ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै

सार्वजनिक जग्गा विक्रि प्रकरण: फाईल अख्यिारको नियन्त्रणमा

९ श्रावण २०७५, बुधबार
९ श्रावण २०७५, बुधबार

फलोअप समाचार
किर्ते गरि सार्वजनिक जग्गा विक्रि सम्बन्धी फाईल अख्त्यिार दुरुपयोग अनुसंधान आयोग बुटवलले नियन्त्रणमा लिएको छ । आयोगको क्षेत्रिय कार्यालय बुटवलबाट पाँच जना समुहमा आएको टोलीले अनुसंधानका लागि सो फाईल मालपोत कार्यालयबाट नियन्त्रणमा लिएका हुन् ।
केही भु माफियाहरुको गिरोहले मालपोत कर्मचारी र गाउपालिका कर्मचारीलाई प्रभावमा पारी सार्वजनिक जग्गाको प्रमाणपत्रमा किर्ते गरि ब्यतिmको बनाएर कम्पनीको नाँउमा विक्रि गरेका थिए ।
किर्ते गर्ने ब्यतिm र कर्मचारीलाई कारवाहीको माग गर्दै नागरिक समाजले अख्तियार दुरुपयोग आयोग बुटवलमा उजुरी दिएको थियो । मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा किर्ते कागज गरि यहाँका एक ब्यतिmले वृक्षारोपण भएको सार्वजनिक जग्गा तथा कब्रिस्थानको जग्गा विक्रि गरेकोले कारवाहीको माग गर्दै समाजले उजुरी गरेको र सो बारे बुटवलटुडेमा समेत प्रकासित भए पछि अख्तियारको टोलीले अनुसंधानका लागि सोमवार साझ त्यो जग्गा सम्बन्धी सम्पुर्ण कागजात र फाईल लिएर गएको मालपोत कार्यालयका कर्मचारीले बताएका छन् । अख्तियारको अनुसंधानमा को को कर्मचारी फस्ने हुन भन्ने कर्मचारीमा संत्रास छाएको छ ।
जिल्लाको सरावल गाउपालिका वार्ड नं.१ स्थित दीपक सुनार भन्ने ब्यतिmले साविक तिलकपुर ५ कित्ता नं.२४ को २ विघा १५ कट्ठा २ धर जग्गा लुम्बिनी ग्याँस कम्पनीको नाँउमा विक्रि गरेको खुल्न आए पछि सो बारे स्थानियले मालपोत कार्यलयमा लिखत बदरको माग गरेका थिए । तर त्यसमा कारवाही प्रकृयामा कार्यालयले तदारुकता नदेखाए पछि नागरिक समाजले ति कार्यमा मालपोतका कर्मचारीको समेत मिलोमताो हुन सक्ने भएको दाबी गर्दै मालपोत कार्यालय र संलग्न कर्मचारीलाई पनि अनुसंधान गरि कारवाही प्रकृया अगाडी बढाउनु पर्ने माग गर्दै क्षेत्रिय कार्यालय बुटवलमा उजरी दर्ता गराएको समाजका अध्यक्ष सम्भु उपाध्यायले बताएका थिए ।
जग्गालाई पहिला आफ्नो बनाउनका लागि वार्ड कार्यालयको सिफारिस लिदा किर्ते गरेका छन् । पछि जग्गाको प्रतिलिपि पुर्जा निकालिएको छ । तत्पश्चात प्रतिलिपी पुर्जामा किर्ते गरि कित्ता नं. सच्याइएको छ । सो पुर्जाको आधारमा पुनः वार्ड कार्यालयको सिफारिसको आधार बनाई श्रेष्ता सच्याइएको छ । गुल्मि जयखानी ३ स्थाई ठेगाना भएका सुनारले जग्गा किर्ते गरि विक्रि गर्दा रजिष्ट्रेसन फारममा रु.१ करोड १२ लाखमा विक्रि भएको उल्लेख भए पनि उनले आफुले ४ लाख मात्र पाएको बयान दिएका कारण त्यसमा ठूलो गिरोहले काम गरेको अनुमान गर्न सकिन्छ । किर्ते गर्ने मुख्य ब्यतिmलाई प्रहरीले पक्राउ गरे पनि मालपोत कार्यालयले दिएको जाहेरीमा साक्षी बस्ने,लेखापढी गर्ने ब्यतिm समेत मतियारको रुपमा काम गरेको हुदा उनीहरुलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन् । उनीहरु अहिले पनि मालपोत कार्यालय वरिपरी घुमफिर गर्ने र सो मुद्दा कसरी मिलाउन सकिन्छ भन्ने परामर्श गर्दै हिडेको मालपोतकै कर्मचारीले बताएका छन् ।
नवलपरासी वर्दघाट सुस्ता पुर्व गैडाकोट १२ स्थित लुम्बिनी ग्याँस कम्पनीले समेत यो कुरा थाहा पाएर जग्गा हड्पन खोजेको अनुमान लगाउन सकिन्छ । स्रोतका अनुसार कम्पनीले सो जग्गा हात पार्न भु माफियाहरुलाई पाँच करोडसम्म खर्च गरेको छ । सुनारले पहिला सो सार्वजनिक जग्गालाई आफ्नो बनाउनका लागि २०७४ चैत्र २६ गते साविक तिलकपुर ५ कित्ता नं.१२४ जसको क्षेत्रफल (०—१५—२ ) भएको घरगोठ प्रमाणित कागज लिएका थिए । त्यस पछि २०७५ बैशाख १ गते पुर्जाको प्रतिलिपि सिफारिस पेश गरि घरगोठ बाटो प्रमाणित सिफारिस लिदा त्यसमा त्यो पुर्जामा उनले कित्ता नं.७२४ बाट (७) अंक मिटाएर २४ र जग्गा क्षेत्रफलमा (०) को स्थानमा २ थपेका छन् । यसरी जग्गा को स्वरुप पुर्जामा कित्ता नं.२४ को जग्गा क्षेत्रफल २ विघा १५ कट्ठा २ धुर अर्थात (२—१५—२) धुर हुन पुगेको छ । जुन जग्गा २०२४ सालको नापीमा २४ नम्बर कित्ता को २ विघा १५ कट्ठा २धुर (२—१५—२) सार्वजनिक पर्ति भनेर फिल्डबुक र नक्सामा कायम गरिएको छ । यो जग्गा सार्वजनिक भएको हुदा स्थानियबासीले वृक्षारोपण गरि ब्रम्हबाबा सामुदायक बन,केही खेलमैदान र केही जग्गा मुस्लिम समुदायले चियान बनाउन कब्रिस्थानको रुपमा प्रयोग गर्दै आएका छन् । ्
यसरी मालपोत कार्यालयको कर्मचारीको मिलोमतोमा मात्र यो कार्य सम्भव हुने नागरिक समाजको दाबी रहेको छ । जग्गाको श्रेष्तासम्म पहुँच कसरी ब्यतिmको पुग्न सक्छ ? उनले प्रश्न गरे,फाटका कर्मचारी को हो ? कसरी श्रेष्तामा सच्याइएको छ ? र रजिष्ट्रेसनसम्म पनि पास हुन गयो ? ग्याँस कम्पनीका कर्मचारी पुगेर यो जग्गा कम्पनीको हो भनेर भने पछि मात्र स्थानियबासीले सार्वजनिक जग्गा विक्रि भएको कुरा थाहा पाएका थिए । तत्पश्चात मालपोत कार्यालयमा निवेदन दिएका थिए । मालपोत कार्यालयले ढाकछोप गर्न र आफ्नो कर्मचारीको संलग्नता जोगाउनमा लागेको छ । किर्ते गर्ने ब्यतिm प्रहरी नियन्त्रणमा गईसकेका छन् । उनको बयानले मात्र अब सो काण्डामा संलग्न थिए ? खुल्न सक्ने उपाध्यायको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?