ट्रेंडिंग:

>> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल

सदरमुकामको फोहोर व्यवस्थापनमा चुनौती

१० श्रावण २०७५, बिहीबार
१० श्रावण २०७५, बिहीबार

रुकुम पश्चिमको सदरमुकाम खलंगा बजारबाट दैनिक निस्किने फोहोरको उचित व्यवस्थापन नहुदाँ यतिबेला समस्या उत्पन्न भएको छ ।
मुसीकोट नगरपालिका वडा नं. १ को सल्ले, खलंगा देखी वडा नं. ५ को सेरिगाउँ सम्म फैलिएको सदरमुकामका बजार क्षेत्रबाट दैनिक निस्कने फोहोरलाई हाल वडा नं. २ स्थित पानीढुंगामा रहेको नगरपालिकाको जग्गामा अस्थाई रुपमा फलिदै आएको भएपनि स्थानियले गत शनिबारदेखी उक्त स्थानमा फोहोर फाल्न अवरोध गरेपछि समस्या झन् जटिल बन्दै गएको छ ।
विगत ५ बर्षयता पानीढुंगामा फोहोरलाई अस्थाई रुपमा फाल्दै आएको नगरपालिका कार्यालयले बताएको छ । ७ बर्ष अघि २०६७ सालमा वडा नं. २ का स्थानियले बसपार्कका निर्माणका लागि भनेर २१ रोपनि र रंगशाला निर्माणका लागि भनेर ७० रोपनी जग्गा छुट्टाछुटे्टै स्थानमा नगरपालिकाको नाममा गरिदिएका थिए ।
माथिल्नो २१ रोपनीवाला जग्गाको सतह मिलाउने भनेर केही समयदेखी नगरपालिकाकाले फोहोर यहि स्थानमा फाल्दै आएको थियो । हाल यो स्थल बजारको फोहोरले भरिदै गएपछि उक्त फोहोर जग्गा भन्दा वाहिर जान थालेको र स्थानियका खेतबारी तथा घरसम्म फोहोर हावाले उडाएर लैजाने साथै फोहोरको दुर्गन्ध पनि सबैतिर फैलिएकोले आफुहरुले अबदेखी यहाँ फाल्न नदिने स्थानिय रमेश खड्काले बताए । ‘हामिले यति लामो समयसम्म फाल्न दिईसक्यौं अब भने दिदैनौं । गत असार मसान्त सम्म मात्रै यहाँ फोहोर फल्ने भन्ने नगरपालिकाको प्रतिवद्धता गरे अनुसार असार सकिएसंगै रोकिएको हो ।’ खड्काले भने, ‘हामिले बसपार्कका लागि भनेर प्रदान गरेको जग्गामा फोहोर फालेर बसपार्क निर्माणको काम थालनी नै गरिएन ।’
स्थानियले फोहोर फाल्न रोकेपछि सदरमुकामको बजारमा फोहोरको मात्रा बढ्दै जान थालेको छ । नगरपालिकाले गत असार मसान्तसम्म मात्रै फोहोर फल्ने बताएकाले अबदेखी यहाँ फोहोर फाल्न नदिने स्थानियले अड्डी लिएका छन् ।
उता मुसीकोट नगरपालिका कार्यालयले तत्काल अर्को व्यवस्था गर्न गाह्रो भएको भन्दै हाल त्यही स्थानमा फोहोर फल्नुपर्ने वाध्यता रहेको बताएको छ । मुसीकोट नगरपालिकाका कार्यक्रम अधिकृत कुवेर केसीले भने ‘स्थानियले फोहोर फाल्न रोकेको बारे हामिलाई आधिकारिक जानकारी आएको छैन । आएपनि अहिले झट्टै फोहोर जम्मा गर्नका लागि अर्को स्थान छैन । यसकारण अर्को व्यवस्था नभएसम्मका लगि यहि ठाउँमा फोहोर फाल्नुपर्ने बाध्यता छ ।’
हाल फोहोर फालिरहेको स्थान नजिकै तलपट्टी रहेको लगभग ७० रोपनी क्षेत्रफलमा फैलिएको अर्को सार्वजनिक स्थाललाई आधुनिक स्टिोल ल्याम्पका रुपमा विकास गर्नका लािग भनेर केही बर्ष अघि झण्डै ८० लाख खर्चेर सडक पु¥याउने काम बाहेक अन्य अगाडी बढ्न सकेको छैन । यस स्थानमा नगरपालिकाकाले आधुनिक सिस्टोल ल्याम्प बनाउने बताईरहदाँ स्थानियले भने यस स्थानलाई आधुनिक रंगशाला बनाउने गरी आफुहरुले जग्गा प्रदान गरेको र यहाँपनि फोहोर फाल्ने स्थाल बनाउन नदिने बताउदै यसका लागि नगरपालिकाले अर्कै स्थानको खोजी गर्नुपर्ने बताएका छन् । मुुसीकोट नगरपालिका–२ का यि दुई स्थान बाहेक अहिले अर्कै स्थानमा फोहोर व्यवस्थापन गर्न सम्भव छैन । हाल फोहोर फालिरहेको स्थानमा पनि कुहिने र नकुहिने फोहोर नछुट्याएर जताभावी सबै फोहोरको एउटै थुप्रो बनाईएको छ । जस्ले गर्दा फोहोरको उचित व्यवस्थापन नभएका कारण समस्या बढेको छ । यता जिल्ला सदरमुकाममा आवागमन हुने सार्वजनिक सवारी राख्ने बसपार्क नहुदाँ पनि अर्को समस्या भैरहेको छ । सदरमुकामका लागि बसपार्क र डम्पिङ्ग साईट गरि दुई वटा संरचना तत्काल आवश्यक देखिएपनि यसका लागि कुनै नगरपालिकाले कुनै काम अगाडी बढाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?