ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

कानूनको कार्यान्वयन (सम्पादकीय)

१२ कार्तिक २०७५, सोमबार
१२ कार्तिक २०७५, सोमबार

नेपालमा नियम कानून छैन भन्ने हो भने निकै महंगो कानून जारी गरिएको छ । पञ्चायतकालको मुलुकी ऐन देखि परिस्कृत आधुनिक बिधेयकहरू जारी भएका छन् । तर, त्यो संबिधान, कानून, नीति, रीति ब्यवहारमा कति लागु भएको छ भनेर खोज्दै जाने हो भने हामी अहिले पनि सून्यमा छौँ । सरकारी कामकाज गराउन जाँदा अहिले पनि कर्मचारीलाई घुस नदिई काम फत्ते हुँदैन । बजारमा किनमेल गर्न जाँदा कुन बस्तुको मूल्य कति हो भनेर मूल्यसुची देख्न पाइँदैन । ब्यापारीले जति मुल्य भन्छन् त्यहि तिर्न उपभोक्ता बाध्य छन् । गाडीमा चढियो भने विना टिकट गाडीवालाको मनमर्जीले तोकेको भाडा दिन बाध्य हुनुपर्छ । जनताका नित्य सरोकारका यी विषयहरूमा सरकार जब मौन बसिदिन्छ भने संबिधान, कानून, विधेयक आदि लेखिनु, पारित हुनु, लालमोहर लाग्नु, तथानाम प्रचार गरिनुसँग के साइनो रह्यो त ? कानून केको लागि बनाइन्छ ? भित्तामा टाँस्नको लागि बनाइएको हो भने कुरा बेग्लै हो । ब्यवहारमा लागू गर्नको लागि बनाइएको हो भने लागू गर्न सरकार हतारिनु पर्ने हुन्छ । यसतर्फ सरोकारवाला किन मौन देखिएका हुन् यसको अब सबैले प्रश्न उठाउनु पर्ने भएको छ ।
गाउँगाउँ र घरघरमा गलैँचा, कम्बल, चटाई बेच्नेहरूले निश्चित मूल्यभन्दा चार गुणा बढी मूल्य सुनाउँछन् । विल बिजक छैन । त्यसमा मूल्य अंकित हुँदैन । लाटा सोझा जनता ठाडै ठगिन्छन् । होटेलहरूमा खाद्य परिकारको मूल्यसुची हुँदैन । राजमार्गका होटेलहरूमा गुणस्तरहिन बासी बस्तु उपभोक्तालाई बेचेर सबैभन्दा मनपरी मुल्य अशुलिन्छ । गाडी चालकलाई कमिशन दिने, निःशुल्क उच्च प्रकारको खाना खुवाउने गर्दा एउटामात्रै होटेल भएको ठाउँमा गाडी रोक्ने र त्यहाँ बनेको खाना खाए खा नखाए घिच् बनाउने डरलाग्दो रोग बढेको छ । मुल्य साहुजीको मुखमै हुन्छ । खाना मन लागोस् कि नलागोस्, शरीरले चाहोस् कि नचाहोस् खानैपर्छ, मुखले मागेको मुल्य तिर्नैपर्छ । जब ठूला पसलहरूमा बस्तुको मुल्य अंकित भएको देख्न पाइँदैन भने होटेलहरूमा त्यसको खोजी कसरी गर्नु ? जनताका सरोकारका बिषयहरूमा कुनै सम्बिधान छैन, कानून छैन, नियमावली र विधेयकहरूले काम गरिरहेको छैन । जब काम गर्दैन, लागू गर्न तदारुकता देखाउन खोजिन्न भने त्यो बन्नु र नबन्नुको कुनै अर्थ हुँदैन । सरकारमा बस्नेहरू आधुनिक सामन्त बनेका छन् । उनीहरूको भान्सामा अभाव छैन । बस्नको लागि घरको अभाव छैन । उपहार, कोसेलीपात भरमार छ । हिँड्नको लागि सरकारी गाडी, इन्धन, हवाइ टिकट, उपचारको लागि निवासमै ब्यवस्था हुन्छ । औषधि किन्नु पर्दैन । सरकारी विल पेस गर्ने सुबिधा छ । जनता बन्न नसकेका वा बने पनि बुझ पचाएका नवसामन्तको अधिनमा रहेको नियम, कानून भित्तामा टाँसिने बस्तु बन्नुपर्दो रहेछ ।
आजभोलि शहर देखि गाउँसम्म जग्गा दलालहरूको विग्बिगी छ । जहाँतहिँ कमिशनखोरले कब्जा जमाएका छन् । उत्पादक र उपभोक्ता बीचको दुरी कमिशनखोरले निकै फराकिलो बनाइदिएका छन् । उत्पादकले उत्पादनको मूल्य नपाउने, उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने समस्या बनेको छ । रित्तो हात शहर झरेकाहरू एकाध बर्षमै ठगी धन्धा गरेर कार चढेर श्रमजीबीहरूलाई गिज्याइरहेका छन् । भ्रष्ट कर्मचारीको कारणबाट इमान्दार कर्मचारी समेत् भ्रष्ट भएको देख्न पुगिन्छ । श्रमजीवीको मानमर्दन भएको छ । यो देखासिकी संस्कार बन्न थालेको छ । कसैले आलिशान भवन निर्माण गर्छ, जग्गा जमीन जोड्छ, छोराछोरीको विहेमा तथानाम खर्च गर्छ भने त्यो बनाउने र खर्च गर्ने स्रोत के हो भनेर खोजी हुँदैन । सरकारमा बसेकाहरूले नै यस्ता गतिविधिहरू गरिरहेका छन् भने खोजी गर्ने कसले ? यसलाई कसले नियन्त्रण गर्ने ? राज्य संयन्त्र नै भ्रष्ट भएपछि त्यो देशका जनताको अवस्था कस्तो होला ? कानुन निर्माण गरेर मात्र होइन यसको कार्यान्वयन गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?