ट्रेंडिंग:

>> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब
मुख्य समाचार

‘पौडी धराप’ बन्दै दोभान

पाल्पाका झरना र रहमा २१ जनाको डुबेर मृत्यु भएको छ तर पनि मानिसहरु उक्त क्षेत्रमा पौडी खेल्न नुहाउन जान छाडेका छैनन ।
५ असार २०८०, मंगलवार
५ असार २०८०, मंगलवार

बुटवल, ५ असार
बैशाख १३ गते बुधबार माथिल्लो सिद्धबाबा नजिकको ड्याम साईडको रहमा एक जना युवा डुबे । गहिरो रहमा डुबेका १५ वर्षका भैरहवाका शिशिर उपाध्यायको समयमा उद्धार नहुदा मृत्यु भयो । साथीसंग उनि पौडी खेल्न आएका थिए । उद्धारमात्र होईन ड्याम साईडको रहमा उनको लास खोज्नसमेत निक्कै कठिन भयो । स्थानिय पौडी खेल्ने युवाहरु धेरै प्रयास गरे तर सफल भएनन । बुटवल उपमहानगरपालिका नगर कार्यपालिकाको अगुवाईमा बर्दियाबाट गोताखोर मगाएर २४ घण्टामा लास निकाल्ने काम भयो । गर्मिमा पौडी खेलेर सितल मनाउन आएका उनी पानीको गहिरो एकिन नगर्दा डुब्न पुगे । उनि दिउँसो २ बजे डुबेका थिए ।

असारको पहिलो हप्ताको शनिबार पनि अर्को एक जना युवाको डुबेर यही मृत्यु भयो । चिडियाखोलाका राजन गौतम सानैबाट पौडी खेल्छन । पाल्पा क्षेत्रमा डुबेर मृत्यु भएका अधिकाशको शव उनले निकालेका छन । उनले डुबेर हराएका १८ बढिको शव निकालेको बताउछन । ‘यो क्षेत्र खतरापूर्ण छ भन्ने जानकारी हुदाहुदै पनि पौडी खेल्दा घटना हुने गरेको छ ।’— उनले भने । कम्तीमा यहाको पालिकाबाट सुरक्षाको लागि एउटा ट्युव हावा भरेर राख्ने वा सुचनामुलक बोर्डहरु राख्नुपर्ने उनको तर्क छ । बुटवल पावर कम्पनीको ड्याम साईड करीब ३५ देखि ४० फिट गहिरो भएको उनको दाबी छ । बिस्तारै अहिले भने यो १५ फिटभन्दा गहिरो नभएको उनले बताए । यहा गहिरो भन्दा पनि ड्याममुनी पानीले खोतलेर बनाएको सुरुङ र रडहरुमा ठोक्किएर मानिसको मृत्यु हुने गरेको उनले बताए ।

राम्ररी पौडी खेल्न नजानेहरु टाउकोमा चोट लागेर बेहोस हुने र निस्सासिएर मृत्यु हुने गरेको उनको दाबी छ । ‘म आफै पनि यहा जान डर लाग्छ ।’— उनले भने । पावर कम्पनीले पहिले यो मर्मत गर्ने गरेको भएपनि पछिल्लोसमयमा खासै चासो नदेखाएको उनले दुखेसो गरे । ‘सरोकारवालाहरु चासो नदिदा जोखिम बढेको छ ।’—उनले भने । पाल्पा खण्डमा झुम्साको भुतखोला, सिद्घबाबा तल कदमबास क्षेत्रमा बढि डुबेर मृत्यु हुने गर्छ ।
यहा हुने घटनाको उद्धारमा खटिने शसस्त्र प्रहरीको टोलीका अनुसार पाल्पा जिल्लामा यस आर्थिक वर्ष २०७९÷०८ मा (२०८० असार २ गते सम्म) पाल्पा जिल्लामा डुबेर २१ जनाको मृत्यु भएको छ । जसमा १० जना पुरुष, २ जना महिला, ५ जना बालक र ४ जना बालिका रहेका छन । यसमध्ये तिनाउ गा.पा. ३ स्थित भुतखोला, ड्याम र तिनाउ खोला क्षेत्रमा ६ पुरुष, एक महिला, २ बालबालिका गरी ९ जना तथा रामपुरको कालिगण्डकी तथा अन्य खोलाहरुमा बाकीको डुबेर मृत्यु भएको तथ्याकले देखाउछ । प्रायजसो आन्तरिक तथा बाह्य (भारतीय) पर्यटकहरु घटनामा पर्ने गरेका छन । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ३ मा रहेको तिनाउ खोला ड्याम साईड र भुतखोला पानी पोखरीमा फोटो खिच्ने तथा पौडी खेल्ने क्रममा घुम्न आउने पर्यटकहरु घटनामा परेका छन । रुपन्देही तथा तराईको अन्य जिल्लाबाट घर्मी छल्नको लागि पाल्पा स्थित तिनाउखोलामा पौडी खेल्न आउनेको संख्या बढेसंगै खोलामा डुबी मृत्यु हुनेको संख्या पनि बढ्दो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np