?