Logo
२३ जेष्ठ २०८०, मंगलवार

रुपन्देहीमा भएका दुर्घटनामा २ जनाको मृत्यु


बुटवल,४ जेठ । रूपन्देहीका दुई स्थानमा भएका दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका २ पाखापानीस्थित सडकमा लु ६३ प ८१८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा चालक प्युठान झिमरुक गाउँपालिका ५ बस्ने ५० वर्षीय श्रीधर पोखरेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।
यसैगरी रुपन्देही मायादेवी गाउँपालिका ४ मोतिपुरस्थित सडकमा बागमती प्रदेश ०१–०२७ च ११४४ नम्बरको भ्यानले लु २ प ७५७८ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका ५ बस्ने ६० वर्षीय खलिल धुनिया मुसलमानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले भ्यान चालकलाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?