ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

मितव्ययिताको विकास गरौँ (सम्पादकीय)

१३ कार्तिक २०७५, मंगलवार
१३ कार्तिक २०७५, मंगलवार

आज मितब्ययिता दिवस हो । मितब्ययिता भनेको कमभन्दा कम खर्च गरेर आम्दानीको केही भाग बचत गर्नु भन्ने जनाउँछ । संस्कृतमा एउटा भनाइ छः यावत जीबेत् सुखम् जीबेत्, ऋणं कृत्वा घृतं पिबेत् । यसको अर्थ हुन्छः जति बाँचिन्छ सुखसँग बाँच्ने, ऋण गरेर पनि घिउ पिउने । अधिकांश मानिसमा यो कुरा लागू भएको देखिन्छ । यो मितब्ययिताको ठीक उल्टो कुरा हो । यहिँबाट शुरु हुन्छः भ्रष्टाचार, कमिशनखोरी, शोषण, बेइमानी, चोरी चकारी, अपराध, डकैती, लूटपाट बस्तुहरूको दुरूपयोग आदि आदि । ऋण गरेर घिउ खान थालियो भने त्यो ऋण तिर्नुपर्दा अर्कोसँग ऋण लिनुपर्छ । ऋण चुलिँदै गयो भने बास बस्ने थलो बेच्नुपर्छ । बास हराउँछ । गास हराउँछ । परिवारको तङ्गभङ्ग हुन्छ । तर, आम्दानीसँग मेल खाने खर्च गरियो र केही मात्रामा बचाउँदै गइयो भने त्यो बचत निश्चित समयमा काम लाग्छ । जस्तै बिरामी पर्दा उपचार गर्न सहयोग मिल्छ । कुनै भैपरि आउने काममा सहयोगी हुन्छ । अहिलेको यो समाज भनेको पूँजीवादी समाज हो । पूँजी छैन भने मानिसलाई बाँच्न सम्भव हुँदैन । आफै बाँच्न समस्या हुन्छ भने सामाजिक काम कसरी गर्नु ? त्यसकारण पनि मितब्ययी हुनु नितान्त आवश्यक छ ।
पैसामामात्र हैन, हरेक कुरामा मितब्ययिता अपनाउनु जरुरी हुन्छ । कतिपय मानिसले घरमा धारा जोडिएको छ, मिटरमा चढेको पैसा तिरिएकै छ, किन पानीको बचत गर्ने भनेर पानीलाई मोटरले तान्ने र ब्यापक दुरूपयोग गर्ने गर्छन् । यसो गर्दा एकातिर पानी दुरूपयोग हुन्छ भने अर्को उपभोक्ताको धारामा पानी नगएर खानको लागि पनि समस्या हुन सक्छ । खाद्यान्नहरूको दुरूपयोग गर्नेहरू थुप्रै हुन्छन् । आम्दानी बेसी छ भनेर त्यसको दुरूपयोग गर्नुहुँदैन । बचत गरेर सामाजिक काममा लगाइयो भने त्यसले समाजलाई फाइदा हुन्छ । लगानी गर्नेको नाम सार्वजनिक रूपमा लिइन्छ । कुनैपनि बस्तुको निर्माणको शुरुवात ब्यक्तिबाट हुन्छ । त्यो मितब्ययी ब्यक्तिबाटै भएको हुन्छ । आजभोलि कतिपय मानिसले एकजनालाई प्रयोग गर्न दशौँ थरीका कार, मोटरसाइकिल किन्ने गरेका हुन्छन् । ग्यारेज गाडीले भरिएको हुन्छ । गाडीहरू फेर्दै एक्लै हिँड्न शान ठान्छ । एकै ठाउँमा पुग्नु छ, तर, छिमेकीलाई लिफ्ट दिँदैन । यस्ता अहम्वादी स्वभावहरू बढिरहेका छन् । जबकी एउटा गाडी नै उसलाई पर्याप्त हुन्छ भने जथाभाबी गाडी किनेर थुपार्नुको आवश्यकता किन ? उसले त्यसरी गाडी किन्नको लागि धन कहाँबाट प्राप्त गर्छ ? त्यो धन अरूबाट शोषण गरेको हुन्छ । कुनै न कुनै अनियमितता गरेर कमाएको हुन्छ । सामाजिक सेवामा पनि उसले कमाउने ठाउँमामात्र लगानी गर्न पुग्छ र आफूलाई समाजसेबी भन्दै आएको हुन्छ । यो मितब्ययिताको परिभाषाभित्र पर्दैन ।
मितब्ययी हुनु भन्दैमा सन्तुलित खाना नै नखाने, कपडा किन्न कञ्जुस्यायीँ गरेर जाडोमा पनि न्याना कपडा नलगाउने, पैसा खर्च हुन्छ भनेर पढ्नका लागि किताव पनि नकिन्ने, बालबच्चालाई शिक्षा दिन नखोज्ने, परिवारलाई असन्तुष्टिमा राख्ने भन्न खोजिएको छैन । आवश्यकतामा खर्च गर्नुपर्छ । बचत मात्र गर्छु भनेर पनि हुँदैन । कञ्जुस भएर गरेको बचत प्रत्युपादक पनि हुन पुग्छ । उचित कुरामा ऋण लिएर पनि काम गर्नुपर्छ । तर, घिउ पिउनको लागि ऋण काढ्न थालियो भने त्यो मितब्ययिताको विरुद्धमा हुन्छ । मितब्ययी किन बन्नु आवश्यक हुन्छ भने त्यसबाट समाजलाई सहयोग गर्न सकिन्छ । आफ्नै जीवनका विभिन्न अबसरहरूमा काम लाग्छ । जस्तै बिरामी पर्दा उपचार खर्चमा काम लाग्छ । समाजमा घट्ने कतिपय दैबी प्रकोपमा परेका मानिसलाई सहयोग गर्न सकिन्छ । ट्रष्ट खडा गरेर सामाजिक क्षेत्रमा लगानी गरी सामाजिक ब्यक्तित्व विकास गर्न सकिन्छ । कुनै उद्योग, प्रतिष्ठान खोल्न सकिन्छ । नेपालकै सन्दर्भमा भन्नुपर्दा कतिपय मानिसले छोराछोरीको विहे गर्दा लाखौँ हैन, करोडौँ रूपैयाँ खर्च गर्न तयार हुन्छन् । तर, नगरपालिकाका कण्टेनरमा खाना खोजेर बाँचेका नाबालकहरूलाई कसैले सहयोग गर्न चाहन्न । जबसम्म मितब्ययी भएर जम्मा हुन आएको पूँजीलाई समाज सेवामा लगानी गर्ने सोँच मानिसमा पलाउँदैन तबसम्म समाजमा उन्नति हुन सक्दैन । यो कुरा सबैले बुझ्नु जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?