ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै
अर्थ
मुख्य खबर

बगरमा फल्यो ‘गौरीको पसिना’

गौरी लामो समय नेपालगन्जका केही नीजि प्रतिष्ठानहरुमा सुरक्षागार्ड भएर काम गरिन । २०७४ सालको निर्वाचनमा म्यादी प्रहरी पनि भइन । तर चारवर्ष अगाडी बसपार्कमा दुर्घटनामा परेपछि थलिएर घरमै बसिन ।अरु आएर यस्तो गर्छन, हामीले किन नगर्ने भनेर साहसले उनको पसिना बगरमा फलेको छ ।
२१ जेष्ठ २०८०, आईतवार ०७:१७
२१ जेष्ठ २०८०, आईतवार ०७:१७

बाँके,जेठ- बाँकेको राप्ती नदीले बर्षायाममा बर्षेनी थुप्रै जमिन कटान गरेर बगर बनाइदिन्छ । यसरी बनेको बगर अरुका लागि कामै नलाग्ने भएपनि गौरी मिश्रा जस्ता मिहिनेती महिलाका लागि भने हरियो तरकारी उब्जिने गर्ने मलिलो जग्गा बनेको छ ।

डुडुवा गाउँपालिका –५ बेतहनीकी छत्तिस वर्षिया गौरी र श्रीमान भुवनेश्वरले दुई वर्षदेखि राप्ती नदीको बगरमा १२ बिगाह जग्गामा परबर,भाटा, लौका करेला जस्ता तरकारी उब्जिने गरेर नेपालगन्जमा बेचबिखन गरिरहेका छन्, त्यसरी बेचेको पैसाले परिवार चलाएका छन् छोराछोरी स्कुल पढाइरहेका छन् । नदीको बगरमा एउटा मात्र छाप्रो छ जहाँ बसेर बगरमा लगाइएको तरकारी निगरानी गर्छन त्यही खाना पकाइरहेको अवस्था भेटिइएकी गौरीले भन्दै थिइन,–‘बिहान मात्रै सत्तरी किलो परबर नेपालगन्ज पठाए,अब केही दिनमा फेरी टिप्नुपर्ला ।’

उत्पादन अघि बिउबिजनमा सहयोग गरेका नेपालगन्ज रानीतलाउ तरकारी बजारका ठेकेदार आफैले तरकारी खरिद दिन्छन् । नेपालगन्जमा प्रतिकिलो एक सय रुपैयामा बिक्री भइरहेको परबर गौरीबाट प्रतिकिलो साठ्ीमा खरिद गर्ने गरेका छन् । ढुवानी लगायतको खर्च ठेकेदारले व्यहोर्ने भएकाले आफुहरुलाई राम्रै मूल्य दिएको गौरी बताउँछिन् । ‘उत्पादन शुरु गर्दा उहाँहरुले सहयोग गर्नुभएको थियो त्यही भएर हामीलाई कुनै मर्का पार्नुभएको छैन ।’– गौरीले भनिन् ।

नेपालगन्जमा गत फागुणबाटै भारबाट परबर आउन बन्द भएको हो । अबको केही महिनासम्म राप्तीको बगरमा फलेको परबरले नै यहाँको बजार धान्ने गरेको रानीतलाउका तरकारी ब्यापारी सलिम अन्सारी बताउँछन् । त्यसपछि भने भारतकै उत्पादन भित्रिने गरेको छ ।

बगरमा तरकारी फलाउने सहास देखाएकी गौरी लामो समय नेपालगन्जका केही नीजि प्रतिष्ठानहरुमा सुरक्षागार्ड भएर काम गरिन । २०७४ सालको निर्वाचनमा म्यादी प्रहरी पनि भइन । तर चारवर्ष अगाडी बसपार्कमा दुर्घटनामा परेपछि थलिएर घरमै बसिन । सानैदेखि अरु महिला भन्दा भिन्न केही गरौं भन्ने हुटहुटी भएकी गौरीले ठिक हुने बित्तिकै बेतहनीमै कस्मेटिक पसल चलाइन तर त्यहाँ पसल चलेन ।

‘पसल नचलेपछि के गरौं के गरौं भनेर तनावमा थिए । त्यही बेला बिहारबाट आएका मान्छेहरुले बगरमा तरकारी खेती गरेको थाहा पाएर हेर्न गए । अरु आएर यस्तो गर्छन, हामीले किन नगर्ने भनेर मैले पनि शुरु गरे ।’ उनी भन्छिन्–‘माटो परिक्षण लगायतको काम गरेर दुईवर्षदेखि तरकारी उत्पादन थाले । पहिलो वर्ष पचास÷साठ्ी हजार नाफा भएको थियो ।’

यस वर्ष उत्पादन राम्रै भएपनि पानी नपरेका कारण बोरिङ्गबाट सिंचाई गर्दा खर्च बढेको गौरीका श्रीमान भुवनेश्वरले बताए । तर पनि असार साउनमा उत्पादन बढेर नाफा हुने उनले आशा गरेका छन् । स्थानीय एक ब्यक्तिको नाममा रहेको जग्गा भाडामा लिएर उनीहरुले तरकारी खेती गरिरहेका हुन । नदीले बगर बनाइदिए पनि त्यहाँको धेरै जग्गाको लालपुर्जा रहेको छ । यसरी हातमा लालपुर्जा भएपनि बगर बनेका जग्गालाई उपयोग गरिरहेका गौरी जस्ता महिलालाई कुनै निकायबाट सहयोग भने छैन । गौरी भन्छिन् –‘यस्तो ठाउँमा खेती गरिरहेका हामीलाई कस्ले सम्झिएला !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?