ट्रेंडिंग:

>> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पोलियोबाट बालबालिका बचाउन आईपिभी खोप अभियान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै

चौतारोको व्यापार जीविकोपार्जनको आधार

८ आश्विन २०७८, शुक्रबार
८ आश्विन २०७८, शुक्रबार

तिनाउ गाउँपालिकाको मस्यामकी महिला बविता सारुको आज भोलीको दैनिकी तरकारी व्यापारमै बित्ने गर्दछ । बिहान उज्यालो भएपछि घरायसी घर भन्दा छाडेर टोल छिमेकमा पुगेर बारीमा उत्पादित तरकारी खोजेर ल्याउने गर्दछिन् । गाउँटोलबाट ल्याएको हरियो तरकारी बुटवल तानसेन सडक खण्डको डुम्रेमा सडक किनाराको चौतारीमा बसेर विक्री गर्दछिन ।

उनलाई सडक किनारा जीविकोपार्जनको मुख्य आधार बनेको छ । गाउँ बस्तीमा उत्पादित मौसमी, वेमौसमी हरियो तरकारी सडक किनारामा बसेर विक्री गर्ने वविता मात्र होइन विगत एक वर्षदेखि राजमार्ग किनारामा बसेर विक्री गर्ने यात्रीलाई तरकारी बिक्रीहरुको संख्या बढ्दै गएको छ । रोजगारीको बातावरण सिर्जना हुन नसकेपनि सडक किनारामा हरियो तरकारी बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएको तानसेन नगरको छापकी डिलकुमारी चिदीले आफ्नो अनुभव सुनाइन् ।

सडक किनारामा काक्रा,े सिमी, टमाटर, खुर्सानी राखेर बस्यो तानसेनबाट बुटवलतर्फ फर्कने यात्रुले पहाडी तरकारी भनेर ठूलो परिणाम मै बढी मूल्यमा विक्री गर्न पाइने ग्राहकको समस्या नभएकोले पनि सडक किनारामा व्यापार गर्न लागेपछि २/४ पैसाको खाचो नभएको छापकै व्यापारी सुनिता चिदीले बताइन ।

बारीमा तरकारी लगायो डुम्रे पु¥याएपछि व्यापारी दियो, त्यो पनि हाम्रो मूल्यमा भन्दा उनकै मूल्यमा विक्री गर्दा हसिलो भन्दा अमिलो मन बनाएर पैसा लिनु पर्ने बाध्यता थियो न जव सडक किनारामा आफैले विक्री गर्न लागेको मूल्य पनि राम्रो पाएको छैन । आम्दानी पनि राम्रो भएको छ । तरकारीमा प्रति केजी २० देखि ५० रुपैयासम्म आम्दानी गर्न सकिन्छ । अकवरे खुर्सानीबाट १ शय देखि १ शय ५० रुपैया सम्म आम्दानी गर्न सफल भएको व्यापारी चिदी बताउँछिन् ।

सडक किनारामा बसेर व्यापार गर्न लागेपछि आफ्नो दैनिकी मात्र फेरिएन जीवन स्तरमा पनि परिवर्तन भएको छ । २/४ पैसा देख्नलाई कठिन थियो । आफै बारीमा तैयार भएको स्थानिय जातको २० किलो करेलाबाट व्यवसायको थालनी गरेकी चिदी भन्दछिन पैसाको पनि खाचो छैन । श्रीमानले गाउँबस्ती डुलेर तरकारी खोज्ने हो । श्रीमानले खोजेको तरकारी आफुले विक्री गर्ने हो । दैनिक रुपमा एक हजार रुपैया सम्म वचत गर्न सफल भएको व्यापारी मथुरा हिस्की बताउछिन् । सडक किनारामा अस्थायी तहरा बनाएर बस्यो हरियो देखेपछि कसको मनले मान्दैन र ! ताजा भएकोले सबैले खोज्ने र रोज्ने गर्दछन् । दैनिक रुपमा मौसम अनुसारको तरकारी ५० देखि ८० केजी सम्म विक्री हुने गर्दछ, एउटा पसलबाट यस्ता पसलहरु सडक किनारामा ५० वटा भन्दा बढी नै छन ।

सबै पसलहरुले राम्रो आम्दानी गर्न सफल भएका छन । त्यसै गरि महिलाहरुले राम्रो रोजगारीको अवसर प्राप्त गरेको र रोजगार संगै आम्दानीको अवसर सिर्जना गरेको व्यापारी खेम कुमारी घर्ती आफ्नो अनुभव सुनाउँछिन ।

एक वर्षदेखि तरकारीको व्यापार गरेकी देवकुमारी सारु भन्दछिन । उत्पादन गर्न सकेको खण्डमा बजारको समस्या हुदो रहेनछ । कहिले आफ्नो गाउँको उत्पादनले मात्र पुग्दैन । ब्ुटवलको बजारबाट ल्याएर बुटवल तर्फ जानेलाई विक्री गर्ने हो । उत्पादन गर्न सकियो भने विक्रीका लागी समस्या हुदैन भन्ने आफ्नो सिकाई रहको उनले आफनो अनुभव सुनाइन ।

सडक व्यापारका कारण २/४ पैसा हातमा पनि आउने गरेको छ । यसैबाट आएको रकमले घरायसी खर्च मात्र चलेको छैन गाउँको समुहमा २/४ हजार रुपैया पनि बचत गर्न सफल भएको बसन्ती कार्कीले आफ्नो अनुभव सुनाइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?