ट्रेंडिंग:

>> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल

बाढीले कतै सडक बग्यो, कतै थुनियो

११ भाद्र २०७८, शुक्रबार
११ भाद्र २०७८, शुक्रबार

अविरल वर्षाका कारण सडकमा पानी बढ्दा, पुल भासिँदा, पहिरो जाँदा, बाढी आउँदा र कल्भर्ट बगाउँदा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार रुपन्देही, नवलपरासी, अर्घाखाँची, बर्दिया, गुल्मी र पाल्पाका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्् ।

ट्राफिक कार्यालयका सूचना अधिकारी डिल्ली नारायण पाण्डेयका अनुसार अर्घाखाँचीको सदरमुकाम जोड्ने गोरुसिंगे–सन्धिखर्क सडक पहिरो खसेका कारण अवरुद्व भएको छ । गुल्मीको रुरु गाउँपालिका–२ पोखरीबगरमा पहिरो खस्दा रिडी–रुद्रबेनी सडकखण्ड अवरुद्ध छ ।

नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका– १० लण्डनबृजस्थित पूर्व–पश्चिम राजमार्ग सडक खण्ड र सुनवल नगरपालिका–१२ बडेराको ड्राइभर्सन बगाएपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । यस्तै रुपन्देहीको देवदह नगरपालिका–९ स्थित घोडाहा खोलामा पुल भासिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका– १२ बसेरीस्थित गोरुसिंगे–सन्धिखर्क सडकखण्ड पनि पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ । पाल्पाको रम्भा गाउँपालिका–३ सितापहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । यस्तै बर्दियाको बांसगढी नगरपालिका–१ बबइस्थित कोहलपुर–सुर्खेत राजमार्ग सडक खण्ड पनि अवरुद्ध भएको छ ।

नवलपरासीको सदरमुकाम परासी, बर्दघाट, भैरहवा, मधवलिया, ओमसतिया लगायतका ठाउँमा घरहरु समेत डुबानमा परेको खवर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?