ट्रेंडिंग:

>> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

नागरिकता विधेयक राष्ट्रघाती  : मनोज भट्ट

२६ जेष्ठ २०८०, शुक्रबार
२६ जेष्ठ २०८०, शुक्रबार
बुटवल, २६ जेठ  ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विद्येयक नेपाल र नेपालीको हितमा नभएको बताएका छन् ।
भारतलाई खुशी पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई दवाव दिएर नागरिकता विद्येयक प्रमाणिकरण गरिएको नेता भट्टको दाबी छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीको शुक्रबारदेखि बुटवलमा शुरु भएको छैठौ जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै अहिलेको नागरिकता विधेयक राष्ट्रघाती छ भने ।
महासचिव भट्टले वर्तमान सरकारले नागरिकता विद्येयक ल्याएर गैरकानुनी काम गरेको दावी गरेका हुन् । नागरिकता विद्येयक राष्ट्रपतिबाट प्रमाणिकरण गरेसंगै राष्ट्रपति जस्तो सम्मानित संस्था विवादमा मुछिएको बताए । सरकारले गैर नेपालीलाई नागरिकता दिनेगरी नागरिकता विद्येयक ल्याएको बताउंदै नेता भट्टले भने – नागरिकता विद्येयक ल्याउनुको प्रचण्डको प्रमुख उद्वेश्य भारतलाई खुशी पार्नु हो । उनले अहिलेको नागरिकता विद्येयक आएसंगै राष्ट्रियतामाथि खतरा बढेको उल्लेख गर्दै सार्वभौम सत्ता र अखण्डतामाथि भारतीय एकाधिकार बढेको तर्क गरे ।

अहिलेको नागरिकता विद्येयकले नेपालमा रहेका एक करोड भारतीयलाई नागकिरता दिन बाटो खुलेको बताउंदै अब नेपाली अल्पमतमा पर्ने सम्भावाना बढेको बताए । प्रधानमन्त्री पुष्पकमल प्रचण्डको भारत भ्रमण नेपालको हितमा नभएको दावी गर्दै भारत र अमेरिकाले चीनकाविरुद्व लड्न सरकारलाई प्रयोग गर्न सक्ने उनको भनाइ छ । प्रधानमन्त्री भारत गएर भारतले सीमा मिचेको विषयमा बोल्न नसकेको बताउंदै भने ण् भारतसंग बोल्न डराउने अनी नेपाल फर्केर भूमण देशकोा लागि ऐतिहांसिक भयो भन्नु नेपाली र नेपालीमाथि गरिएको बैमानी हो उनले भने ।
नेपालको भूमिलाई भारतले अखण्ड भारतको नक्सामा समावेश गर्नु सांस्कृतिक नक्सा नभएको र राजनीतिक नक्सा भएको बताउंदै नेता भट्टले भने – त्यहीबाट पनि प्रष्ट हुन्छ भारतले नेपालको हित चाहेको छैन । उनले एमसीसी परियोजना नेपालको हितमा नभएकाले खारेज गर्नुपर्ने बताउंदै संघीयता असलफ भैसकेकाले प्रदेश संरचना खारेज गरेर देशलाई अगाडी बढाउनु पर्ने बताए ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भ्रष्टाचारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने बताउंदै सरकारले कारवाही गर्न नसके जनताले सडकबाट कारवाही गरेर देखाउने चेतावनी दिए । कार्यक्रममा नेकपा रुपन्देहीका इन्चार्ज शरद वली, नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जीसी, नेकपा एमाले रुपन्देहीका सचिवालय सदस्य ऋषिराम पाण्डेय, क्रान्तिकारी कम्युनिष्ट पार्टीका विनोद मरासिनी, कीकृत समाजवादीका श्रीराम यादवले कम्युनिष्ट एकता आजको आवश्यक्ता हो भने ।
समयको माग अनुसार छरिएर रहेको कम्युनिष्ट शक्तिलाई एकीकृत गरेर कम्युनिष्ट आन्दोलनलाई मजवुत बनाउनुको अर्को कुनै विकल्प नभएको उनीहरुको तर्क छ । राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष वद्रे आलमको अध्यक्षता र सचिव टानबहादुर केसीको सञ्चालनमा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी नेतृ इन्द्रिरा ज्ञवाली, जसपा रुपन्देही अध्यक्ष महेन्द्र यादव, लगायतले बोलेका थिए । जिल्ला सम्मेलनको अवसरमा राष्ट्रिय जनमोर्चाले ७५ वर्ष उमेर नाघेका कम्युनिष्ट नेता पुरुषोत्तम कंडेल र दिलप्रसाद नेपालीलाई सम्मान गरेको छ । दुई दिनसम्म चल्ने सम्मेलनले नयां नेतृत्व चयन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?