ट्रेंडिंग:

>> ‘उडान तालिकामा’ रेसुङ्गा विमानस्थल >> ‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने
सम्पादकीय

जजिरा उडानमाथिको आशा

९ फाल्गुन २०७९, मंगलवार १०:२१
९ फाल्गुन २०७९, मंगलवार १०:२१

गत जेठ महिनामा बुद्ध जयन्तीको अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको उदघाटन हुँदै गर्दा मुलुकले ७० बर्षपछि राजधानी बाहिर पहिलो अन्तर्राष्ट्रिय उडानको अवसर पाउँदै थियो । अन्तर्राष्ट्रिय उडानसंगै यस क्षेत्रका पर्यटन व्यवसायीमा आशा र भरोसाको लोभलाग्दो वातावरण तयार हुँदैथियो । अन्तर्राष्ट्रिय उडानको करिव ७ महिना ठिकै थियो तर गत पुस ६ बाट जजिराले अन्तर्राष्ट्रिय उडान रोकेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा अनेकौं प्रश्न उत्पन्न भएका छन । मुलुकले पाएको भरपर्दाे र विश्वासयोग्य उडान रोकिएकोमा पर्यटन व्यवसायीमा ठूलो निरासा छाएको छ । यो विमानस्थलबाट भारतसंग सिधा एयर रुट छैन । भारतले आकास उपलब्ध नगराउँदा अनिश्चयको वातावरण सिर्जना भएको छ । त्यसमाथि जजिराले समेत यात्रुको अभाव र भैरहवामा लाग्ने हुस्सुको कारण देखाएर उडान नै बन्द गरेपछि बिमानस्थलको भविष्यलाई लिएर धेरै चिन्ता थपिएको छ । कतिपयले त उडान माफियाहरुले काठमाण्डौं बाहिरबाट अन्तर्राष्ट्रिय उडान भएको देख्नै र सुन्नै नचाहेको र उनीहरुकै कारण भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई जसरीपनि असफल बनाउने प्रयास स्वरुप जजिराको उडान रोकिएको तर्क गरे । यो तर्कभित्र शंकाले घर गर्ने धेरै आधार छन । तरपनि आशा गरौं भैरहवाबाट नै रोकिएको अन्तर्राष्ट्रिय उडान सुरु हुनेछ । जजिराले त्यसको संकेत गरेको छ । अवको दुई महिनापछि गौतमबुद्ध विमानस्थलबाटै जजिराको अन्तर्राष्ट्रिय उडान फेरि सुरु हुने जजिराको प्रतिवद्धता सार्वजनिक भएको छ । सात महिना कुवेत–भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि पुनः उडान सुरु गर्ने संकेत गरेको छ । यद्यपि त्यो संकेतमात्र नहोस् । जजिरासंगै अरु धेरै विमान कम्पनीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको रुची देखाएका थिए तर ती पनि अहिले सम्पर्कमा नआएको बताइएको छ । जेहोस भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई जसरीपनि सफल वताउने विषयमा सरकार, यस क्षेत्रका पर्यटन व्यवसायी र आम जनता सवैको ध्यान जाओस् ।

सन. २०२२ मे १६ देखि २०२२ डिसेम्बर १८ सम्म यो विमानस्थलबाट जम्मा ३१ हजार ६१८ जना यात्रुहरुले अन्तर्राष्ट्रिय सेवा लिएको तथ्याँक आएको छ । भैरहवा र समग्र लुम्विनी क्षेत्रकै लागि यो निकै खुसीको कुरा हो । अवका दिनमा अरु धेरै यात्रीले भैरहवाबाटै अन्तर्राष्ट्रिय उडानको सेवा पाउन सके लुम्विनी क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र वनाउन सकिनेछ । जजिराले उडान रोकेपछि यस क्षेत्रका संघसंस्था, पर्यटन व्यवसायी लगायतले पुनः उडान सुरु गर्न भन्दै पहल थालेका थिए । अन्तर्राष्ट्रिय उडान रोकिएकोमा निरासा पनि थियो तर अहिले जजिराले उडान सुरु गर्ने जुन संकेत गरेको छ, त्यसले यस क्षेत्रमा खुसीको सञ्चार गरेको छ । पछिल्लोसमय जजिरा एयरलाइन्सका प्रतिनिधि र नेपाल ट्राभल्स टुर्स संघ लुम्बिनी प्रदेश (नाट्टा) तथा उद्योग बाणिज्स संघ सिद्धार्थनगर भैरहवाले गरेको सम्बादले एउटा आशा जगाएको छ । त्यो सफलता उन्मुख होस् । निश्चितरुपमा गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा निजी क्षेत्र निराश छ । तसर्थ अव छिटोभन्दा छिटो जजिराको उडान सुरु होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?