ट्रेंडिंग:

>> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

लुम्बिनीसग जोडिदै पाणिनि तपोभूमि

७ श्रावण २०७५, सोमबार
७ श्रावण २०७५, सोमबार

लुम्बिनी आएका पर्यटकलाई अर्घाखा“चीको पाणिनि तपोभूमिमा ल्याई घुमाउने योजना अघि सारिएको छ । रुपन्देहीको सालझण्डी हु“दै पाल्पाबाट अर्घाखा“चीको पटैटी नियाली देउरालीसम्म सालझण्डी–अर्घाखा“ची ढोरपाटन सडकबाटै पर्यटक भित्राउने सकिने भएको छ । शान्तिको अग्रदूभ गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पाणिनि ऋिणमुनिले विश्वशान्तिको कामना गर्दै तपस्या गरेको संस्कृत व्याकरणको उदगम थालो पाणिनि तपोभूमि ऐतिहासिक महत्वपूर्ण स्थलको रुपमा लिइएको छ । तपोभूमिको प्रचार अभावमा ओझेलमा छ । दुवै स्थानमा पर्यटकलाई अध्ययन गराउनुुपर्नेमा जोड सांसद र जनप्रतिनिधिको छ ।
संस्कृत व्याकरणको उदगम थलो पाणिनी तपोभूमीको दृर्घकालिन गुरुयोजना बनाएर विकास र संरक्षण गर्न गृहकार्य भैरहेको छ । संघ, प्रदेस र स्थानीय सरकारले बजेट छुटाएर काम अघि बढाउन थालेको छ ।
संघले छुटाएको दस लाख रुपैया“ले, प्रदेसले विनियोजन गरेको २० लाख रुपैया“ बजेटले निर्माणाधीन भ्युटावर पुरा गर्ने, विद्युत विस्तार र लिफ्ट प्रविधिबाट खानेपानी तान्ने काम यसै वर्ष गरिने भएको हो । सडक मर्मत, निर्माणाधीन पोखरीको काम पुरा गर्ने, मूर्ती राख्ने र अन्य पूर्वाधारका काम गर्न पाणिनी गाउ“पालिकाले १० लाख रुपैया“ बजेट छुटाएको छ ।
चारसय वर्ष पहिले पाकिस्तान देसबाट ऋषिमुनी पाणिनी नाम गरेका व्यक्ति अर्घाखा“चीको पोखराथोक र पणेनाको बीच जंगलमा ३० वर्षसम्म विश्व शान्तिको कामना गर्दै तपस्या गरेको इतिहास छ । उनले तपस्यास“गै विश्वको प्राचिन संस्कृत भाषाको व्याकरणको उत्पत्ती र रचना समेत गरेको धार्मिक तथा ऐतिहासिक ग्रन्थहरुमा उल्लेख छ । ‘शान्तिको कामनाको लागि तपस्या गरेको ठाउ“ र संस्कृत व्याकरणको उदगम थलो भएकाले यसको संरक्षण गरी विकास गर्नुपर्छ,’ पाणिनी गाउ“पालिका अध्यक्ष अच्युत गौतमले भने, ‘गुरुयोजना बनाएर पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्य बनाउ“छौं ।’
प्रचार अभावमा ऐतिहासिक स्थल महत्वहीन भएको थियो । थाहा पाएका केही आन्तरिक तथा बाहय पर्यटक अध्ययन गर्न पाणिनीमा छिटफुट रुपमा आउ“छन । अग्लो डा“डो र जंगलको बीचमा छ । मन्दिर निर्माण, पाणिनीको मूर्ती र तपस्या गरेको ठाउ“लाई संरक्षण गरिने उनले बताए । यहा“ अध्ययन गर्न आएका पर्यटकलाई यही बस्न पूर्वाधार निर्मँण गर्ने उनले बताए । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा जस्तै यहा“ पनि उत्तिकै महत्व रहेकाले भौगोलिक विकटताले ओझेलमा परेको उनले दावी गरे । यहा“ मन्दिर, भजनकृतन गर्ने भवन, अध्ययन गर्ने ठाउ“ निर्माण लगायतका यस वर्षको बजेट खर्च गरिने छ । ‘धार्मिक र आध्यात्मिक स्थल निर्माण गछौं,’ उनले भने, ‘योगा पनि यही गर्ने र हिन्दुधर्मालम्बीले दर्शन गर्ने मन्दिर र संस्कृत व्याकरणको उदगम स्थलको अध्ययन गर्न मिल्ने गरी पूर्वाधार बनाएर प्रचार गरी पर्यटकीय केन्द्र बनाउने योजना छ ।’
प्राचिनकालमा निर्माण गरिएको मठ मन्दिर, पौवा, तपस्या गरेको स्थललाई वर्षेनी महायज्ञ लगाएर संरक्षण गरिएको पोखराथोकका स्थानीय चन्द्रकान्त पौडेलले बताए । महायज्ञमा टाढाटाढाबाट सयौं भक्तजन आउने उनले बताए । ‘ऐतिहासिक पाणिनी राष्ट्रकै सम्पत्ती हो,’ उनले भने, ‘यसको संरक्षण र प्रचार गरेर अध्ययन स्थल बनाउनुपर्छ । तीन तहका सरकारले बजेट छुटाएर सम्बोधन गर्नु सकारात्मक छ ।’ लुम्बिनी आउने पर्यटकलाई पाणिनीमा ल्याउनुपर्छ, उनले भने ।
प्रतिनिधिसभा सदस्य एवं कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले लम्बिनी आएका पर्यटकलाई पाणिनिमा ल्याएर संस्कृत व्याकरणको अध्ययन र घुमाउने योजनाको शुरुवात भएको बताइन ।
प्रदेस सांसद रामजीप्रसाद घिमिरेले केन्द्रको बजेटले गुरुयोजना बनाउने, प्रदेस र स्थानीय सरकारको रकमले पूर्वाधार निर्मँण गर्न खर्च गरिने बताए । ‘पाणिनी तपोभूमिलाई विश्वसम्पदा सुचीमा राख्न प्रदेस सरकारबाट पहल भएको छ,’ उनले भने, ‘ऐतिहासिक महत्वको स्थान ओझेलमा परेको थियो । अब संरक्षण र प्रबद्धन गरी पर्यटक भित्राउ“छौं ।’ सम्पूर्ण भाषाको जग नै संस्कृत मानिन्छ । विश्वमा चिनाउने, भाषा र साहित्यको पाठशाला नै खोलेर अध्ययन स्थल बनाइने उनले बताए । ‘संस्कृत व्याकरण कसरी उत्पत्ती भयो यसको महत्व बुझाउन संस्कृतका विद्धानलाई ल्याई राखिनेछ,’ उनले भने, ‘पाणिनीमा आएर बस्ने, अध्ययन गर्ने, बहस गर्ने र संस्कृतमा शास्त्राचार्यको पढाई यही गराउने योजना छ ।’ पहिला संरचना र पूर्वाधार निर्मँण गर्ने त्यसपछि व्यापक प्रचार गरेर पर्यटक भित्राएर अध्ययन गर्ने केन्द्र बनाउन गुरुयोजना बनाउन लागिएको उनले बताए ।
ऐतिहासिक कलाकृतिले सजिएका मठ मन्दिर, ढुंगाका संरचना, भगवानका मूर्ती र ठुलो चौर छ । जैविक विविधता पार्क सहित तपोभूमि जिल्लाको पहिचान सहितको सम्पत्ती भएको स्थानीय रामप्रसाद भटराइले बताए । । ५० रोपनी क्षेत्रफलमा फैलिएको तपोभूमि स्थल वरपर रमाइलो र सुन्दर छ । जंगलको बीचमा भएकाले र हेर्ने मान्छे नभएकाले मन्दिरको मूर्ति, महत्वपूर्ण चिज, घण्टा लगायतका सामाग्री केही वर्ष पहिले चोरी भएको छ । एक सय किलोको ठुलो घण्ट थियो । पाणिनीले तपस्या गर्दा रातीको बेला घण्टा बज्ने गर्थाे । त्यो घण्टा बजाउ“दा पुरै अर्घाखा“ची, पाल्पा, गुल्मी, वाग्लुङ, बुटवल लगायत थुप्रै ठाउ“मा सुनिने बूढापाका बताउ“छन् । घण्टा बजेको सुन्न गाउ“लेले पर्खेर बस्थे । आवाज सुनेपछि शान्ति मिल्छ भन्ने धार्मिक विश्वास रहेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?