ट्रेंडिंग:

>> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर

लैंगिक हिंसाका कुरा(सम्पादकीय)

९ मंसिर २०७५, आईतवार
९ मंसिर २०७५, आईतवार

 प्रकृतिले मानिसलाई दुई लिंगमा विभाजन गरिदिएको छ । पुलिंग र स्त्रीलिंग । प्राणीको उत्पत्तिको लागि यसो हुनु जरुरी थियो । यो न कुनै भेदभावको लागि थियो न त हिंसा, अन्याय, अत्याचारको लागि । प्रकृतिमा पुलिंग र स्त्रीलिंगको समान अधिकार छ । समान कर्तब्य छ । तर, मानिसमा जुन समय देखि बस्तुको क्रय विक्रय शुरु भयो त्यतिबेला देखि लिंगलाई पनि क्रय विक्रयको बस्तु बनाइयो । अहिले समाजमा यसले बिकराल रूप लिइरहेको छ । पितृसत्तात्मक युगको शुरु भएपछि महिलाहरू बजारमा सजाउने बस्तु बन्दै गए । मालिकहरूका लगानी र नाफाका बस्तु बन्दै गए । छोरी बेच्नको लागि ज्वाईंलाई किन्नुपर्ने अवस्था बन्दै गयो । रुढीवादी धर्म परम्पराले यसलाई नराम्रोसँग मलजल गरिदियो । कन्यादानको नाममा नाबालक छोरीहरूमाथि बलात्कार गरायो ।

समाजमा आफूलाई शक्तिशाली देखाउनको लागि दरबारहरूमा छोरीका रूप र जवानी बेच्दै दरबारिया पहुँच बढाउने गरियो । यसले मनी र मसल हुनेलाई यौनधन्धा र महिला क्रय विक्रय चलाउन बाटो खोल्यो । नेपालको सन्दर्भमा भन्नुपर्दा अहिले लाखौँ युबतीहरू बेश्यालयहरूमा शरीर बेच्न र विभिन्न संक्रामक रोगको शिकार हुन बाध्य छन् । नारकीय जीवन जिउन बाध्य छन् ।
आज अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्ध दिवस हो । समाजको संरचनाअनुसार अहिले पुरुषबाट महिलामाथि हिंसा भएको कुरालाई इन्कार गर्न सकिँदैन । किनभने जति पनि लैंगिक हिँसा भएका घटना बाहिर आएका छन् अपवाद बाहेक ९५ प्रतिशत पुरुषबाट महिलामाथि नै हिंसा भइरहेका छन् । किनभने संरचना नै पितृसत्तात्मक छ । पुरुषको हातमा सत्ता छ । सम्पति छ ।

घरको बागडोर छ । उसको गोत्र, थरमा महिलाहरूलाई बदलिनु पर्छ । पुरुषले जे जसो गरे पनि सहनुपर्ने बाध्यता छ । आफ्नो हातमा निर्णायक शक्ति लिएको पुरुषले महिलालाई जे जसो गरे पनि दोस्रो दर्जाको बनेर सहनु पर्छ । किनभने उनीहरूको हातमा अधिकार नै दिइएको छैन । पितृसत्तात्मक समाजले सत्ता चलाएको छ । आफ्नो अनुकूलका कानुनहरू बनाइएका छन् । संबिधान कोरिएका छन् । विधेयकहरू लेखिएका छन् । महिलालाई समान रूपमा अधिकार नै दिइएको छैन । जागरुक भए भने अधिकार दिनुपर्ला भन्ने डरले चुलो चौकोबाट माथि उठ्न नै दिइएको छैन । अझै पनि गाउँघरमा हेर्ने हो भने बालविवाह, अनमेल बिवाह, छाउपडीले महिलाहरूलाई गाँजेको देख्न सकिन्छ ।
भनिन्छः अधिकार मागेर पाइँदैन । अधिकारजस्तो कुरा कसैले खुसीसाथ दिँदैन । न राजाले लोकतन्त्रवादीलाई खुसीले अधिकार दिएका थिए, न त लोकतन्त्रवादीहरूले गणतन्त्रवादीलाई खुसीले अधिकार दिएका थिए । अधिकार प्राप्त गर्नको लागि आन्दोलन गर्नुपर्छ । अधिकार खोसेरमात्र पाइन्छ । आदीम साम्यवादी कालको मातृसत्ता पुरुषहरूले खोसेर प्राप्त गरेका थिए । दास मालिक युगबाट सामन्तवादी युगमा आउनको लागि ठूलो संघर्ष गर्नुपरेको थियो । सामन्तवादी युगले नै महिलाहरूलाई बैधानिक रूपमा अधिकारबिहीन बनाएको थियो । त्यतिबेला खोसिएको अधिकार प्राप्त गर्नको लागि महिलाहरूले सबैभन्दा पहिला त्यसको जरो चिन्न र उखेल्न सक्नुपर्छ ।

त्यसको छहारीमा बसेर हात थापेर आर्तनाद गर्दैमा अधिकार पाउन सकिँदैन । समानताको लडाइमा महिलाहरू नहोमिएसम्म पितृसत्तात्मक प्रणालीको जरो हल्लिनेवाला छैन । लैंगिक हिंसाको अन्त्यको लागि महिलाहरू नै मैदानमा ओर्लनु पर्छ । अहिले लैंगिक हिंसा विरुद्ध एक हप्ते अभियान चलाइएको छ । यसलाई तारे होटेलका कार्यक्रममा समेट्न हुँदैन । गैरसरकारी संस्थाहरूले दिने भत्ता र ख्वाउने नास्तामा भुलिनु हुँदैन । सकारात्मक अभियानको रूपमा अगाडि बढाउनु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?