ट्रेंडिंग:

>> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ >> उपभोक्ता ठग्दै गुल्मीका गुँड उद्योगः भेलीको गुँडलाई उखुबाट बनेको भन्दै बेच्दै >> बाँकेमा मातृ मृत्युदर कम गर्न ब्यवस्थित बर्थिङ सेन्टरको माग >> प्रेम फक्रिएको रानीमहल >> समानिकरण अनुदान घट्दैनः प्रधानमन्त्री >> बढ्दो तापक्रमलाई मध्यनजर गर्दै वृक्षरोपण >> दृष्टिविहीन शिक्षक बैंकको नजरमा निरक्षर ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कपिलवस्तु एमाले अधिवेशन : नेताको समर्थन पाएका शर्मालाई हराउँदै विजयी बने बाबुराम >> बाँकेको राप्तीसोनारी –१ मा झाडापखाला फैलियो , २६ जना बिरामी  >> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित)

‘एक दिन विद्यार्थी नआउदा पनि कारण पत्ता लगाउने संयन्त्र बनेको छ’

१३ मंसिर २०७८, सोमबार
१३ मंसिर २०७८, सोमबार

रुपन्देहीको सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय २०३१ सालमा स्थापना भएको विद्यालय हो । विद्यालयमा अहिले बाल कक्षादेखि कक्षा १२ सम्म करिब २ हजार विद्यार्थीले अध्ययन गर्ने गर्दछन् । उक्त विद्यालयको प्रधानाध्यापकको रुपमा नेत्रलाल पुरी रहेका छन् । २०७७ सालमा सैनामैना नगरपालिकाबाट उत्कृष्ट प्रधानाध्यापकको रुपमा पुरस्कृत गिरीले विद्यालयलाई २०७७ सालमा सर्वोत्कृष्ट र २०७८ सालमा उत्कृष्ट विद्यालयको पुरस्कार दिलाएका छन् ।

विद्यालय पालिका र जिल्लाको मात्रै होइन देश कै नमुना विद्यालय बन्ने होडमा अगाडी बढिरहेको छ । स्थानीय तहमा उत्कृष्ट विद्यालयको रुपमा परिचित यो विद्यालयमा प्राविधिक विषय बाहेकका अरु सबै विषय अध्ययन गर्न पाईन्छ । प्रस्तुत छ, कसरी विद्यालय अभिभावकको मन जित्दै उदाहरणीय बनिरहेको छ ? नमुना विद्यालय बनाउन कसरी विद्यालयले योजनाहरु बनाइरहेको छ ? भन्ने विषयमा विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीसँग गरिएको कुराकानीको सारसंक्षेप ।

तपाईको विद्यालयलाई कसरी चिनाउनु हुन्छ ?
हाम्रो विद्यालय पहिला शिक्षक, विद्यार्थी र अभिभावकको संगम स्थल हो । यहाँ विद्यार्थीले रोजेको, अभिभावकले खोजेको शिक्षा प्रदान गर्न प्रयत्न गरिरहेका छौं । त्यो सँगै यो विद्यालयले पछिल्लो समयको माग अनुसारको शिक्षालाई पछ्याई रहेको पनि छ । हामीले हाम्रा विद्यार्थीहरुलाई सक्षम बनाउन लागि परेको छौं । अनुशासित, योग्य विद्यार्थी उत्पादन गर्ने विद्यालयको रुपमा प्रयत्नशील विद्यालयको रुपमा चिनाउन चाहान्छु ।

तपाई यो विद्यालयमा आउनु अघि र पछिको अवस्थालाई कसरी तुलना गर्नु हुन्छ ?
पहिलो कुरा म यो विद्यालयमा प्रवेश गरेको भर्खरै पाँच वर्ष भएको छ । पहिले पनि विद्यालय चलेको थियो । म आएपछि संख्यात्मक र गुणात्मक रुपमा सुधार गर्न तर्फ लागेको छु । अहिले पनि त्यो काम निरन्तर जारी छ । पहिले करिब ५ सय विद्यार्थी थिए । अहिले कक्षा ११ र १२ गरेर करिब २ हजार विद्यार्थी यहाँ छन् । त्योसँगै शिक्षाको गुणस्तरको पनि विकासलाइ पहिलो प्राथमिकतामा राखेर सबै शिक्षक कर्मचारीले काम गरिरहनु भएको छ ।

हामीले प्रत्येक वर्षको नतिजा उत्कृष्ट ल्याएका छौं । नगर भित्रका १ सय ४५ वटा सुचकलाई पुरा गरेर नगरको नमुना विद्याललयका रुपमा घोषित भएका छौं । त्यो हाम्रा लागि अत्यन्त खुशीको कुरा हो । यो विद्यालयमा अहिले विज्ञान विषय, होटल म्यानेजमेन्ट, कम्प्यिुटर साईन्स, शिक्षा संकायको अध्ययन गराईरहेका छौं । हामीले प्राविधिक विषय बाहेका सबै विषय अध्ययन गराएका छांै ।

विद्यालयको राम्रा पक्षको विकास कसरी गर्नुभयो ?
विद्यालय परिवारले सधै विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने विषयमा बहस र छलफल गरिरहन्छ । सबैले देशका अरु विद्यालयले कसरी काम गरेका छन्, हामीले राम्रा कामको सिको पनि गर्ने गर्दछौं । त्यो बाहेक हामीले विद्यालयमा अनुशसित वातावरण निर्माण गरेका छौ । अभिभावकसँग हामी यति नजिक छौं कि, एक दिन विद्यार्थी विद्यालयमा आएन भने हामीले अभिभावसँगबाट हामीले त्यसको कारण पत्ता लगाउने गर्दछांै ।

विद्यालयमा शिक्षक विद्यार्थी अभिभावक र विद्यालय व्यवस्थापन समितिको मन एउटै भयो भने राम्रा काम गर्न सहज हुन्छ । हामीले साना कक्षाका बच्चाहरुको विकासका लागि आमा कार्यक्रम पनि सञ्चालन गर्ने गर्दछौं । सबै साना विद्यार्थी आमाहरुलाई विद्यालयमा डाकेर बच्चासँग कस्तो व्यवहार गर्ने खाने, बोल्ने र उनीहरुका आनिबानीका विषयमा छलफल चलाउने गरेका छांै ।

त्यसैगरि परिक्षामा सबै विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकलाई हामी उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरेर हौसला बढाउने काम गरेका छौं । विद्यार्थीलाई पनि हामीले परिक्षमा राम्रो गर्नलाई मासिक शुल्क मिनाह गर्ने गरि प्रोत्साहन गरिरहेका छांै । त्यसैगरि हामीले शिक्षकको सुविधालाई औषत विद्यार्थीको उपलब्धीसँग जोडेर हेर्न गरेका छांै । उपलब्धी बढ्यो भने शिक्षकको सुविधा पनि बढाउने गर्दछांै । हामीले विद्यार्थीलाई किताबी ज्ञानसँगै नैतिक शिक्षा र खेलको माध्यमबाट पनि अध्ययन गराउने गरेका छौं ।

विद्यालयको तहगत सिकाई उपलब्धीको समीक्षा गर्दा कुन विषयको राम्रो र कुन विषय कमजोर देखिएको छ ?
हाम्रो विद्यालयको पछिल्लो नतिजालाई हेर्दा तहगत सिकाई उपलब्धीमा सबै कक्षामा नेपालीमा राम्रो र गणित विषय कमजोर देखिएको छ । नेपाली हाम्रो मातृभाषा भएर पनि हुन सक्छ विद्यार्थीले छिटो बुझने र लेख्न पनि सक्ने भएकाले पनि समस्या छैनन् । तर गणित विषयलाई हामीले क्रमशः सुधार गरिरहेका छौं । बेला बेलामा परिक्षा लिने र विद्यार्थी उत्तीर्ण नभएसम्म पुन परिक्षाको व्यवस्था गरेर सुधारका लागि काम गरेका छौं ।

विद्यालयमा तपाईले चाहेको तर गर्न नसकेका कामहरु के के छन् ?
मैले विद्यालयमा चाहेर गर्न नसकेको काम भनेको पहिलो विद्यालयको भौतिक संरचना हो । त्यसपछि पर्याप्त मात्रामा यातायात र शिक्षक दरबन्दी हो । यसका लागि पहल भईरहेको भौतिक संरचनाका लागि पनि अहिले काम भइरहेको छ । हामीले नमुना विद्यालयका लागि डिपिआर तयार गरेर यो वर्ष करिब १ करोड ५० लाखको काम गर्ने योजनामा छौं । अरु विषयमा पनि विद्यालय व्यवस्थापन समितिको साथ र सहयोगमा कामहरु भईरहेका छन् । त्यसका स्थानीय सरकार, प्रदेश सरकार केन्द्रीय सरकारको सहयोगले मात्र हाम्रा योजना पुरा गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np