ट्रेंडिंग:

>> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ?
विशेष समाचार

सिटी मेशिनको हानीकारक विकिरण चुहावट : दैनिक सयौ बिरामी प्रभावित हुँदा अस्पताल प्रशासन मौन

सिटी मेशिन चलाएसँंगै विकिरण चारैतिर घुम्ने र बाहिर लिक हुने गरेको छ । २४ घण्टे सेवा दिने सिटी विभागमा दैनिक ४५ जना बढीको सिटी गरिन्छ । बिरामीसंगै आफन्तहरु आउने गर्दछन् । गर्भवती महिला, कम उमेरका बालबालिकाहरुमा विकिरण हानीकारक हुन्छ ।
२५ असार २०८०, सोमबार
२५ असार २०८०, सोमबार

बुटवल, २५ असार ।

२४ घण्टा अत्यावश्यक सेवा दिइरहेको लुम्बिनी प्रादेशिक अस्पतालको सिटी मेशिनबाट विकिरण चुहावट (लिक) भएको छ । पूर्वाधार निर्माणमा हेलचेक्र्याई गर्दा विकिरण लिक भएको चिकित्सकहरुको दाबी छ । बिरामीको धेरै चाप हुने लुम्बिनी प्रादेशिक अस्पतालको सिटी मेशिनबाट चुहावट हुने विकिरणबाट त्यहाँ कार्यरत चिकित्सक, कर्मचारीका साथै बिरामीका आफन्तहरु समेत प्रभावित भएका छन् ।

यसबारे पटकपटक जानकारी गराईएको भएपनि मर्मतमा ढिलाई भएको कर्मचारीहरुको गुनासो छ । अस्पतालमा सिटी सेवा सुरु गर्दा एउटा मुख्य ढोकामा दुई एमएमभन्दा मोटो लिडको च्यादर राखिएको भएपनि पछिल्लो समय पश्चिमतर्फ नयाँ ढोका बनाउँदा कमसल च्यादरको प्रयोग भएको छ । नयाँ ढोकामा डेढ एमएमभन्दा पातलो लिडको प्रयोग गरिंदा विकिरण चुहावट भएर बिरामी कुरुवा र चिकित्सकहरुको कक्षभन्दा बाहिरसम्म आएको छ ।

सिटी कक्षमा भेटिएका अस्पतालका मर्मत ईन्चार्ज सिभिल ओभरसियर सुनिल खत्रीले नयाँ ढोकामा डेढ एमएमभन्दा पातलो लिडको च्यादर प्रयोग भएको स्वीकारे । उनले यसलाई चाँडो बनाउने प्रतिवद्धता जनाए । विकिरण रोक्न कम्तीमा ढोकामा प्रयोग हुने च्यादर २ एमएमभन्दा मोटो हुनुपर्छ । नाङ्गो आँखाले देख्न नसकिने हँुदा सामान्य बिरामीहरु यसबारे अनभिज्ञ छन । अस्पतालका चिकित्सकहरुले यसबारे प्रशासनलाई जानकारी गराएको भएपनि मर्मतमा ध्यान नदिएको गुनासो छ ।

डेढ महिनामा थुप्रै बिरामीहरुले सेवा लिएका छन् । सिटी कक्षसँगै चिकित्सकहरुको जाँच कक्ष, भिडियो एक्सरे कक्ष लगायत छन । दैनिक ४ सय भिडियो एक्सरे गर्नेमध्ये डेढ सय बढी गर्भवतीहरुले सेवा लिईरहेका छन् ।

अस्पतालमा चिकित्सकमैत्री वातावरण नभएको एक चिकित्सकले गुनासो गरे । “काम गर्न धेरै गाह्रो छ”–उनले भने । चिकित्सकहरुले प्रयोग गर्ने शौचालयमा पानी नआउने, भरिने जस्ता समस्या भएको ६ महिनादेखि गुनासो गरेको तर सुनुवाई नभएको उनले दुखेसो गरे ।

अस्पतालका प्रशासकीय अधिकृत राजन केसीले प्राविधिक समस्या आफुलाई राम्ररी थाहा नभएको बताए । चिकित्सकहरुबाट ढोकाको लिड पातलो भएको र यसलाई फेर्न सुझाव आएको बताए । लिड खोजेर फेर्ने जिम्मा दिएको उनले न्युज बुटवल टुडेलाई बताए ।

विकिरण के हो ?

भौतिकशास्त्रमा विकिरणलाई ऊर्जा भनिन्छ जुन कण वा तरंगको रुपमा अन्तरिक्ष वा पदार्थबाट यात्रा गर्दछ । यो दुई मध्ये एक तरिकामा उत्पादन गर्न सकिन्छ । एक अस्थिर परमाणु (रेडियोन्यूक्लाइड) को रेडियोधर्मी क्षयद्वारा, वा पदार्थ संग कणको अन्तरक्रियाद्वारा रेडियोधर्मी क्षयका केही विशेषताहरु सहजता र अनियमितता हुन् । उत्सर्जित विकिरणको प्रकार विशिष्ट रेडियोन्यूक्लाइडमा निर्भर गर्दछ । विकिरण यसको प्रकार र ऊर्जाद्वारा वर्णन गरिएको छ । विकिरण दुई मुख्य कण र विद्युत चुम्बकीय कोटीहरुमा पर्छ ।

विद्युत चुम्बकीय विकिरणमा फोटानहरु हुन्छन् जसमा ऊर्जा हुन्छ, तर कुनै द्रव्यमान वा चार्ज हुँदैन, जस्तै रेडियो तरंगहरु, माइक्रोवेभहरु, इन्फ्रारेड, दृश्य प्रकाश, पराबैंगनी, एक्स–रे, र गामा विकिरण । क्वान्टम थ्योरीद्वारा वर्णन गरिए अनुसार फोटान एक ‘कण’ वा ‘क्वान्टम’ हो जसमा विद्युत चुम्बकीय उर्जाको एक अलग मात्रा हुन्छ जुन प्रकाशको गतिमा यात्रा गर्दछ । कण विकिरणमा द्रव्यमान र ऊर्जा भएका कणहरु हुन्छन् र अल्फा विकिरण, बिटा विकिरण, प्रोटोन विकिरण र न्यूट्रोन विकिरण जस्ता विद्युतीय चार्ज हुन वा नहुन सक्छ । अन्य विकिरणहरुमा एक्स–किरणहरु अत्यधिक मात्रामा हानीकारक हुन्छन् । अल्फा र बिटा विकिरणको लामो समयसम्म एक्सपोजर हानीकारक छ तर दुर्लभ पनि छ । गामा विकिरण दुर्लभ तर अत्यन्त हानीकारक छ । मोबाइलबाट निस्कने रेडियो तरंग हानिकारक हुँदैनन् । (सामान्य बिजुलीको ब्लव पनि मोबाइलभन्दा बढी हानीकारक हुन सक्छ किनभने यसले देखिने प्रकाश भन्दा बढी फ्रिक्वेन्सीमा पराबैंगनी किरणहरु उत्सर्जन गर्न सक्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?