ट्रेंडिंग:

>> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पोलियोबाट बालबालिका बचाउन आईपिभी खोप अभियान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै

ब्राण्डीङ्गले जोगिएला पाल्पाली ढाकाको साख ?

१० कार्तिक २०७८, बुधबार
१० कार्तिक २०७८, बुधबार

गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो आउन थालेपछि पाल्पाली ढाका कपडालाई ब्रान्ड बनाएर बजारमा ल्याउने तयारी गरिएको छ ।

विगत एक बर्ष अगाडी ढाका ब्यबसायीलाई संस्थागत र संगठित गर्दै पाल्पाली ढाकाको आफ्नो पहिचान बनाउनका लागी स्थापना भएको पाल्पाली ढाका संघले निश्चित गुणस्तरसहित ब्रान्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ ।

ढाकाको कपडाले ब्रान्डको मान्यता पाउनका लागी इमेज आर्ट कम्पनीसँग सम्झौता भएको र आगामी मङ्सिरसम्म ब्रान्डको पहिलो उत्पादन बजारमा ल्याउने तयारी रहेको पाल्पाली ढाका संघका व्यवस्थापक अनुषेश रायमाझीले बताए । संघको स्थापना हुनु भन्दा अगाडी पाल्पाली ढाकाको नाममा बहिरी जिल्ला र भारतमा उत्पादीत कमसल खालको ढाकालाई पाल्पाली उद्योगको लेबल लगाएर बिक्रि गर्ने प्रचलान ब्याप्त थियो । ढाकालाई गुणस्तरको पहिचान दिन लागेपछि गुणस्तर हिन ढाकाको बिक्रि गर्नेहरु निरुस्साहित हुने बिश्वास लिईएको छ ।

संघले हाते तानबाट ढाका बनाउन एक सय ९५ जनालाई तालिम दिएको छ । यस्तै उनीहरूलाई विभिन्न डिजाइनका ढाका उत्पादन गर्न सिकाइएको छ । हालसम्म तालिम लिएका जनशक्तिले ढाका कारखानामै काम गरिरहेको सङ्घले जनाएको छ ।
विगत ७० बर्ष देखि ढाका उत्पादन गरेकी पूर्णमाया महर्जनले पाल्पाली ढाकाको कपडालाई ब्रान्ड बनाएर बजारमा आउँदा उपभोक्ताले गुणस्तर पहिचान गर्न सक्ने हुँदा ठगिने डर नहुने बताउछिन् । संघकी अध्यक्ष समेत रहेकी महर्जनले ब्रान्डको रुपमा बजारमा ल्याएपछि ढाकाका कपडाले उचित मूल्य पाउने र स्वदेश तथा विदेशमा समेत ढाकाका कपडा निर्यात हुने अवस्था आउने विश्वास व्यक्त गरिन । पाल्पाली ढाकाको जननी भनिने महर्जन भन्दछिन् २०१५ सालमा आफ्नो श्रीमान् गणेशमानको पहलमा आफुले उद्योगको सुरुवात गरेको उद्योगमा स्थानीय महिलाहरुले रोजगारीको अवसर प्राप्त गरेका थिए,भने पाल्पाली ढाका ब्यबसायीक रुपमा उत्पादनको थालनी भएको थियो ।

जिल्लाको सदरमुकाम तानसेन बाहेक अर्गली, मदनपोखरा, रुप्से, कसेनी, दोभान, खस्यौली लगायतका गाउँहरुमा दुई सय भन्दा बढी उद्योग संचालनमा आएका थिए । उद्योगको संख्या बढी भएपनि उत्पादित बस्तुको बजारिकरणका लागी समस्या थिएन । सदरमुकाम तानसेनमा उत्पादीत बस्तु तानसेनमा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुले कोसेलीको रुपमा लैजाने र सदरमुकाम भन्दा बाहिरको उद्योगबाट उत्पादीत बस्तु नेपालगंन्ज, महेन्द्रनगर, धनगढी, सुर्खेत, चितवन र काठमाडौंका बजारहरुमा खपत हुने गर्दथियो । पछिल्लो समयमा कामदारको समस्या,कच्चा पदार्थको सहज आपूर्ती नभएकाले गाउँका उद्योगहरु एक पछि अर्को गरि बन्द हुदै गए ।

पछिल्लो समयमा उद्योगका लागी आवश्यक कामदारको समस्या हुदै गएपछि हाते तानको बिकल्पमा मेसिनको प्रयोग बढेसंगै गुणस्तरहिन ढाकाको प्रयोग बढेको हो । अबका दिनमा गुणस्तरहिन ढाकाको बिक्री,प्रयोग नहुने कुरामा महर्जन आशाबादी भएको बताउछिन् । ढाकाको ब्राण्ड पहिलेनै हुनुपर्ने थियो । तर ठिलो भएपनि गुणस्तरिता कायम गर्ने काम प्रशंसनिय भएको अर्का पुराना ढाका ब्यबसायी हरि रायमाझी बताउँछन् ।

सदरमुकाममा मात्र सिमित ढाका उद्योगबाट उत्पादित ढाकालाई पछिल्लो समयमा ब्यबसायिहरुले बिबिधिकरण गरेका थिए ।बिशेषगरि पाल्पाली ढाकाको बजार सदरमुकाम घुम्न आउने पर्यटकहरुमा मात्र सिमित हुदै गएको र बिशेषगरि ढाकाको प्रयोग भाईटिकामा दिदीबहिनीले दाजुभाईलाई उपहार स्वरुप दिने र यस अवसरमा दैनिक ५० लाख भन्दा बढीको ब्यापार हुनेगरेको ब्यबसायि सितम भण्डारी बताउँछिन् ।

पाल्पाली ढाकालाई ब्रान्ड सहित स्वदेश तथा विदेशमा पु¥याउन सके यसबाट सयौँ कामदारलाई रोजगारी र स्वदेशी उद्योगले नाफा आर्जन गर्न सक्ने तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले बताए । नगर प्रमुख शाहीले पाल्पाली ढाका पाल्पाको एक उत्पादन मात्र नभई यहाँको सीप र पहिचानसंग जोडिएकाले यसको ब्राण्डीङ्ग स्थानीय सरकारको प्राथमिकतामा रहेको बताए । उनले गुणस्तर सहितको पाल्पाली ढाका पाल्पा,पोखरा र काठमाडौंमा प्रदर्शनिको रुपमा बजारिकण योजना रहेको बताए ।

पाल्पाली ढाकाको उत्पादनमा सुधार ल्याउन तानसेन नगरपालिका, प्रदेश सरकार र युकेआइडी (सीप) परियोजनाले सहयोग गरेपछि पाल्पाली ढाका ब्यबसायीहरु संस्थागत र संगठित भएका हुन । संगठित हुनु पूर्ब बन्द भएका दर्जन भन्दा बढी उद्योगहरुलाई जीबन्तता दिनका लागी आर्थिक तथा प्राबिधिक सहयोग भएपछि एकल महिला,बिपन्न समुदायले रोजगारी संगै हाते तानको ढाका उद्योग छ वटा थपिएको पाल्पाली ढाका संघका कोर्डिनेटर सागरमान महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?