ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

ढिलासुस्ती नगरियोस् (सम्पादकीय)

१४ कार्तिक २०७५, बुधबार
१४ कार्तिक २०७५, बुधबार

भारतमा लैजाने गण्डक नहरको पानी यतिबेला थुनिएको छ । पानी थुनेर सरसफाइ गर्ने गरिन्छ । त्यहि नहरमा नेपालको सूर्यपुरामा १५ मेगावाट विद्युत उत्पादन हुने गरी टर्वाइन जडान गरिएकोमा दुईओटा टर्वाइन बिग्रिएका छन् भने एउटामात्र सञ्चालनमा छ । त्यसले चार मेगावाट विद्युत उत्पादन गर्दै आएको थियो । पानी थुनिएपछि त्यो पनि उत्पादन हुन सकिरहेको छैन । नहर सरसफाइ गर्नु आवश्यक कुरा हो । सफाइको समयमा विद्युत उत्पादन हुन नसक्नुलाई अन्यथा लिन मिल्दैन । तर, बिग्रिएका टर्वाइनको मर्मत गर्न सकिएमा १५ मेगावाट विद्युत उत्पादन गर्न सकिने थियो । त्यसले विद्युत आपूर्तिमा केही थप योगदान दिने थियो । सरकार यसमा मौन छ । भारतले मर्मत गर्ने जिम्मा लिएको सर्त हो भने भारतलाई घच्घचाउनु पर्छ । यदि नेपालले आफै मर्मत गर्ने हो भने गर्नुपर्छ । समयमै मर्मत गर्ने हो भने कम लागतमा मर्मत हुन्छ भने खिया लाग्ने, चुहिने गरी बिग्रियो भने लागत बढी लाग्छ । यसतर्फ सरकार मौन बस्नुको कारण के हो ? जनताले प्रश्न उठाएका छन् ।
नेपालमा कुनै पनि काम सम्बन्धित निकायले जिम्मेवारीपूर्वक गरेको पाइँदैन । सुर्यपुरा विद्युत योजना उर्जा मन्त्रालय अन्तर्गत पर्छ । उर्जामन्त्रीहरूले कतिपय बेलामा केही काम गर्न खोजेजस्तो गरेको पनि देखिन्छ । गोकर्ण बिष्ट, जनार्दन शर्माले विद्युत लोडसेडि· हटाउन केही पहलकदमी गरेका हुन् । तर, अहिले सेलाएको छ । कुलमान घिसिंगले पनि विद्युतमा सुधार ल्याउन राम्रा काम गरेको रूपमा लिने गरिन्छ । अहिले लोडसेडि· निकै काममात्र हुने गर्दछ । तर, मौजुदा टर्वाइनहरू मर्मत पनि नगरी खेर फाल्ने काम जुन रूपमा भइरहेको छ यसलाई राम्रो मान्न सकिँदैन । अनावश्यक काममा पैसा पानी झैँ बगाइन्छ तर, टर्वाइन मर्मत गर्ने बजेट छुट्टाइँदैन । यसमा सरकार सम्बेदनशील बन्नु आवश्यक छ । आठ÷दश लाख रूपैयाँ खर्च गरेर मर्मत हुने कुरालाई बेवास्ता गरिनु हुँदैन । फेरि विद्युत सरकारले जनतालाई निःशुल्क वितरण गर्ने पनि होइन । त्यो बेच्ने चिज हो । जनताले किनिरहेका छन् । सरकारलाई पैसा बुझाइरहेकै छन् । सरकारलाई नै त्यसले नाफा गरिदिन्छ । यो कुरा किन नबुझ्ने ?
यस्ता लापर्वाही थुप्रै भएका छन् । अर्को टड्कारो विषय हो सुकुम्बासी समस्या समाधान आयोग गठन नगरी सुकुम्बासी बस्तीलाई ब्यवस्थित नगर्नु । कैयौँ सुकुम्बासी बस्तीहरूमा सरकारले लालपूर्जा वितरण गरिरहेको छैन । गाउँमा त कुरै छाडौँ शहरमा पनि वितरण गरिएको छैन । तर, सुकुम्बासीले त्यहाँ पक्की घर बनाएका छन् । खानेपानी, बिजुली, बाटोघाटो नाली बनिसकेको छ । टेलिफोन लाइन वितरण गरिएको छ । नेट इण्टरनेट सुबिधा गएको छ । तर, सुकुम्बासीको हातमा लालपूर्जा छैन । विना लालपूर्जा घडेरी, जमीनहरू बेचविखन पनि भइरहेका छन् । लालपूर्जा वितरण गरिएको हुन्थ्यो भने त्यसबाट ठूलो मात्रामा राजश्व बृद्धि हुने थियो । सरकारलाई नै आर्थिक फाइदा हुने कुरामा अहिलेसम्म आयोग गठन गरिएको छैन । या त मालपोत कार्यालयलाई लालपूर्जा वितरण गर्नको लागि जिम्मा दिइनु पर्छ । होइन भने छिटै आयोग गठन गरेर लालपूर्जा दिन सक्नुपर्छ । यसमा किन ढिलाइ ? विगतमा मिलिजुली सरकार थियो । सरकारको विघटनपछि आयोगलाई पनि विघटन गर्ने परिपाटी थियो । अहिले बहुमतको एकमना सरकार बनेको अवस्थामा किन यस्तो ढिलासुस्ती ? कहिले वितरण हुन्छ सुकुम्बासीलाई लालपूर्जा ? यो पनि गम्भीर प्रश्न बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?