ट्रेंडिंग:

>> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई

किसानको तरकारी किनिदिने कस्ले ?

१० फाल्गुन २०७५, शुक्रबार
१० फाल्गुन २०७५, शुक्रबार

पछिल्लो समय जिल्लामा उत्पादित काउली र बन्दागाभी लगायतका तरकारीले उचित मुल्य नपाए पछि किसानहरु चिन्तित हुन थालेका छन । आर्थिक लगानी र श्रम अनुसारको मुल्य नपाए पछि किसानहरु चिन्तित हुन थालेका हुन । भारतीय तरकारीका कारण बारीमा उत्पादित तरकारीले मूल्य नपाएको भन्दै कपिलवस्तु नगरपालिका ३ बरण्डिहवाका कृषक भगवती यादवले ६ कठ्ठा जग्गाको क्षेत्रफलमा लगाएको काउली र बन्दा गोभी निशुल्क बितरण गरेका छन् ।
सरकार जमिन बाँझो राखे कार्वाही गर्ने भन्छ खेती गरे बिक्री हुदैन उनले भने, उब्जिएको तरकारी किनिदिने पनि व्यवस्था गरिदिनु पर्यो ।

ग्त हप्ता हाट बजारमा ४ कुन्टल तरकारी पुर्याउदाँ ६ सय ५० रुपैया मात्रै पाएको उनले अनुभव सुनाए । “बजार सम्म तरकारी पुर्याउदाँ गाडी भाडा सम्म उठदैन । मुल्य बढछ कि भनेर कुर्दा भारतिय तरकारीका कारण मुल्य पाईदैन ।” उनले गुनासो गरे । सानो बजार क्षेत्र तथा ढुवानीका असुबिधा सगै बजारीकरणका लागी सरकारी योजनाको अभावमा जिल्लाका कृषक बिभिन्न समस्या झेल्न बाध्य छन । उत्पादित तरकारीको बजार मुल्य नपाए पछि कृषक यादवले आफुहरुलाई निशुल्क तरकारी बितरण गरेको स्थानिय गणेश भट्टराईले बताए । “हामीले तरकारी किन्दा तिन गुणा मुल्य लिन्छन । किसानले फलाएको तरकारी बिक्दैन ।” भट्टराईले भने ।

सरकारले कृषिलाई व्यवसायीकरण गर्ने योजना सार्वजनिक गर्दै गर्दा कृषकका साना समस्या समेत सम्बोधन नहुनु दुखद भएको यादवले बताए । त्यसो त बजारमा आम उपभोक्ताले भने सोहि काउली र बन्दा १५ देखी २० रुपैया केजी खरिद गर्दै आएका छन । तर बिचौलियाले भने किसानको काउली ३ रुपैया केजीमा किन्ने गरेका छन । कपिवलवस्तु नगरपालिका ११ पचेहराबाट गोलभेडा बेच्न सदरमुकाम तौलिहवा आएका राधेश्याम केवटलाई पनि मुल्य नपाउदाँ निरास हुनु परयो । समयमा तरकारीको मुल्य नपाउदाँ कतिपय किसानले उब्जायका तरकारी खेतमै कुहिने गरेको उनले अनुभव सुनाए । सदरमुकाममा दैनिक तीन मेट्रिक टन तरकारी खपत हुने गरेको अनुमान गरिने गरेको छ । लगानी अनुसारको उत्पादनबाट मुल्य नपाए पछि व्यावसायिक रूपमा तरकारी खेती गर्नेहरू समस्यामा परेको कृषि ज्ञान केन्द्र कपिलबस्तुका प्रमुख सहसराम चौधरी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?