ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

हिंसा रोक्न अभियान(सम्पादकीय)

११ कार्तिक २०७५, आईतवार
११ कार्तिक २०७५, आईतवार

महिला हिंसा रोक्नको लागि सरकारले नयाँ कार्यक्रम अघि सारेको छ । ‘पब्लिक–प्रहरी साझेदारी कार्यक्रम–२०७५’ नाम दिएर देशैभरी यो कार्यक्रम लागू गर्न लागिएको हो । कञ्चनपुर, पोखरा लगायतका स्थानमा भएका महिला एवं बालिका बलात्कार तथा हत्या गरिएपछि सरकारलाई जनस्तरबाट ठूलो दबाब दिइएको थियो । त्यसैले पनि यस्तो योजना अघि सारिएको हो । कार्यक्रम सञ्चालनका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले हालै प्रहरी प्रधान कार्यालयमा स्थानीय जनप्रतिनिधिसँग छलफल गरेका थिए । छलफलपछि नै यस्तो कार्यक्रम ल्याइएको छ । कार्यक्रम कति प्रभावकारी हुन्छ यो त कार्यान्वयन गर्नेमाथि भर पर्ने कुरा हो । यो कार्यक्रमलाई कञ्चनपुर महेन्द्रनगरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको वडा कार्यालयदेखि मुलुकभर एकैसाथ लागू गर्ने योजना रहेको छ । यो कार्यक्रम १६ देखि ३५ वर्ष उमेरका युवाप्रति बढी लक्षित हुने बताइएको छ । हालसम्मको अनुसन्धानमा विभिन्न अपराधबाट पीडित हुनेहरूमा १६ देखि २५ वर्ष उमेरका २४ प्रतिशत, २६ देखि ३५ वर्ष उमेरका २६ प्रतिशत र ३६ देखि ४५ वर्ष उमेर समूहको संख्या २२ प्रतिशत रहेको छ । त्यस्तै, पीडकमा पनि १६ वर्षभन्दा कम उमेरका दुई प्रतिशत, १६ देखि २५ वर्ष उमेर समूहका ३८ प्रतिशत, २६ देखि ३५ उमेर समूहका ३० प्रतिशत, ३६ देखि ४५ उमेर समूहका १९ प्रतिशत र ४६ भन्दा माथिको उमेर समूहका ११ प्रतिशत संलग्न रहेको देखिएको छ ।
महिला हिंसा भनेर बलात्कार र हत्यालाई मात्र लिन भने मिल्दैन । बाल विवाह, दाइजो लिने चलन, बोक्सीको आरोप लगाएर मानव मलमुत्र ख्वाउने, बहुविवाह गर्ने, सम्पतिमा अधिकार नदिने, देखि लिएर नागरिकता प्रमाणपत्र बनाउँदा महिलाको नामबाट जारी नगर्ने, बुढी भएकी आमालाई घरबाट निस्काशन गर्नेजस्ता काम पनि महिला हिंसामा दरिन्छन् । कैयौँ परिवारमा छोरालाई उच्च शिक्षासम्म पढाउने, तर, छोरीलाई चुलो चौकोको जिम्मा दिने गरिएको थुप्रै ठाउँमा देख्न सकिन्छ । महिला हिंसा हुनुमा कतिपय महिलाकै हात रहेको हुन्छ । बुहारीलाई सासुले शोषण दमन गर्ने, दमन गर्नका लागि छोरालाई उकास्नेजस्ता काम भएका हुन्छन् । कतिपय महिलाहरूले चेलीबेटी बेचविखन गर्न भूमिका खेलिरहेका छन् । भरखरैमात्र पाल्पामा एकजना महिलाले भारतमा काम लगाइदिने भनी तीनजना युवतीहरूलाई ल्याइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । यसप्रकारका क्रियाकलापलाई महिला हिंसाको परिधिभित्र राखेर परिभाषित गर्नुपर्ने हुन्छ । पब्लिक प्रहरी साझेदारी कार्यक्रममा समाबेस गरिएका कार्यकर्ताहरूले उजुरी आएमा हेर्ने अन्यथा आरामसँग बस्ने भन्दा पनि घरघरमा पुगेर अनुसन्धान गर्नुपर्छ । विद्यालय, कलेजहरूमा जानुपर्छ ।
प्रहरीको तथ्यांकमा आर्थिक वर्ष २०७२÷०७३ देखि २०७४÷०७५ सम्ममा करणी र लागूऔषधजन्य अपराधका घटना अप्रत्यासित रूपमा बढेका छन् । आर्थिक वर्ष २०७२÷०७३ मा जबरजस्ती करणी अपराधका घटना १ हजार १३ रहेकोमा आर्थिक वर्ष २०७४÷०७५ मा १ हजार ४ सय ८० पुगेको छ । यौनहिंसा अपराधमा पनि १६ देखि ३५ वर्ष उमेर समूहको संख्या ३९ प्रतिशत रहेको छ । जबरजस्ती करणी उद्योगमा पनि सोही उमेर समूहको संख्या ३८ प्रतिशत छ । हत्या, बलात्कार र जबरजस्ती करणी मुद्दामा पक्राउ परेका अभियुक्तमध्ये पनि १६ देखि २५ वर्ष समूहका अधिक देखिएका छन् । यस कार्यक्रमलाई सफल पार्नका लागि सरकारले छ हजार ७ सय ४३ जना जनप्रतिनिधि, ७० लाख विद्यार्थी, करीब ४० लाख अभिभावक, चार लाख शिक्षक–शिक्षिका, सरकारी तथा गैरसरकारी संघ संस्थाका १० हजार प्रतिनिधि, दुईहजार पाँचसय ४५ वटा प्रहरी कार्यालयका प्रतिनिधि प्रत्यक्ष रूपमा सहभागी हुने बताइएको छ । यो कार्यक्रमलाई एक दुई हप्ता वा महिनाको लागिमात्र सञ्चालन नगरी बजेट नै विनियोजन गरेर निरन्तर लागू गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?