ट्रेंडिंग:

>> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर
विचार

वृक्षारोपणको दर्शन

हाम्रो वृक्षारोपणको दर्शन स्पष्ट नहुदा वृक्षारोपण कार्यक्रम प्रभावकारी हुन सकिरहेको छैन । के का लागि ? कहाँ ? कस्तो किसिमको वृक्षारोपण गर्ने ? त्यसबाट कसले कसरि लाभ प्राप्त गर्ने भन्ने स्पष्ट नगरी रमाइलोको लागि अनि काम देखाउनको लागि गरिने वृक्षारोपणले समय र पैसाको दुरुपयोग मात्र हुदैन, पारिस्थितिक प्रणाली र सामाजिक जीवनमा समेत नकारात्मक असर परिरहनेछ ।
१४ असार २०८०, बिहीबार
१४ असार २०८०, बिहीबार

खालीठाउँमा रुख बिरुवा रोप्नु वृक्षारोपण हो । नेपालमा जेठको अन्तिम सातादेखि फाल्गुनसम्म कतै न कतै वृक्षारोपण चलिरहेकै हुन्छ । कुनै दिवस, उत्सव वा विशेष अवसर पारेर सामाजिक संस्थाहरुले विरुवा रोप्ने गर्छन् भने अचेल व्यक्तिगत उल्लासका अवसरमा पनि विरुवा रोप्ने चलन छ । नेपालमा वि.सं. २००२ सालदेखि कार्यक्रमको रुपमा वृक्षारोपण गरेको पाइन्छ । दोश्रो पंचवर्षीय योजनादेखि नेपालका हरेक आवधिक योजना, वार्षिक योजना र वन मन्त्रालयका कार्य योजनाहरुमा वृक्षारोपणले स्थान पाएको देखिन्छ । सरकारी तथ्यांकलाई हेर्दा आ.व. २०६६÷६७ देखि २०७५÷७६ सालको अवधिमा सरकारी निकायबाट मात्र १४ करोड ४५ लाख १९ हजार विरुवा उत्पादन भएको देखिन्छ । उत्पादित बिरुवाको सरदर मृत्युदर २० प्रतिशत कट्टा गर्दा उक्त बिरुवाबाट ७२ हजार हेक्टरमा वृक्षारोपण हुने देखिन्छ (प्रतिहेक्टर १६०० विरुवाको दरले) । तर वन मन्त्रालयले उक्त अवधिमा मुलुकभर ५ हजार ६ सय ६१ हेक्टर सरकारी र ९७ हेक्टर निजी जमिनमा ११ करोड ७४ लाख ११ हजार वटा बिरुवा रोपेको छ र यस कार्यमा सरकारले १ अर्ब ६५ करोड १५ लाख ९ हजार खर्च गरेको छ । पछिल्ला ५ आर्थिक वर्षमा सरकारी निकायले वृक्षारोपण प्रयोजनका लागि वार्षिक २ करोड भन्दा बढी विरुवा उत्पादन खरिद र वितरण गरेको पाइन्छ । सामुदायिक वन र निजी नर्सरीहरुले त्यसको आधा परिमाणमा विरुवा उत्पादन गरेको मान्ने हो भने नेपालमा वार्षिक ३ करोड भन्दा बढी बिरुवाहरु वृक्षारोपण प्रयोजनका लागि उत्पादन हुने गरेको अनुमान गर्न सकिन्छ । यी बिरुवाले वार्षिक १५ हजार हेक्टर भन्दा बढी जमिनमा वृक्षारोपण भएको हुनुपर्छ. तर नेपालमा वार्षिक कति क्षेत्रमा वृक्षारोपण भयो ? कति विरुवा हुर्किए ? रोपेका विरुवाहरुको अवस्था के छ भन्ने बारेमा कुनै निकायसंग पनि वास्तविक तथ्यांकहरु छैनन् ।

सामान्य दृष्टिले वृक्षारोपणलाई विरुवा रोप्ने कामको रुपमा हेरिए पनि यो पारिस्थितिक प्रणालीको निर्माण गर्ने र सामाजिक आवश्यकताहरुको परिपूर्ति गर्ने काम हो । विग्रदै गएको पारिस्थितिक प्रणालीको पुनर्भरण यसको प्राथमिकतामा पार्नुपर्छ । त्यसैले वृक्षारोपण गर्दा निकटतम पारिस्थितिक प्रणाली भित्र रहेका सास्कृतिक र जैविक विविधतासंगको तादाम्यतालाई ख्याल गर्दै त्यसै अनुसारका विरुवाहरु रोप्नु पर्छ । कहाँ विरुवा रोप्ने ? कस्ता विरुवा रोप्ने ? विरुवा किन रोप्ने ? र कसले रोप्ने तथा हुर्काउने जस्ता कुराहरुलाई निश्चित दर्शनले डो¥याउने गर्छ । यो नै वृक्षारोपणको दर्शन हो । यस लेखमा यही दर्शनको विवेचना गर्ने प्रयास गरिएको छ ।

पारिस्थितिक पद्धतिको पुनर्भरण

वृक्षारोपणको यो दर्शन अहिले विस्वब्यापी बनेको छ । रुख नासिएको वन क्षेत्र, रुख विरुवा नभएको अन्य क्षेत्रमा विरुवा हुर्काएर हराभरा बनाउने, पारिस्थितिक प्रणालीको संरक्षण गर्ने, पानीका श्रोत तथा जमिनको संरक्षण गर्ने उद्देश्यले राज्यले वृक्षारोपणलाई आफ्ना कार्यक्रममा पार्ने गरेको छ । सामुदायिक वन समूहहरुले पनि यहि दर्शनले वृक्षारोपण गरेका हुन्छन् ।

क्षति न्यूनीकरणको दर्शन

रामशाहको चौधौ थितिले भन्छ, “पध्यारामा वन पालन रुष न भया देषि जैले षोज्यो तैले पनि रहँदैन सुकी जान्छ वन ढेरै फाडिया पैरो पनी जान्छ ढेरै पैरो गया उपधाहा चल्छ उपधाहले षेत पनि लैजान्छ वन न भया गृहस्तिको कौनै काम पनि चल्दैन “यसले रुख हुर्काउनुको दर्शन स्पष्ट पार्छ । प्राकृतिक प्रकोप रोक्न बोटबिरुवाले मुख्य भूमिका खेल्छन् । बाढी पहिरो नियन्त्रण गर्न, वन डढेलोलाई नियन्त्रण गर्न, रुख रोप्ने पुरानै चलन हो । रुख विरुवा नभए प्रकोप बढ्छ भन्ने चेत हाम्रा पुर्खामा भएकोले खानेपानीका श्रोतको नजिक, नदि किनार, वस्ती छेउछाउ विभिन्न किसिमका रुखहरु रोप्ने गर्दथे । अहिले वन्यजन्तुलाई वस्तीमा पस्न नदिन जैविक छेकवारको रुपमा बाँस रोप्ने, वन्यजन्तुलाई वनमा नै अड्याउन वन्य फलफुल रोप्ने गरेको समेत पाइन्छ ।

आवश्यकताको सिद्धान्त

जबसम्म घना वन थियो, वनमा आवश्यकता अनुसारका रुखहरु थिए, तबसम्म वनमा वृक्षारोपणको अभ्यास भएकै थिएन । वन हराउँदै जाँदा मानिसका वन पैदावार सम्बन्धी आवश्यकताहरु पुरा गर्न कठिन भएपछि मानिसहरुले आवश्यकता अनुसार खाली जग्गामा वृक्षारोपण गरी रुख हुर्काउने कार्य शुरु गरेका छन् । निजी वन, नदी उकास जग्गाका वन, कृषि वन यस दर्शन अनुसार अघि बढेका छन् ।

सौन्दर्यचेत

मानव सभ्यताको विकासक्रम संगै सौन्दर्यचेत पनि विकसित भएको हो । आफ्नो वासस्थान वरिपरी, आफ्नो नगर भित्र थरिथरिका रुख विरुवाहरु लगाएर आफ्नो थलोलाई सुन्दर बनाउने गरेको इतिहास र पुरातत्व अध्ययन गर्दा भेटिन्छ । शासक र सम्भ्रान्त वर्गले विभिन्न ठाउँबाट बोट विरुवा ल्याएर दरबार र नगर सुन्दर बनाउने गर्दथे । यो परम्परा अहिले पनि चलेको छ । नेपालमा भिमसेन थापा र जंग बहादुरले विदेशबाट विरुवा ल्याएर नेपालमा रोपेको पाइन्छ । राणा शासकहरुले काठामाडौका सडक किनारमा विदेशी विरुवा रोपेका थिए । अहिले शहर सौन्दर्यीकरणको नाममा सडक किनारमा आयातित विरुवाहरु रोप्ने प्रचलन बढेको छ । यसले हरियालीको स्थानीय मौलिकता गुम्दै गएको मात्र छैन, रुखप्रतिको स्थानीय आत्मियता पनि गुम्दै गएको छ । आयातित विरुवाहरु विस्तार हुदै जाँदा रैथाने विरुवाहरु नासिने क्रम बढेको छ ।

सस्कृतिको आधार

विश्वका हरेक सस्कृतिहरुको आधार जल र जंगल हुन् । अहिले पनि मानिसका सास्कृतिक कार्य गर्नको लागि विभिन्न किसिमका रुखहरु नभई हुदैन । जन्मदेखि मृत्युसम्मका गतिविधिहरु गर्नको लागि चाहिने रुखहरु सामुदायिक वृक्षारोपणका प्राथमिकतामा पर्ने गर्छन् । हिन्दु समुदाय भएका स्थलमा जताततै वर, पिपल, समी, निम, बेलका रुखहरु भेटिनु, बौद्धमार्गीहरुको थलोमा पिपल चेपांग वस्तीमा चिउरी, थकाली वस्तीमा धुपिसल्लो भेटिनु यसैका उदाहरण हुन् ।

धार्मिक कारण

ऋग्वेदमा भनिएको छ “यदि तिमी हजारौंैं वर्ष जीवनको फलहरु र खुशीको आनन्द लिन चाहन्छौ भने रुख रोप ।” ऋग्वेदको धेरै ठाउँमा नदी किनाराको संरक्षण र वृक्षारोपणको आवश्यकता उल्लेख गर्दै रुख र नदी किनारा विनाश गर्दा मानिसहरुले अकल्पनीय क्षति बेहोर्नुपर्ने उल्लेख गरेको पाइन्छ । जसले जीवनमा एकएकवटा बर पिपल र नीम, दुई दुईवटा अनार र सुन्तला, पाँचवटा आँप र दशवटा फूलका विरुवाहरु रोपेमा कहिल्यै नर्क जानु नपर्ने कुरा बराह पुराण छन् । हिन्दुहरुले पिपललाई भगवानको रुपमा पुजा गर्ने भएकोले हिन्दु समाजमा बर पिपल र समिका चौतारीहरु जताततै पाइन्छन् । बुद्धका अधिकांश महत्वपूर्ण समय रुखमुनी र वनमा नै वितेकोले बौद्ध समाजमा रुखको उच्च स्थान रहेको पाइन्छ । रुख विरुवा हुर्कने समयमा वन प्रवेश गर्न नहुने ( वर्षावासको नियम ) , रुख रोप्दा स्वर्गको बाटो खुल्ने ( वनारोपा सुत्त) जस्ता कुराहरु बौद्ध दर्शनमा छन् । यिनै कारण बौद्धमार्गिहरुले वृक्षारोपण र संरक्षणलाई धार्मिक कार्यको रुपमा अवलम्बन गर्दै आएका छन् ।

सामाजिक लहर

पछिल्लो समयमा सामाजिक सस्थाका कार्यक्रममा वृक्षारोपण नछुट्ने कार्यक्रम बनेको छ । कुनै दिवस, उत्सव पारेर कुनै ठाउमा गएर विरुवा रोप्ने, फोटो खिचाउने, समाचार बनाउन लगाउने र रोपेका विरुवाको संरक्षणको बारेमा चासो नदिने प्रवृत्ति बढ्दो छ । यही कारणले गर्दा एउटै क्षेत्रमा हरेक वर्ष विभिन्न सस्थाहरुले वृक्षारोपण गर्न पाएको लज्जास्पद दृश्य हेर्ने अवसर मिलिरहेको छ । यस्ता गतिविधिले गर्दा वृक्षारोपण कार्यक्रम मनोरन्जनको विषय बनेको छ । अपवाद बाहेक सामाजिक सेवाको नाममा गरिने यस्ता वृक्षारोपणले जैविक विविधताको पुनस्र्थापनामा योगदान दिएको देखिदैन । अचेल जन्मदिन र त्यस्तै अन्य अवसरमा विरुवा रोपेर फोटो खिचाउने चलन छ । यसले राम्रै संस्कृति निर्माण गर्ने भएपनि विरुवाको सुरक्षाको ध्यान नदिदा यो काम पनि प्रचारमा सिमित हुने डर बढेको छ ।

प्रचारमुखी

आर्थिक वर्ष २०७६÷७७ लाई वृक्षारोपण वर्षको रुपमा मनाउने र त्यो वर्ष ५ करोड विरुवा रोपिने नेपाल सरकारले घोषणा गरेको थियो । प्रधानमन्त्रीले त्यसको भब्य उद्घाटन समेत गरेका थिए । तर त्यो वर्ष सरकारी निकायले २ करोड ३४ लाख विरुवा उत्पादन, खरिद र वितरण गरेको सरकारी तथ्यांकले देखाउँछ । वृक्षारोपण वर्षमा देशभर १२ हजार ४४० हेक्टर जमिनमा वनजन्य, जडिबुटी र फलफुल गरी ३ करोड ३३ लाख २३ हजार ४८१ विरुवा रोपिएको तथ्यांक भएपनि ति विरुवा कहाँ रोपिए ? र विरुवाको अवस्था कस्तो छ भन्ने कुरामा सरकार स्वयम् जानकार छैन । वन दशक २०७१–८० को शुरुवाती दिनहरुमा यस्तै भब्य वृक्षारोपण कार्यक्रम हुने गरेका थिए । स्थानीय, प्रदेश र संघीय सत्तामा बसेका व्यक्तिले लावालस्कर सहित यस्ता कार्यक्रम आयोजना गर्ने र वन कर्मचारीले पनि उनीहरुलाई खुशी बनाएर बजेट सक्ने कुरामा ध्यान दिने हुदा यस्ता भब्य कार्यक्रमले वृक्षारोपण कार्यक्रमको धज्जी उदाएका छन् ।

व्यक्तिगत स्वार्थ

वृक्षारोपण गर्ने निकायका जिम्मेवार व्यक्तिको लागि वृक्षारोपणले लाभ समेत दिने गरेको छ । विरुवा खरिद, ढुवानी र वृक्षारोपण कार्यक्रमको व्यवस्थापनमा आर्थिक चलखेल हुने र नक्कली बिल भौचर तयार गरी लाभ लिने प्रवृति रहेको भनि अखियारका पछिल्ला प्रतिवेदनमा किटान नै गरिएको छ । वन विभाग मातहतका कार्यालयहरुले स्थानीय विरुवाहरु उत्पादन गर्न सक्ने क्षमता हुदाहुदैपनि निजी नर्सरी र विदेशबाट महंगोमा विरुवाहरु ल्याएर वितरण गर्ने गरेको देखिन्छ । पछिल्लो दशकमा सरकारले वार्षिक रु.१७ करोड सम्म विरुवा खरिदमा र त्यसको एक तिहाई सम्म विरुवा रोप्न खर्च गरेको देखिन्छ । स्थानीय सरकार, उद्यानहरुले विदेशी विरुवा किन्नमै रुची देखाउने गरेका छन् । यस्ता धेरै व्यक्ति र निकायको लागि वृक्षारोपण अतिरिक्त आम्दानि गर्ने बाटो बनेको छ ।

कानूनी व्यवस्थाहरु

केही राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनले गर्दा वृक्षारोपणको बाध्यात्मक अवस्था पनि छ । कतिपय स्थानीय तहहरुले घर निर्माण गर्दा विरुवा रोप्नुपर्ने नीतिगत व्यवस्था गरेका छन् । सडक निर्माण गरेपछि सडक किनारमा वृक्षारोपण गर्नुपर्ने, हरित विद्यालय निर्देशिका अनुसार विद्यालय परिसरमा वृक्षारोपण गर्नुपर्ने, विकास आयोजनाले वन क्षेत्र प्रयोग गरी एउटा रुख मासे बापत ५ देखि २५ विरुवा रोप्नुपर्ने व्यवस्थाले वृक्षारोपणको परिमाणात्मक वृद्धिमा सघाउ पुगेको छ । तर कानूनी बाध्यताले गरिएका वृक्षारोपणले प्रतिफल दिन भने सकेका छैनन् ।

अन्तर्राष्ट्रिय स्वार्थ

पछिल्ला वर्षहरुमा वृक्षारोपणमा अन्तर्राष्ट्रिय स्वार्थ बढ्दै गएको छ । खासगरी हरितगृह ग्याँसहरू उत्सर्जन गरेर बदनामी कमाईरहेका विकसित देशहरुले कार्बन व्यापारको लोभ देखाएर नेपालजस्ता गरिब देशहरुमा वृक्षारोपणमा सघाइरहेका छन् । क्योटो प्रोटोकल जस्ता जलवायु परिवर्तन सम्बन्धी अभिसन्धिले धनी देशहरुलाई गरिब देशको वृक्षारोपणमा लगानी गर्नैपर्ने बाध्यता छन् । त्यसैगरी सिमा क्षेत्रमा रहेका संरक्षण क्षेत्रहरुलाई जोगाउनको लागि अर्को देशमा वृक्षारोपण गर्ने, वन हुर्काउने कामलाई सहयोग गरेको पाइन्छ । यसको राम्रो उदाहरण नेपाल भारत सिमा वारपारका संरक्षण क्षेत्र र जैविक करिडोरलाई लिन सकिन्छ ।

कुटनैतिक अभ्यास

अन्तर्राष्ट्रिय भ्रमणमा गएकाले भ्रमणको सम्झनालाई दिगो बनाउन विरुवा लगेर रोप्ने पुरानो कुटनैतिक प्रचलन रहेको छ । पाकिस्तानले विदेशी कुटनीतिक पाहुनाहरुले रोपेका विरुवाहरुको सुन्दर बगैचा नै बनाएको छ । नेपालको लुम्बिनी र त्रिभुवन पार्कमा यस्ता अभ्यासहरू भएको पाइन्छ । त्यसैगरी आपसी सम्बन्ध राम्रो बनाउनको लागि उपहार स्वरूप एउटा देशले अर्को देशलाई विरुवाहरु उपहार दिने चलन पनि छ । यस्तो चलनले विदेशी विरुवाहरुको विस्तारमा सघाउ पुगेको देखिन्छ ।

र अन्तमा,

नेपालमा हरेक वर्ष सरकारी निकाय र संघसस्थाहरुले करोडौ खर्चेर २÷३ करोड विरुवा रोपिरहेका छन् । पछिल्ला ३ दशकमा मात्र वनक्षेत्र, सार्वजनिक जमिन, निजि जमिन र सडक किनारमा गरिएका यस्ता वृक्षारोपणमा रोपिएका रुखहरु जोगिएको भए अहिलेसम्म नेपालको घना वनक्षेत्र बाहिर त्यो भन्दा ठुलो वन तयार भैसक्नुपथ्र्याे । तर अहिलेपनि वन क्षेत्रमा रुख विरुवाको संख्या घट्दै गएको, वस्तीहरुमा हरियाली घटिरहेको अनि नेपालका रैथाने वनस्पतिहरु हराउदै गएको जस्ता दृष्यहरु बढिरहेका छन् । हाम्रो वृक्षारोपणको दर्शन स्पष्ट नहुदा वृक्षारोपण कार्यक्रम प्रभावकारी हुन सकिरहेको छैन । के का लागि ? कहाँ ? कस्तो किसिमको वृक्षारोपण गर्ने ? त्यसबाट कसले कसरि लाभ प्राप्त गर्ने भन्ने स्पष्ट नगरी रमाइलोको लागि अनि काम देखाउनको लागि गरिने वृक्षारोपणले समय र पैसाको दुरुपयोग मात्र हुदैन, पारिस्थितिक प्रणाली र सामाजिक जीवनमा समेत नकारात्मक असर परिरहनेछ ।

[email protected]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?