ट्रेंडिंग:

>> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर

शान्ति सम्झौता (सम्पादकीय)

७ मंसिर २०७५, शुक्रबार
७ मंसिर २०७५, शुक्रबार

मंसिर पाँच गते नेपालको राजनैतिक इतिहासमा कोसेढुंगा मानिन्छ । १० वर्ष लामो सशस्त्र द्वन्द्वमा रहेको माओवादी र तत्कालीन सरकारकाबीचमा शान्ति सम्झौता भएको दिनको रूपमा मंसिर पाँचलाई लिने गरिएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालले २०६३ मङ्सिर ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका थिए । जुन सम्झौताको बाह्र बर्ष पूरा भएको छ । यस अवधिमा राजनीतिक रूपमा त शान्ति कायम भएको छ । गाउँ, शहर जताततै पड्कने बन्दुकहरू बिसाइएका छन् । बेला न कुबेला हुने चक्काजाममा कमी आएको छ । जनताले हलुका भए पनि शान्तिको महशुस गर्न पाएका छन् । तर, द्वन्द्वपीडितले पाउनुपर्ने राहत, न्याय र परिपूरणको अधिकार सुनिश्चित हुन अझै सकिरहेको छैन । त्यहि शान्ति सम्झौताको बलमा राजतन्त्रले बिदा लियो । संबिधानसभाका दुईओटा चुनाव पनि भयो र संबिधान जारी गरियो । तर, के सोँचेजस्तो जनताले राहत पाउन सके त ? केही नेताहरू सत्तामा पुगे, शासक बने । अहिले पनि उनीहरू शासकको रूपमा कार्यरत छन् । तर, युद्धमा घाइते भएका योद्धाहरू उपचार नपाएर शरीरमा बन्दुकका छर्राहरू बोकेर हिँड्न बाध्य छन् । टुहुरा नाबालकहरूले विद्यालयको अनुहार देख्न पाएका छैनन् । विधवाहरूले सिस्नो टिपेर छाक टार्नु परेको छ ।
शान्ति प्रक्रियाका तीन मुख्य पाटा थिए । राजनीतिक परिवर्तन, सेना समायोजन र आम जनतालाई आर्थिक, राजनैतिक रूपमा संप्रभू बनाउने कुरा समेटिएको थियो । तर, अहिले हेर्दा लाग्छ मुलुकलाई पूर्ण रूपमा यथास्थितिवादी बाटोमा हिँडाइएको छ । अग्रगमन हैन, पश्चगमनको यात्रामा मुलुकको राजनैतिक यात्रा चलिरहेको छ । देशमा रोजगारी नपाएर लाखौँ युवाहरू विदेशमा रोजगारी खोज्न जान बाध्य भएका छन् । बुढाबुढी गाउँमा अलपत्र परेका छन् । बिरामी हुँदा उपचार गर्नको लागि राजधानी धाउनु पर्छ । बालबालिकालाई पढ्नको लागि विद्यालयको ब्यवस्था छैन । सत्ताको कुर्चीमा पुगेका नेताहरू, जसले जनतालाई गास, बास, कपास, शान्ति सुरक्षा, शिक्षा, रोजगारीको मीठा सपना देखाएर पछि लगाएका थिए, उनीहरूको निजी जीवनस्तर निकै माथि उठेको छ । त्यसको लागि अनेक ढंगबाट भ्रष्टाचार गरिँदै छ । मन्त्रीहरूसमेत् जग्गा दलाल, कमिशनखोर बनिरहेका छन् । नेताहरूको आलोचना गर्ने इमान्दार कार्यकर्तालाई साम, दाम, दण्ड, भेदको लाठी चलाएर किनारा लगाउँदै छन् र डन संस्कृतिलाई अँगालो मार्दैछन् । तर, जनता जहिँको त्यहिँ छन् ।
समाज विकासको आफ्नै नियम हुन्छ । हलुका राजनैतिक परिवर्तन गरेको डंका पिटेर नेताहरूले आत्मसन्तुष्टि लिन सक्लान् । शान्ति सम्झौताको रागलाई फूलबुट्टा भर्न सक्लान् । लोकतन्त्र र गणतन्त्रका नारा घन्काउन सक्लान् । पश्चगमनको बाटोमा हिँडेर अग्रगमनको राग अलाप्न सक्लान् । तर, नतिजाले के भन्छ त्यो मुख्य कुरा हो । समाज विकासको क्रमलाई पर्दा ओढाएर ढाक्न सकिन्न । शब्दगुच्छाले सिंगार्दैमा सिँगारिँदैन । ब्यवहारमा शान्ति कायम भएको छ कि छैन ? आम जनताको जीवनस्तरमा सुधार आएको छ कि छैन ? पक्कै पनि आएको छैन । लूट, शोषणको जगमा निर्माण भएको शासनयन्त्रमा जनता यो वा त्यो कारणबाट लुटिइरहेका छन् । शोषित, दमित भइरहेका छन् । नयाँ नाममा पञ्चायतकालका जिम्माल, मुखियाहरू अहिले पनि समाजमा छाइरहेका छन् । नबसामन्तहरूको भरमार उदय भएको छ । जनताले कुनै पनि लोकतान्त्रिक प्रत्याभूति पाउन सकिरहेका छैनन् । गणतन्त्रको कुरा त निकै परको भयो । वर्गीय विभेदको खाडल साँघुरिनुको साटो फैलँदै गएको छ । अन्तरविरोधको मात्रात्मक विकास हुँदैछ । यो कुरालाई मनन गरेर शान्ति सम्झौताको स्मरण गर्दै मुलुकबासीलाई लोकतन्त्रको प्रत्याभूति गराउन नेताहरूले पहल गर्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?