ट्रेंडिंग:

>> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि पहल गरिदिन प्रदेश मन्त्रीहरुसँग माग

१३ जेष्ठ २०८०, शनिबार
१३ जेष्ठ २०८०, शनिबार

भैरहवा, १३ जेठ ।

उद्योगी–व्यवसायीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनका लागि पहल गरिदिन लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुसँग माग गरेका छन् । उनीहरुले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा विकासमा बाधा पुगेको गुनासो गरेका हुन् ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले शनिबार भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेय र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सिके) गुप्ताको स्वागत, बधाई तथा शुभकामना कार्यक्रममा उद्योगी–व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।

उनीहरुले विगतमा पनि विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनका लागि विभिन्न दबाबमूलक कार्यक्रम गरेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमण अघि नै विमानस्थलबारे भारत सरकारसँग छलफल गर्न प्रदेश सरकारले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको भनाइ छ ।

सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा भएको कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले नागरिकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्माणका लागि जग्गा तथा घर नै दिए पनि विमानस्थलमा अन्तर्राष्ट्रिय हुन नसक्दा नागरिक निराश भएको बताए । उनले मन्त्रीद्वय पाण्डेय र गुप्तालाई विमानस्थल नियमित सञ्चालनका लागि प्रदेश सरकारमार्फत पहल गरिदिन आग्रह गरे । अध्यक्ष ज्ञवालीले खुल्ला सीमाका कारण स्वदेशी व्यवसायी मर्कामा परेको बताए ।

उनले भने, ‘व्यवसायी पीडित छन् । ४० प्रतिशत सटर खाली भएका छन् ।’ उनले बेलहिया–बुटवल ६ लेन सडक हालसम्म पनि निर्माणसम्पन्न नभएकाले यसलाई पूर्णता दिनका लागि आवश्यक पहल गरिदिन मन्त्रीहरुसँग आग्रह गरे । उनले पर्यटकको बसाइ लम्ब्याउने खालका कार्यक्रम ल्याउनुपर्ने र यसतर्फ प्रदेश सरकारले चासो दिनुपर्ने बताए । यस क्षेत्रको विकासका लागि रात्रीकालीन बजार सञ्चालन आवश्यक रहेको उनले बताए ।

चेम्बर अफ कमर्स, रुपन्देहीले सरकारी निकाय तथा निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढिरहेको उनको भनाइ छ । पर्यटन प्रवद्र्धनका लागि संस्थाले मेला, महोत्सव, दशैं सस्तो बजार, सडक खाना महोत्सव, अन्तरक्रिया, गोष्ठीलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको ज्ञवालीले बताए ।

चेम्बर अफ कमर्स, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले समग्र रुपन्देही र लुम्बिनीको विकास आवश्यक रहेको बताए । उनले लुम्बिनीमा सञ्चालित गुम्बा तथा मोनाष्ट्रीमा पर्यटकहरु राख्दा त्यहाँ सञ्चालित होटल धरासायी भएको बताए । भण्डारीले चेम्बर अफ कमर्स, रुपन्देहीले प्रदेश सरकारसँग समन्वय गर्दै अघि बढ्ने बताए । समग्र रुपन्देही र लुम्बिनीको विकास मुलुकको विकासको आधार भएको उनको भनाइ छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालनका लागि आन्दोलनका कार्यक्रम समेत गरिएको उनले बताए । लुम्बिनी र लुम्बिनीको प्रवेशद्वार भैरहवा क्षेत्रमा रहेका समस्याका समाधानका लागि अग्रसर हुन उनले मन्त्रीहरुसँग आग्रह गरे । लुम्बिनी विकास कोषमा भएको बेथितिबारे वर्तमान पर्यटनमन्त्रीले स्पष्टीकरण सोध्नु सकारात्मक भएको उनको भनाइ छ ।

भीम अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका भण्डारीले अस्पतालमा जनशक्ति र बजेटको अभाव रहेकाले अस्पतालको स्तरोन्नतिमा जोड दिन उनले आग्रह गरे । ‘कोभिड–१९ ले सरकारी अस्पतालको महत्व अझै बढाएको छ, ’उनले भने ।

सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्योग, पर्यटन र व्यवसायको विकासका लागि सरकारको ठूलो हात रहने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन नभए दबाबका लागि पुनः आन्दोलनमा उत्रिन बाध्य हुने बताए । श्रेष्ठले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए । विमानस्थल नियमित रुपमा सञ्चालनका लागि विभिन्न चरणका आन्दोलन र छलफल भए पनि मन्त्री र सचिवबाट आश्वासन मात्रै पाएको उनले बताए । उनले कोभिड–१९ ले पर्यटन क्षेत्र प्रभावित भएको बताए ।

लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सिके.)ले उद्योगी व्यवसायीसँग हातेमालो गर्दै अघि बढ्ने बताए । उनले मन्त्री बनाएर मात्र नहुने भएकाले मन्त्रीलाई अधिकार पनि दिनुपर्ने बताए । उनले भने, ‘यहाँहरुको साथ, सहयोग, सल्लाह र सुझाव आवश्यक छ ।’ मन्त्री गुप्ताले भ्रष्टाचारविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मन्त्री सन्तोष कुमार पाण्डेयको ठूलो योगदान रहेको बताए । उनले विमानस्थल पूर्ण र नियमित सञ्चालनका लागि प्रदेश सरकारबाट सक्दो पहल गरिने बताए ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले विमानस्थल पूर्ण सञ्चालनका लागि संघीय सरकारसँग निरन्तर पहल भइरहेको बताए । उनले विमानस्थल सञ्चालन नगरीकन पर्यटनको विकासको परिकल्पना गर्न नसकिने बताए । उनले भने, ‘निश्चित रुपमा प्रदेश सरकारले विमानस्थल सञ्चालनका लागि पहल गर्छ । लुम्बिनीलाई प्रमुख केन्द्र बनाएर पर्यटन क्षेत्रमा काम गर्छ । लुम्बिनीलाई पर्यटनको प्रमुख केन्द्र बनाउँछौं । सबैको साथ र सहयोगले विमानस्थल यथाशिघ्र सञ्चालनमा आउनेछ ।’

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले बेथरी पुल निर्माण कार्यलाई फास्ट ट्रयाकमा अगाडि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताए । उनले लुम्बिनीको माध्यमले लुम्बिनी प्रदेश समृद्ध हुने बताए । उनले भने, ‘लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेश भनेर चिनाउनुपर्छ ।’

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तीन जना कार्यसमिति सदस्यमा मनोनित

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले तीन जनालाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संगठनको शनिबार बसेको कार्यसमिति बैठकले तीन जनालाई कार्यसमिति सदस्यमा मनोनित गरेको अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । मनोनित हुनेमा अल्फा टे«डिङका मधु रायमाझी, विपिन टेलर्सका प्रिन्स वि.क. र श्री गणेश टे«डिङका संजय पाण्डे रहेको संगठनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?