ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

बालिका दिवस र अधिकार(सम्पादकीय)

२५ आश्विन २०७५, बिहीबार
२५ आश्विन २०७५, बिहीबार

आज अन्तर्राष्ट्रिय बालिका दिवस हो । बालिका भनेको नेपालले अघि सारेको उमेर समुहबाट हेर्दा १८ बर्ष नपुगेका महिलाहरुलाई लिने गरिन्छ । बाबुआमाको छत्रछायाँमा राज्यले प्रदान गरेका सबै अधिकारहरु उपयोग गर्ने यो उमेर मानिन्छ । संयुक्त राष्ट्रसंघले बालिकाहरुलाई के कस्ता अधिकारहरु उपयोग गर्न दिने भन्ने प्रष्ट खुलाएर सदस्य राष्ट्रहरुलाई लागू गर्न निर्देशन दिएको छ । त्यसमा नेपालले पनि प्रतिबद्धता जनाएको छ । तर, सदस्य राष्ट्र भएको सन्दर्भमा नेपालका बालिकाहरुले कति अधिकार उपयोग गर्न पाएका छन् यसको चर्चा हुनु जरुरी हुन्छ । अझै पनि नेपालमा थुप्रै ठाउँमा उमेर नपुगेका बालिकाहरुलाई बिहे गरिदिने प्रचलन छ जसले गर्दा १८ बर्षसम्म उनीहरु एक वा दुईओटा बच्चाका आमा बनिसकेका हुन्छन् । छोरी अरुको घरमा जाने जात हो भनेर नपढाउने, छोरीको लागि आर्थिक लगानी नगर्ने, सानैबाट घरको काममा जोताउने चलन अहिले पनि गाउँघरमा देख्न सकिन्छ । कैयौँ बालिकाहरु घरेलु नोकरको रुपमा काम गर्दै आएका छन् । मालिकहरुद्वारा श्रम शोषण त हुन्छ नै, यौन शोषण गर्ने काम पनि थुप्रै ठाउँमा भइरहेका छन् । बालिकामाथि घरेलु हिंसा भइरहेको छ । यौन अत्याचारमा पिल्सिएका छन् । मारिएका छन् । खेलौना बनाइएका छन् । बालिकाले पाउनु पर्ने अधिकार नेपाल र अन्य थुप्रै मुलुकमा यहि देखिँदै आइएको छ ।
बालिकाहरुलाई बालकले जत्ति पढ्न पाउने अधिकार छ । तर, बालिकामैत्री विद्यालय हुँदैनन् । उनीहरुको लागि अलग्गै सुरक्षित पाइखानासम्म हुँदैन । त्यसकारणले पनि उनीहरुलाई विद्यालयमा पढ्न जानको लागि समस्या भएको छ । यहाँसम्म कि घरमा पनि असुरक्षित हुन्छन् । कैयौँ बालिकाहरु घरमै बलात्कृत भइरहेका छन् नातेदारहरुबाट । विद्यालयबाट अपहरित हुन्छन् । मारिन्छन् । सरकारले सुरक्षा दिन सकिरहेको छैन । बालबिवाह रोक्न सकिरहेको छैन । मण्डपमा विवाह गरिदिने प्रथाले पनि बाल विबाहलाई रोक्न अबरोध पुराएको छ । कोर्टमा विवाह हुने प्रणाली हुन्थ्यो र उमेर किटान गरिएको हुन्थ्यो भने यो सायद रोकिने थियो । कोर्ट विवाहले दाइजो प्रथा र फजुल भोजभतेर रोक्न पनि मद्दत गथ्र्यो । यतातिर सरकारले सोँच्नु जरुरी छ । वास्तवमा बालिकाहरु शोषणमा पारिनुको पछाडि हाम्रा परम्परागत संस्कारहरुले युगौँ देखि काम गर्दै आएका छन् । गोडा धुने, जल खाने, कन्यादान गर्ने, ज्वाईँलाई पाले पुण्य, मारे पाप भनेर छोरी जिम्मा दिनेजस्ता चलनले बाल विवाहलाई प्रश्रय दिएको छ ।
बालिकाहरुको अवस्था कस्तोसम्म छ यहाँ भन्ने कुरा कञ्चनपुर, पोखरा र अन्यका कतिपय घटनाले देखाइरहेका छन् । बालिकाहरु कहिँ न कतै दिनदिनैजसो बलात्कृत भइरहेका छन् । मारिएका छन् । यौन पिपासुहरुको पञ्जामा गाँजिएर कलिलै उमेरमा आमा बन्न वाध्य छन् । विद्यालय सुरक्षित छैन । घर सुरक्षित छैन । आर्थिक अवस्था कमजोर भएकाहरुलाई कतै रोजगारी मिल्यो भने रात बिरात हिँड्न समस्या छ । बालिकाहरुलाई कतिपय बस्तु उत्पादन गर्ने संस्थाहरुले विज्ञापनका पात्र चुनेका छन् । नंगाएका छन् । यस्ता तमाम घटनामा सरकारले ध्यान पुराउन नसक्दा वा छुट दिँदा पनि बालिकाहरु असुरक्षित हुँदै गएका छन् । अधिकारबाट विमुख भइरहेका छन् । उच्च शिक्षाबाट वञ्चित भएका छन् । यो कुरामा अब सबैले ध्यान दिनुपर्ने पर्ने भएको छ । खसगरी सरकारले उनीहरुको अधिकार शोषण हुनबाट बचाउन कडा कानुन ल्याउनु र परिपालन गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?