ट्रेंडिंग:

>> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर

नरक चतुर्दश(सम्पादकीय)

२० कार्तिक २०७५, मंगलवार
२० कार्तिक २०७५, मंगलवार

तिहार शुरु भएको दोस्रो दिनलाई कुकुर तिहार तथा नरक चतुर्दशी भनेर हिन्दु धर्मशास्त्रमा भनिएको छ । नरक भनेको फोहर बस्तु हो । अयोग्य, अराजक, अमानसिक बस्तुलाई नरक भनेर भनिन्छ । राजनीतिमा अठारौँ शताब्दी मानिसका लागि नारकीय जीवन थियो भन्ने गरिन्छ । नेपालको पञ्चायती कालमा जनताले नारकीय जीवन ब्यतीत गर्नु परेको भनेर लेखिएका दस्ताबेजहरू अहिले पनि पढ्न पाइन्छ । जब कुनै घरमा परिवारकाबीचमा झै झगडा भइरहन्छ त्यो घरलाई नर्कको संज्ञा दिइन्छ । नर्कजस्तो घर भनिन्छ । कसैले किरिया हालनुपर्दा तपाईंको नर्क खानु भनेर किरिया हाल्छ । त्यसैले नर्क के हो भनेर ब्याख्या गरिरहनु परेन । धर्मशास्त्र अनुसार आज बिहानै झिसमिसेमा नदी तथा तलाउमा गएर एउटा पात वा टपरीमा पातै पाला बनाएर तेल हाली बत्ती सल्काई त्यसमाथि जनै पूर्णिमाको दिनमा बाँधिएको डोरा पनि राखेर बगाइदिने गरिन्छ । त्यसपछि शरीरमा तेल घसेर सफासँग नुहाइन्छ । यसैलाई नर्क बगाएको भन्ने मान्यता छ ।
कुकुरको तिहार किन मनाइन्छ यसमा अनेकप्रकारका किंबदन्ती रहेका छन् । आज मानिसले कुकुरलाई फूलको माला, टिका लगाई मिठो खाना खान दिने चलन छ । कुकुरका शौकिनहरूले आज कुकुरलाई राम्रा कपडा किनेर पनि लगाइदिन्छन् । कुकुर मानिसको बफादार रक्षक हो । कुकुरसँग निकै धेरै गुणहरू हुन्छन् । घ्राण शक्ति त कुकुरमा अद्भूत नै हुन्छ । त्यसैले कुनै पनि अपराधहरू पत्ता लगाउनको लागि प्रहरीहरूले तालिम दिएर कुकुरलाई प्रयोग गर्ने गर्दछन् । पाइला सुँघेर वा कुनै बस्तु सुँघाएर कुकुरलाई पठाइयो भने त्यसले अपराधीलाई पत्ता लगाउँछ । बफादार यसकारण भनिएको हो कि कुकुर घरमा छ भने चोरी चकारी हुँदैन । खेत, बारीमा गाई गोरुहरू पसे भने कुकुरले लखेट्छ । रातभरी जाग्राम बसेर घरको रखवाली गर्छ । अर्को कुरा कुकुरलाई कतिपय शिकारको लागि पनि प्रयोग गरिन्छ । कुनै पनि शिकारयोग्य जनाबर देख्योभने कुकुरले त्यसलाई लखेट्दै मालिक भएको ठाउँमा ल्याउने गर्छ । शिकारलाई भेटिहाल्यो भने टोकेर घाइते तुल्याइदिन्छ । आदीम युगमा पनि मानिसलाई शिकारको लागि कुकुरले हरदम सहयोग गरेको उल्लेख छ ।
पाल्तु वा परिचित कुकुरले मानिसलाई निकै मायाँ गर्छ । आफ्नो मानिस देख्यो भने लुट्पुटिँदै नजिक गएर स्वागत गर्छ भने शत्रु देख्यो भने त्यसमाथि जाइलाग्छ । सम्पतिको सीमा कति हो उसलाई राम्रोसँग थाहा हुन्छ । त्यसको संरक्षण गर्न कुकुरले हमेसा आफूलाई क्रियाशील राख्छ । कैयौँ मानिसलाई यसले मृत्युको मुखबाट जोगाएका घटनाहरू पनि छन् । मालिक संयोगले दुर्घटनामा प¥यो भने डाक्टर बोलाउन दौडन्छ । त्यसकारणले पनि मानिसले कुकुर पाल्ने गरेका हुन्छन् । कुकुर वातावरणीय हिसाबले पनि मानिसको मित्रु बन्न सकेको छ । आजभोलि त सबैजसो मानिले पाइखाना बनाएका छन् । पहिले मानिसको दिसा कुकुरले खाएर सफा बनाइदिन्थ्यो । घर्षने विषालु जनाबरहरूलाई घरमा आउन दिँदैनथ्यो । त्यहि गुणको आधारमा मानिसले कुकुरलाई तिहारको बेलामा माया गरेर फूलमालाले सिँगारेर, कानमा तेल हालिदिएर मीठो खान दिएर खुसी पार्ने गर्दै आएको छ । कुकुरलाई इन्द्रको छद्म रूप पनि भन्ने गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?