ट्रेंडिंग:

>> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार
मुख्य खबर

प्रदेश सांसदको डम्पिङ्गले स्कुलमा बाधा 

१० जेष्ठ २०८०, बुधबार
१० जेष्ठ २०८०, बुधबार
कपिलवस्तु, जेठ – जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर १ शान्तिपुर कपासी फच्कैयाका स्थानियले प्रदुषण बढेको र आवागमनमा समस्या भएको भन्दै ढुङ्गाको डम्पिङ्ग हटाउन माग गरेका छन । काँग्रेस नेता तथा बाग्मती प्रदेशसभाका सदस्य ईन्द्र बानिया अध्यक्ष रहेको बानिया निर्माण सेवा हेटौडाले बुद्धभुमी १ को सुर्योदय सामुदायिक वन क्षेत्र जोडेर सञ्चालन गरेको डम्पिङ्ग हटाउन माग गर्दै स्थानियले बिरोध जनाएका हुन । बिरोध कार्यमा सोहि स्थानमा रहेको रामेश्वर आधारभुत बिद्यालय फच्कैयाका बिद्यार्थी, शिक्षक, टोल सुधार समिति र स्थानिय सहभागी थिए । स्थानियले बैशाख १२ गते वडा नम्बर १ को कार्यालयमा निर्माण व्यवसायी कम्पनीले गरेको डम्पिङ्गले बातावरणीय प्रदुषण बढाएको, गैर कानुनी रुपमा वन क्षेत्र ओगटेको र पेट्रोल पम्प समेत सञ्चालन गरेकाले सो कार्यमा रोक्नका लागी पहल गरि दिन भन्दै निवेदन दिएका थिए । वडाले सो कार्य रोक्न कुनै पहल नगरेको आरोप लगाउदै स्थानिय बिरोधमा उत्रिएका हुन ।
डम्पिङ्गमा ढुङ्गा लिएर आउने सवारीका कारण आफुहरुलाई बिद्यालय आउन जान र सवारी साधनको हर्नका कारण पढ्न समेत समस्या परेको रामेश्वर आधारभुत बिद्यालय फच्कैयाकी कक्षा ५ मा अध्ययनरत बिद्यार्थी सृष्टि जिसीले गुनासो गरिन । बिद्यालयमा २ बर्ष देखी १० बर्ष सम्मका बालबालिक अध्ययनरत रहेको सोहि बिद्यालयका शिक्षक अपिल पोख्रेलले जानकारी दिए । डम्पिङ्गमा ढुङ्गा लिएर आउने र जाने ट्रक तथा टिप्पर द्रुत गतिमा चलाउनुका साथै बाटो नछोडेर बिद्यार्थीलाई समस्यामा पार्दै आएको उनको गुनासो छ । “प्रेस हर्नका कारण बिद्यालयमा बिद्यार्थीलाई पढाउने बातावरण नै भएन त्यसैले बिद्यालयका शिक्षक र बिद्यार्थी बिरोध जनाउन आएका हौं ।” उनले भने ।
बानिया निर्माण सेवाले बिगत ३ बर्ष यता सो स्थानमा ढुङ्गाको डम्पिङ्ग गर्दै आएको छ । अर्घाखाँचीको नरपानी बाट दैनिक सयौंको संख्यामा ट्रक र टिप्परले सो स्थानमा ढुङ्गा ल्याएर थुपार्ने गरेका छन । त्यहाँ थुपारेको ढुङ्गालाई सोहि संख्याको टिप्परले भैरहवा सहित अन्य स्थानमा पुर्याउने गरेका छन । जसका लागि वन क्षेत्रको बाटो निर्वाध रुपमा प्रयोग हुदै आएको छ । स्थानियले ढुङ्गाको डम्पिङ्ग सञ्चालनमा आउदा समस्यामा परेको गुनासो गर्दै आए पनि कुनै पनि निकायले आफ्नो गुनासो सम्बोधन नगरेको स्थानियको आरोप छ ।
ढुङ्गाको डम्पिङ्ग आवादी क्षेत्रमा भनिए पनि सुर्योदय सामुदायिक वनको प्लट नम्बर ४ को जग्गा समेत अतिक्रमण गरि सञ्चालन गरि स्थानियलाई समस्यामा पारिए पछि आफुहरु बिरोधमा उत्रिएको शान्तिपुर कपासी टोल सुधार समितीकी सचिव ईश्वरी मल्लले जानकारी दिईन । “यहाँ टिप्परका कारण स्थानियले यात्रामा जोखिम खेप्नु परेको छ । प्रदुषण उस्तै छ । त्यसैले बाध्य भएर बिरोधमा उत्रिएका छौं । हाम्रो माग ढुङ्गाको डम्पिङ्ग यहाँबाट हटाउनु पर्छ भन्ने हो ।” सचिव मल्लले भनिन । उता सोहि टोल बिकास समितीका अध्यक्ष सहितका केहि व्यक्तिले आफ्नो टिप्परहरु ढुङ्गा बोक्न प्रयोग गर्दै आएकाले निर्माण व्यवसायी पक्षको बचाउ गर्दै आएका छन ।
सामुदायिक वनको जग्गा ओगटेर ढुङ्गाको डम्पिङ्ग गरेको बिषयमा आफुले सो ढुङ्गाको डम्पिङ्ग हटाउन पटक पटक प्रयास गरे पनि वडाका जनप्रतिनिधीको सहयोग नपाएको सुर्योदय सामुदायिक वनका अध्यक्ष पदम बहादुर क्षेत्रीले गुनासो गरे । आफुहरुले आबादी क्षेत्र भाडामा लिएर ढुङ्गाको डम्पिङ्ग गरेको बानिया निर्माण सेवाका साईट ईन्चार्ज बलराज बनियाले दावी गरे । तर वन क्षेत्रको बाटो प्रयोग गर्दै आएको र सो का लागि कतै अनुमती नलिएको उनले स्विकार गरे । सो स्थानमा आबादी क्षेत्रमा ढुङ्गाको डम्पिङ्ग गरेको भन्ने जानकारी हुन आएको र वन क्षेत्र प्रयोग गरेको भए तत्कालै हटाईने डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख डिभिजन वन अधिकृत बिजय राज सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?