ट्रेंडिंग:

>> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त

नेताहरूः मितव्ययी बन (सम्पादकीय)

२६ कार्तिक २०७५, सोमबार
२६ कार्तिक २०७५, सोमबार

निर्वाचनका बेला आफूसँग भएका गाडीहरू एकातिर थन्काएर नेताहरू जनताका घर दैलोमा पैदल हात जोड्दै भोट माग्न हिँडेको लामो समय बितेको छैन । जनताले त्यतिबेला पसिना पुछ्दै पिँढीमा आएका नेतालाई देखेर धेरै मतदाताले सादा ब्यवहार, उच्च बिचार भएको नेतामा मूल्यांकन गर्दै भोट हालेका होलान् । त्यस्ता धेरै नेताहरूले निर्वाचनमा विजय हाशिल पनि गरेहोलान् । यसकारण कि जनताले सादा मानिसलाई नै मन पराउँछन् । पदमा पुगे पनि राज्यको ढुकुटीमा लालच देखाउँदैनन्, राजश्व बृद्धि गरेर देश विकासका कार्यमा बढीभन्दा बढी लगानी गर्दै देशलाई समृद्ध तुल्याउँछन् भन्ने कल्पना जनताले गरेका हुन्छन् । चुनिएर जाने नेताहरू जुन कुनैबेला जनताको पंक्तिमा थिए, तिनीहरूको सोँच पनि त्यस्तै थियो । अहिलेका अधिकांश नेताहरू खेतीपाती गर्दै गाउँका सरकारी स्कूलमा पढेका, एउटा कोठामा चार पाँचजना कोचिएर भुइँमा सुत्दै शहरका कलेजमा उच्च शिक्षा लिएकाहरू नै छन् । जनताको घरमा जे दिन्छन् खाएर राजनीतिमा होमिएकाहरू धेरै छन् । तर, नेतृत्व तहमा पुगेपछि उनीहरूको यो सादगी, सादा ब्यवहार र उच्च बिचार १८० डिग्रीमा मोडिन गयो । राज्यको ढुकुटीमा डाडू पन्यू चलाउने हैसियतमा पुगेपछि उनीहरू जनताको पंक्तिबाट उछिट्टिएर द्रब्य पिशाच र सुबिधा भोगी बन्न पुगे । यसको तथ्यांक हेर्न टाढा जानु पर्दैन ।
पछिल्लोपटक सङ्घीय सांसदका विषयगत समितिका सभापति निर्वाचित भइसकेपछि समिति मातहतमा रहेका सामान्य मरम्मत गरेर चढ्न मिल्ने गाडीहरू थोँत्रा ठहर गर्दै नयाँ आधुनिक सुबिधासम्पन्न गाडी माग गरियो । जसको मूल्य प्रति गाडी ७० लाख रहेको छ । केही पदाधिकारीले एकभन्दा बढी गाडी पाउनुपर्ने माग राखेका छन् । यही गुनासोलाई सम्बोधन गर्न २३ वटा नयाँ गाडी खरिद गर्ने निर्णय समेत भयो । संसद् सचिवालयसँग भएका ९३ वटा गाडीमध्ये दुईचारवटा बाहेक सबै उच्च पदाधिकारीले नै प्रयोग गरिरहेका छन् । अहिले राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा समितिका सभापति र दलका प्रमुख सचेतकलाई दिने गरी खरिद गर्न लागिएका ती गाडीका लागि संसद् सचिवालयले अर्थ मन्त्रालयसँग पौने दुई अर्ब रुपियाँ माग गरेको छ । यतिमात्र कहाँ हो र ? संसद्का पदाधिकारीले दुईजना सवारी चालक पाउने नियमबमोजिम दुबै जनाको पारिश्रमिक बुझ्ने तर एउटै सवारी चालकबाट काम चलाउने पनि भइरहेको छ । सल्लाहकार, निजी सचिव आदि पद खडा गरेर तलब भत्ता दिन सरकारलाई बाध्य पार्ने र त्यस्ता पदमा खडा गरिएका नक्कली मानिसको नक्कली हाजिरी देखाएर आफै पैसा बुझ्ने काम पनि भइरहेको छ । यहाँभन्दा कति तल झर्ने हुन् हाम्रा नेताहरू पर्खनु पर्ने भएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी २७५ जोड ६० सदस्य छन् । सङ्घीय शासन प्रणालीमा गएपछि सातवटा प्रदेशसभामा कुल ५५० सदस्य छन् । स्थानीय तहमा ३६ हजार निर्वाचित जनप्रतिनिधि छन् । विभिन्न तहका सरकार, संसद्का पदाधिकारीहरूसहित विशिष्ट व्यक्तिहरूको निकै लामो सूची छ । यी सबैलाई राज्यकै ढुकुटीबाट पारिश्रमिक, भत्तालगायतका सुविधाहरूको व्यवस्था गरिएको छ । कर्मचारीको तलब भत्ता, सरकारले दिने विभिन्न दान, अनुदान, आसचपु, सम्पूर्ण खर्चको हिसाब गर्दा जनताका लागि बाँकी नै रहँदैन । अनि विकास निर्माणका काममा कुन पैसा लगानी गर्ने ? जनतालाई भोट माग्दा सादापन देखाएर झुक्याउने र सत्तामा पुगेपछि ढुकुटी आफूहरू र कर्मचारीको लागि मात्रै खोलियो भने यसलाई जनताले कुन अर्थमा बुझ्ने ? जनप्रतिनिधिहरूले देशलाई के दिए, जनतालाई के दिँदैछन् यो मूल्यांकनको पाटो हो । जनताको काम बहुमतकासाथ सत्तामा पुराउने हो, त्यो पुराइदिए । तर, सत्तामा पुगेकाले जनतालाई महंगी, भ्रष्टाचार, असुरक्षा, अनैतिकताबाहेक केही पनि दिन सकेनन् । अझै पनि समय छ । नेताहरू यसमा गम्भीर बनेर लाग्नुपर्छ । निजी सुबिधाहरू त्यागेर देश र जनताको हितमा काम गर्न कम्मर कसेर लाग्नुपर्छ । यो जनताको माग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?