ट्रेंडिंग:

>> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन

तिनाउ खोलाबाट नदीजन्य पदार्थ तस्करी

२७ मंसिर २०७५, बिहीबार
२७ मंसिर २०७५, बिहीबार

पछील्लो समय बन्द रहेको तिनाउ खोलाको गिट्टी, बालुवा, ढुंगा रातीमा चोरी हुने गरेको छ । दिउँसो सुनसान देखिने तिनाउ खोलामा राती ११ बजेपछि भने बालुवा उत्खनन तथा चोरी तस्करी हुने गरेको पाइएको हो ।
मंगलबार राती तिनाउ खोलाबाट ग १ त २२६४ र लु १ त ५२ ९५ नम्बरको ट्याक्टर फेलापरेपछि बालुवा तस्करीको खुलासा भएको हो । दैनिक करिब एक दर्जन ट्याक्टरले राती तिनाउ खोलामा बालुवा लोड गरी लैजाने गरेका छन् । एउटा ट्याक्टरले पटक पटक लैजाने हुँदा लाखौं मुल्यको बालुवा तस्करी भैरहेको आशंका छ । यसरी रातिमा भैरहेको बालुवा तस्करी गर्न तिनाउ खोला किनारमा रहेको रानिगंजको ससस्त्र प्रहरी औद्योगीक सुरक्षा गुल्मले सहयोग गर्ने गरेको स्थानीयले बताए । राती ११ बजेपछि तिनाउमा बालुवा चोरी गर्नेको लाईन हुने गरेको र चोरी गर्न सहयोग गरेबापत ससस्त्र प्रहरीका जनक चौधरीले रकम उठाउने गरेको उनीहरूको आरोप छ । ससस्त्र प्रहरीले चोरी तस्करी रोक्ने भन्दापनी तस्करीहरू सँग मिलेर रकम असुल्ने गरेको एक प्रहरी बताउँछन् । उनका अनुसार ट्याक्टरलाई सेटिङमा राखीएको छ । सहयोग गरेवापत हप्तामा १० हजार सम्म उठाउने गरेको बताइएको छ । चोरीको समयमा ससस्त्र प्रहरीले रुखमा बसेर सुराकी गर्ने गरेको एक प्रहरीको भनाई छ । हामीले सोध्दा लोड भएपछि समाउँला भनेर बसेको भन्ने सम्मको जवाफ आएकाले तस्करीमा ठुलै सेटि· भैरहेको उनको दाबी छ । प्रहरीका अनुसार मंगलबारराती सुचना आएपछी तिनाउ खोलामा पुग्दा केही ट्याक्टरले बालुवा लोड गरीरहेको फेला पारेको भन्दै केही ससस्त्र प्रहरीको टोली रुखमा बसेको समेत फेला पारेको उनले बताए ।
क्याम्प नजीकै यसरी दैनिक चोरी हुँदा समेत कसैलाई कार्वाही नहुनुले प्रमुख चौधरीको संलग्नता प्रष्ट देखीन्छ । यता वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरिक्षक हेम केसीले बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका सिमाना डिंगरनगर बाट राती करीब १२ बजेतिर २ बटा ट्याक्टर पक्राउ गरेको बताए । स्थानियले तिनाउ खोलामा दैनिक बालुवा तस्करी भैरहेको छ भन्ने सुचनाको आधारमा पुग्दा २ बटा ट्याक्टर फेला पारेको प्रमुख केसीले बताए । राती भएकाले र केही लाईट बन्द गरेर भाग्न सफल भएको र पक्राउ परेका ट्याक्टरलाई आवश्यक कार्वाहीका लागी पठाईने उनले बताए । यता ससत्र प्रहरी औधोगिक सरक्षा गुल्मका निमित्त प्रमुख कान्छो बस्नेतले घटनाबारे आफूलाई जानकारी नभएको र नियम बिपरीत कसैले काम गरेको भए छानबिन गरी कार्बाहीको लागी पठाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?