ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

पार्टी र कार्यविभाजन(सम्पादकीय)

१८ कार्तिक २०७५, आईतवार
१८ कार्तिक २०७५, आईतवार

नेपालको राजनीतिमा पार्टी प्रमुखले नै सरकार प्रमुखको जिम्मेवारी हेर्दै आएको परिप्रेक्षमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको कार्यभार आफूले नहेर्ने गरी अर्का अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी सुम्पेका छन् । यसले नयाँ तर, हलुका सन्देश दिएको छ । पार्टीको काम, सरकारको काम एकै ब्यक्तिले गर्ने गर्दा न पार्टीले राम्रो स्याहार पाउँछ न त सरकारले नै । वास्तवमा यो काम पहिला नै गर्नुपर्ने थियो । ढीलै भए पनि गरियो । यसलाई स्वागत गर्नुपर्छ । पार्टीको केन्द्रीय कमिटीमामात्र हैन, प्रदेश, नगरपालिका, गाउँपालिकामा पनि यो थिति बसाल्नु पर्छ । यसले पार्टीलाई मजबुत त बनाउँछ नै, सबै नेताहरूले पार्टीमा उच्च भूमिका निर्बाह गर्ने अबसर पाउँछन् । कसैमा ब्यक्तिगत इश्र्या रहन्न । पार्टीमा पनि तिनै, सरकारमा पनि तिनै भन्ने समस्या हटेर जान्छ । नयाँ मानिसलाई नेतृत्व दिँदा जिम्मेवारी बढ्नुका साथै कार्यकौशलता पनि बढेर जान्छ । सबै नेताहरू स्पात झैँ खारिएर जाने अबसर प्राप्त हुन्छ । सरकारमा पुग्दासाथै पार्टीको भूमिका अरूलाई दिने र पार्टीको जिम्मेवारी पाउँदासाथै सरकार छाड्ने नीतिलाई विधानमै उल्लेख गर्नु आवश्यक छ ।
सरकार र पार्टीबीचको सम्बन्ध प्रगाढ हुनुपर्छ । सरकारले पार्टीलाई हैन, पार्टीले सरकारलाई सञ्चालन गर्ने भएकोले पार्टीको नेतृत्व गर्ने नेतामा त्यहि किसिमको क्षमता हुनुपर्छ । तर, नेपालका पार्टीहरू वास्तवमा मियो नभएको दाइँ हालेका गोरुजस्तो ब्यवहारका देखिन्छन् । एउटै कुरा कोही नेताले के भनेको हुन्छ, त्यसलाई अर्कोले तोडमोड गरेर अरूलाई प्रष्टाउने, माइन्युटमा दस्तखत गरेका नेताहरूले पनि आफूलाई थाहा भएन वा उहाँको ब्यक्तिगत निर्णय हुनसक्छ भन्नेजस्ता भनाइ आउने गरिरहेका छन् । नेताहरू यति धेरै बोलेका हुन्छन् कि कार्यकर्ता, जनतालाई उनीहरूको कुरा सुन्दा मीठो लाग्नुको साटो कानमा कपास कोचौँजस्तोे लाग्छ । मञ्चहरू आफ्ना ब्यक्तिगत कुण्ठा पोख्ने ठाउँ बनेका छन् । गालीगलौज गर्ने ठाउँ बनिरहेका छन् । यसले पार्टीको वजन बढाउन सक्तैन । जनतामा पार्टीप्रति वितृष्णा जगाइदिन्छ । त्यसैले पार्टीले गर्ने निर्णयलाई निकै ठोकेर बजाएरमात्र बाहिर ल्याउनु पर्छ । जसले जे बोले पनि हुने मास पार्टी बनाइनुहुँदैन । सामूहिक निर्णय र ब्यक्तिगत जिम्मेवारीलाई कडाइकासाथ पालना गर्नुपर्छ । अनुशासित कार्यकर्ता उत्पादन गर्नको लागि नेताहरूले अनुशासन पालना गर्नुपर्छ । नेता, कार्यकर्ताको जिम्मेवारी बोकेपछि जनतासँग घुलमिल भएर अगाडि बढ्न सक्नुपर्छ । सादापन र उच्च विचारबाट चल्नुपर्छ । नेपालका पार्टीका नेताहरूमा त्यो देख्न सकिँदैन ।
कतिपय कुरा बाहिरबाट पनि सिक्नुपर्ने हुन्छ । भारतकै कुरा गर्दा पार्टीका उच्च तहका नेताहरू सामान्य लवाइ खवाइमा देखिन्छन् । आफ्ना कार्यकर्ता वा जनताका घरमा बेझिझक पस्छन्, छाती मिलाउँछन् । गुन्द्रीमा बसेर अम्खोराबाट पानी खान्छन् । उनीहरूको भान्सामा पाकेका खाना खान्छन् । उनीहरूको बिछौनामा सुत्छन् । तर, नेपालका नेताहरूलाई तारे वा अन्य तारेसरहको सुबिधा भएका होटेल, रिसोर्टहरू चाहिन्छ । नेताहरूको यो देखासिकीले कार्यकर्तालाई पनि त्यहि ब्यवहार गर्न लगाएको हुन्छ । अहिले वास्तवमा भन्ने हो भने नेताहरू गाउँका जनतासँग भेटघाट गर्न पनि चाहँदैनन् । हात मिलाउन चाहन्नन् । आफ्नो हातमा जनताको हातको मयल सर्छ कि जस्तो गर्छन् । यसले जनता र नेताको बीचको दुरी घटाउँछ । यो कुरा बुझ्नु पर्छ कि जनताले नेतालाई सुकिला मुकिला भएर होटेलमा खाने बस्ने गरी पठाएका हैनन् । पैसा कमाएर घरबार जोड्न पठाएका पनि हैनन् । जनताले काम गर्नको लागि पठाएका हुन् । जनताको कामै नगरी मोजमस्ती गर्न थालियो भने त्यसको हिसाब जनताले राखेका हुन्छन् र चुनावमा अशुलउपर गर्छन् । त्यसैले पार्टीलाई मजबुत बनाउने हो भने कार्यविभाजन सही तरिकाको हुनुपर्छ । एउटै नेताले सबैतिर हात हाल्नुहुँदैन । पार्टीले सरकार चलाउनु पर्छ । नेतृत्वको विकास गर्न पार्टीलाई लेनिनवादी सांगठनिक ढाँचामा ढाल्नैपर्छ । नेताहरूले यो कुरा बुझ्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?