ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

श्रृंखलाबद्ध भ्रष्टाचार(सम्पादकीय)

२३ आश्विन २०७५, मंगलवार
२३ आश्विन २०७५, मंगलवार

अधिकारको दुरूपयोग गर्दै घुस, कमिशन खाने, आफन्त अपराधीहरूलाई लुकाएर, संरक्षण दिएर कानुनी कारबाहीबाट बचाउने, निर्दाेषी सोझा मानिसलाई घटनामा मुछेर यातना दिने काम गर्न कतिपय नेपाल प्रहरीका जिम्मेवार अधिकृतहरू खप्पिस देखिन्छन् । हालैमात्र नेपाल प्रहरीका बहालवाला डीएसपी श्यामकुमार राईले बालुवा व्यवसायीसँग ७० इञ्चको टेलिभिजन र त्यो राख्नको लागि शोकेस समेत घुसको रूपमा खाएको खुलेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी राईले बालुवा व्यवसायीसँग टेलिभिजन र त्यो राख्ने शोकेस माग्दै आएको अनुसन्धानका क्रममा खुलेको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्रोतकाअनुसार डीएसपी राईले बालुवाको व्यापार चौपट पारिदिने भन्दै धम्क्याई घुस मागेको खुलेको छ । उनले केही समय अघिसम्म अख्तियार दुरूपयोग अनुसन्धान आयोगमै रहेर काम गरेका थिए । तर, शनिबार राति उनी कार्यकक्षबाटै रंगेहात समातिए । डीएसपी राईले यसअघि प्रहरी वृत्त चापागाउँको प्रमुख हुँदा पनि हप्ता असुली गर्ने गरेको खुलेको थियो । डीएसपी राई पक्राउ पर्नु अघिल्लो दिनमात्रै काठमाडौं प्रहरी परिसरले राईकै संरक्षणमा चल्दै आएको मूलपानीस्थित जुवाघरमा छापा मारेको थियो । त्यसक्रममा भागदौड मच्चिँदा शनिबार दुईजनाको मृत्युसमेत भयो ।
यो त एउटा नमुनामात्र हो । प्रहरी बृत्तभित्र यस्ता काम निकै मौलाएका छन् । फिल्महरूमा देखाइए झै प्रहरीले बजारमा ब्यापारीहरूसँग हप्तावारी अशुल्ने गिरोह खडा गरेका छन् । उनीहरूलाई संरक्षण गरेर कमिशन लिन्छन् । गाडीवालासँग, होटेलहरूसँग दबाब दिएर फाइदा लिने, जुवाघर चलाउन दिने, बेश्याबृत्ति सञ्चालन गर्न दिने र त्यहाँबाट कमिशन लिने, कमिशन नपाएमा रेड हान्नेजस्ता घटना सामान्य भएका छन् । घुमन्ते प्रहरीहरूको काम त्यस्तै प्रकृतिको हुन्छ । सीमामा तस्करी नमौलाओस् भनेर खटिएका घुमन्ते प्रहरीहरूले तस्करहरूसँग दैनिकी अशुलेर अबैध रूपमा पैसा कमाइरहेका छन् । अरूका खराब कार्यलाई नियन्त्रण गर्न बनेको यो संगठन आफै भ्रष्ट भएपछि देशको अवस्था कस्तो होला ? बुटवलकै कुरा गर्दा सडक डिभिजन कार्यालयका प्रमुखले करोड हैन, अर्ब रूपैयाँ बढी भ्रष्टाचार गरेको खुलेको छ । सरकारी निकायमा बस्नेहरू माथि देखि तलसम्मका अधिकांश कर्मचारीहरू आर्थिक अनियमितताका प्रयाय बनेको अबस्था छ । देश चलाउने जिम्मेवारी पाएकाहरूबाट यस्ता अनियमितता भइदिएपछि कसरी समाज सुध्रन्छ ? कुन आधारमा जनताले सरकारको विश्वास गर्ने ? प्रश्न खडा भएको छ ।
नयाँ संबिधान, मुलुकी ऐन लागू भएपछि देशमा केही सुधार हुन्छ कि भन्ने अपेक्षा गरिएको थियो । खुलेआम हुने भ्रष्टाचारबाट पीडित बनेका जनताले अब भ्रष्टाचार समाप्त होला भनेर सोँचेका थिए । जनताले अपेक्षा राख्नु स्वभाविक पनि थियो । तर, कागजमा कानुन कोरिँदैमा त्यसले काम नगर्दोरहेछ भन्ने प्रमाण यी भ्रष्टाचारहरूले देखाएको छ । वास्तवमा अहिले मुलुक विधिले चलेको छैन । राजनेता भनिने र कर्मचारीभित्रका कतिपय डनहरूले देश चलाएका छन् । कुनै कुरामा पनि रूपान्तरण हुन सकेको छैन । जनताले तिरेको करबाट जम्मा भएको ढुकुटीबाट मोजमस्ती गर्ने, जनतालाई यो वा त्यो तरिकाबाट लुट्ने, हत्यारा, अपराधीलाई संरक्षण गर्ने, पैसा कमाएर विदेशमा जम्मा गर्ने काममा ठूला नेता तथा प्रशासकहरू लीन देखिन्छन् । जनताको सेवा, सुबिधा, सुरक्षामा कुनै चासो छैन । निर्मला पन्तका बलात्कारी हत्याराहरू अहिलेसम्म खुलेआम घुमिरहेका छन् । कारबाहीको दायरामा ल्याउन सक्तैनन् । घटनास्थलमा दसी प्रमाणहरू मेटिन्छन्, मेटाइन्छन् । नक्कली मानिसलाई सिंगारेर कारवाहीको नाटक गरिन्छ । सरकार नै भ्रष्ट भएपछि अपराधीहरूको मनोबल बढेर गएको छ । आखिरी कहिलेसम्म यो यातना जनताले भोग्नुपर्ने ? कहिलेसम्म यो भ्रष्ट सरकारलाई जनताले कर तिरेर पाल्ने ? प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?