ट्रेंडिंग:

>> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

सांसद विनोद चौधरीको आम्दानीमा १० करोड डलर बृद्धि

८ फाल्गुन २०७९, सोमबार
८ फाल्गुन २०७९, सोमबार

बुटवल,८ फागुन । सांसद एवं उद्योगी विनोद चौधरीको आम्दानी १० करोड डलर बढेको छ।

सन् २०२१ मा भन्दा सन् २०२२ मा नेपालका एक मात्र डलर अर्बपति उनको आम्दानी १० करोड डलर बढेको हो।
योसँगै चौधरीसँग फेब्रुअरी २० सम्म १ अर्ब ५० करोड अमेरिकी डलर सम्पत्ति रहेको फोर्ब्सको रियल टाइम नेटवर्थले देखाएको छ।

चौधरी ६७ वर्ष उमेरका व्यवसायी हुन्। सोमबार उनको विश्व वरीयता १८ सय ५०औँ अर्बपतिका रुपमा रहेको छ।

चौधरी सीजी कर्प ग्लोबलका मालिक हुन् भने नेपालका एक मात्र डलर अर्बपति। उनको नबिल बैंक, सीजी फुड्स वाइवाइ चाउचाउमा ठूलो सेयर नियन्त्रण छ।

चौधरी ग्रुपका मुख्य व्यक्ति उनको वाइवाइ चाउचाउका फ्याक्ट्रीहरु भारत, सर्विया र बंगलादेशमा छ। अहिले इजिप्टमा पनि फ्याक्ट्री निर्माण भइरहेको छ। फ्याक्ट्रीमा विभिन्न ससेसहरु पनि उत्पादन गर्ने ग्रुपको योजना छ।

यसबाहेक सीजीको होटल सम्पत्ति स्वामित्व र व्यवस्थापन गरी १३५ वटा छन्। भारतको ताज होटल चेनसँगै ग्रुपले विलासी होटलमा पनि लगानी गरेको छ।

उनका छोरा निर्वाणले नेपालको व्यवसाय हेरिरहेका छन् भने राहुल र वरुण अन्य दुई छोराले नेपालबाहिरको व्यवसाय हेरिरहेका छन्। निर्वाण सीजीका प्रबन्ध निर्देशक हुन्।

सन् २०१३ मा फोर्ब्स वरीयतामा प्रवेश गरेका चौधरीको १ अर्ब डलर सम्पत्ति थियो। त्यसयता सन् २०१४ मा १.१ अर्ब डलर, सन् २०१५ मा १.३ अर्ब डलर पुगेको थियो।

सन् २०१६ मा फेरि घटेर १.१ अर्ब डलर रहेकामा लगातार ३ वर्षसम्म सम्पत्ति बढेको थियो। योसँगै सन् २०१७ मा १.३ अर्ब डलर, सन् २०१८ मा १.५ अर्ब डलर, सन् २०१९ मा १.७ अर्ब डलरसम्म पुगेको थियो।

सन् २०२० मा कोरोना महामारीसँगै सम्पत्ति घटेर १.४ अर्ब डलरमा खुम्चिएको थियो। सन् २०२१ मा १.४ अर्ब डलर नै रहेकामा सन् २०२२ मा १० करोड डलर बढेर १.५ अर्ब डलर पुगेको फोर्ब्सले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?